Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

गड्यौला मल बनाउने तालिम समापन।

FB_IMG_1684761568515-1684762037.jpg

थाहा नगरपालिका ३ स्थित जनकल्याण माध्यमिक विद्यालयले विद्यार्थी र स्थानीय किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न जैविक मल बनाउने गड्यौला मल उत्पादन र प्रयोग सम्बन्धि जेठ ५ गते देखि सुरु भएको ४ दिने  कार्यशाला गोष्ठी तथा तालिमको जेठ ८ गते समापन भएको छ।

किसानले खेती गर्ने समयमा मल खरिद गर्नसमेत नपाएर समस्या व्यहोर्नुपरेकाले नगर कृषि शाखाको आर्थिक सहयोगमा विद्यालयले जैविक मल गड्यौला मल  उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले सो तालिमको आयोजना गरेको  विद्यालयका अध्यक्ष राजिव कुमार स्याङ्तानले बताए 

अहिले गाउँघरमा स्थानीयस्तरमा नै उत्पादन भएका शुद्ध कृषिउपज पाउन गाह्रो भइरहेको अवस्थामा स्वस्थ जीवन बाँच्न आवश्यक अर्गानिक कृषि उत्पादनमा जोड दिन यस्ता तालिमको आवश्यकता रहेको प्रशिक्षक डाक्टर उत्तम खनालले बताए । 

कृषि बिषय समेत अध्यापन हुने विद्यालयका विद्यार्थी ,कृषि समुहका सदस्यहरु,नगरमा कार्यरत कृषि प्राविधिक हरु समेत ६० जनाको सहभागिता रहेको तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा गड्यौलाको मल उत्पादन गर्ने विधि सिकाइएको थियो।
समापन कार्यक्रममा सहभागीको तर्फबाट कृषि प्राविधिक रोहिणी स्याङ्तानले आफुले तालिम बाट सिकेको सिपलाइ नगरको कृषि क्षेत्रको विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन भने अर्का सहभागी कृषिका विद्यार्थी  प्रतीक रायमाझीले तालिममा सहभागी भएपछि अर्ग्यानिक खेती गर्न उत्साह मिलेको बताएका थिय।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन सत्रमा विद्यालयका  प्रधानाध्यापक सानोभाइ कार्की ,नगर कृषि शाखाका अधिकृत बिकास बिक ,प्रशिक्षक शंकर गिरी,प्रशिक्षक डाक्टर उत्तम खनाल,विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बहादुर बिष्ट  लगायत शिक्षक,तालिममा सहभागी ,विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कसरी बनाउने गड्यौलो मल?


गड्यौली मल खाडल (पिट) बाट निकाल्ने तरिका :

गड्यौली मल खाडलको माथिको सतहमा देखिन्छ l मल केहि से.मी. गहिरो सम्म देखियो भने ३-४ दिन सम्मलाई पानी हाल्न वा छर्किन बन्द गर्ने l माथिलो सतहमा भएको पानीको कम मात्राले गड्यौलाहरुलाई सतह मुनितीर (पानीको मात्रा बढि भएको तिर) जान बाध्य बनाउँछ l
त्यसरी बनेको मललाई लठी वा सोभेलको मदतले खाडलको एक तिर थुप्रो लगाउने र १-२ दिन लाई तेस्तै छोड्ने l
यसरी मल जम्मा गर्दा गड्यौला मर्ने सम्भावना कम हुन्छ l
यसरी पिंधमा १०-१५ से.मी. सतह बाकि हुन्जेल हरेक ७-१० दिनको अन्तरालमा मल जम्मा गर्न सकिन्छ l
जम्मा गरिएको मल जहिले पानी छहारीमा लगेर थोपर्ने वा बिक्रीको लागि हो भने प्लास्टिकमा प्याक गरि बिक्रि गर्ने l
खाडललाई पहिला नै नरम पारिएको वस्तुले पुन: भर्ने र माथि भनेझै पानी छर्ने l
 

कुहिने वस्तुलाई नरम बनाउने तरिका :

१० से.मी. गहिरो सतह हुने गरी कुहिने वस्तु भुइमा राख्ने र गाईको गोबर छरी भिजाउने l
यसरी नै कुहिने वस्तु र गाईको गोबरको तह ५० से.मी. सम्म बनाउने l
यसरी बनेको थुप्रोलाई १० दिन सम्म लगातार पानीले भिजि राख्ने l
यो प्रक्रियामा तापक्रम बढ्दछ र बिस्तारै १ हप्ता भित्र थुप्रो चिसिन्छ पनि l
थुप्रोमा एउटा लठी छिराई तापक्रम पत्ता लगाउने l
यदि लठी तातिन्छ भने थुप्रो लाई ३-४ दिन अझ छोड्दिने र तापक्रम ठिक छ भने त्यो नरम भएको वस्तुलाई खाडलमा प्रयोग गर्ने र खाडलको ७५% सम्म हुने गरि खाडल भर्ने l
गड्यौली मल बनाउँदा अपनाउने पर्ने सावधानीहरु :

लठीको प्रयोग गरि सुरुमा खाडल र पछी थुप्रोमा तापक्रम पत्ता लगाउने l यदि लठी तात्यो भने गड्यौला खाडलमा प्रवेश नगराउने l
खाडल र थुप्रोलाई लगातार पानीले भिजाई राख्ने l
गड्यौली मल बनाउने ठाउँमा उपयुक्त छहारीको व्यवस्था मिलाउने l
मुसा, छेपारो र न्याउरी मुसाको समस्या भएको ठाउँमा गड्यौलालाई तिनीहरुको सिकार हुन बाट जोगाउन खाडललाई तारको जालीले सुरक्षित राख्ने

राम्रो गुणस्तरको मल बन्ने समय पिटमा राखिएको गड्यौलाको संख्यामा निर्भर गर्दछ l सामान्यता राम्रो अवस्थामा १००० वटा गड्यौलाले एक दिनमा ४-५ कि.ग्रा. कुहिने वस्तुलाई कुहाऊने गर्दछन l अझ भन्नु पर्दा त्यस्तो राम्रो वातावारणमा १००० वटा गड्यौलाले एक हप्तामा ४५ कि.ग्रा. भिजेको कुहिने वस्तुलाई २५ कि.ग्रा. गड्यौली मलमा रुपान्तरण गर्दछन l गड्यौली मलमा सामान्य माटोमा पाइने नाइट्रोजन भन्दा ५ गुणा, फस्फोरस भन्दा ७ गुणा र पोटास भन्दा ११ गुणा बढि मात्रामा पाइन्छन l गड्यौली मललाई प्रयोग गर्नु भन्दा पहिले सुकेर जान दिनु हुदैन l
गड्यौली मलमा पाइने खाद्यतत्वहरु  :
नाइट्रोजन: २.५ – ३.० %    क्याल्सियम: ०.५ – १.० %
फस्फोरस: १.५ – २.० %    म्याग्नेसियम: ०.२ – ०.३ %
पोटास: १.५ – २.४ %    सल्फर: ०.४ – ०.५ %
र अन्य सुक्ष्म खाद्यतत्व, भिटामिन, इन्ज़ाइम् र हर्मोनहरू।

अब के गर्ने त  ?

खाडलमा भएको वस्तुहरुलाई नरम बनाउन पानीले ७ दिन सम्म भिजाउने ( ४०-५० % पानीको मात्रा पुग्ने गरि) l
त्यसपछि गड्यौलालाई खाडलको एक साइडमा राख्ने (१००-१५० कि.ग्रा. कुहिने वस्तुको लागि लगभग १००० वटा वा १ कि.ग्रा. गड्यौला) l
गड्यौलाको राम्रो गतिविधिको लागि ३०-४० % पानीको मात्रा कायम राख्न दिनहुं पानी छर्किने l
पानी हाल्दा खाडल भित्र भएको वस्तु धेरै भिज्ने वा पुरै सुख्खा हुन दिनु हुदैन नत्र खाडलमा अक्सिजनको मात्रा कम भइ गड्यौला मर्न सक्छन l
गड्यौला बिस्तारै कुहिने वस्तुहरु खाँदै मुनितिर जान थाल्छन्, यदी त्यस्तो नभएको खण्डमा खाडलमा राखेको वस्तु गड्यौला लाई असुहाउँदो रहेछ भनि बुझ्ने र तुरुन्त खाडलमा गड्यौलाले मन पर्ने अर्को वस्तु माथि भनेझै प्रक्रिया पुर्याई राख्ने l
गर्मीयाममा खाडलबाट पानीको वास्पिकरण रोक्न खाडललाई जुटको बोराले छोप्ने l
मुसा, छेपारो र न्याउरी मुसाको समस्या भएको ठाउँमा गड्यौलालाई तिनीहरुको सिकार हुन बाट जोगाउन खाडललाई तारको जालीले सुरक्षित राख्न सकिन्छ l

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...