pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

खेतीमा लागत न्यूनीकरण गर्न कृषकलाई अभिमुखीकरण

FB_IMG_1678016884369-1678016912.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिका बेमौसमी तरकारीखेती को लागि प्रख्यात ठाउँ हो। यहाँ बैशाख देखि कार्तिक महिनासम्म तरकारी उत्पादन हुन्छ। यहाँ उत्पादन हुने तरकारी हरु देशका प्रमुख सहरहरु,काठमाडौ ,पोखरा,चितवन,हेटौंडा ,बिरगंज लगायत तराईका विभिन्न शहरहरुमा निर्यात हुँदै आइरहेको छ।
तरकारी खेतिको लागि स्थानिय सरकार नगरपालिका,प्रधानमन्त्री कृषि परियोजना  जोन ,ज्ञानकेन्द्र लगायत कृषि सम्बन्ध संस्था हरुलेले नगरको  कृषि विकासमा टनेल, सिंचाई,युभि प्लाष्टिक, मल्चिङ प्लाष्टिक,बायोटिन चुन,ई एम तथा ट्याक्टरमा अनुदान दिदै आएको छ। 
यति हुँदा पनि खेतिमा लागत अधिक हुँदै आइरहेकोले थाहा नगरपालिका वडा न ६ स्थित कुन्छाल कृषि सहकारीद्वारा "लागत घटाऔ उत्पादन बढाऔ ,परिश्रम तपाईंको प्रविधि हाम्रो " भन्ने नारा सहित यस बर्ष देखि  सहकारीका सदस्यहरु हरुलाई प्राबिधिक सेवा प्रदान गर्ने कार्यक्रम तय गरेको छ।२१ फागुनमा भएको कृषि अभीमुखीकरण कार्यक्रममा संस्थाले उक्त कार्यक्रम गर्न लागेको जानकारी दिएको हो।
खेतिमा लागत घटाइ,उत्पादनमा वृद्धि गर्नको निम्ति र थोरै लागत खर्चमा अधिक आम्दानी लिनको लागि सहकारीले यस्तो कार्यक्रम लेराएको अभिमुखीकरण कार्यक्रम  संयोजक प्रमोद जोशीले बताउनुभयो ।जोशीका अनुसार समयमा सहि तरिकाले  किरा र रोगको पहिचान गरी  आवश्यक बिषादीको मात्र प्रयोग गरेर लागत घटाउन सकिने भनाइ रहेको छ।
अभिमुखिकरणमा कृषकहरुले यस क्षेत्रमा तरकारीखेती गर्दा एग्रो व्यापारीको राय र सल्लाह अनुसार पसलेको मात्रा अनुसार किटनाशक तथा ढुसी नाशक बिषादी प्रयोग गर्ने गरेको किसान हरुको भनाइ रहेको छ । कार्यक्रममा आवश्यकता भन्दा बढी मल बिषादी प्रयोग गर्नु पनि लागत बढनु हो भन्ने कुराको जानकारी कृषकहरु लाई जानकारी गराइयको थियो।
संस्थाका अध्यक्ष बिक्रम जोशीको अध्यक्षतामा संचालित कार्यक्रममा ३० जना अगुवा कृषकहरूको  भेलामा उपस्थिति रहेको थियो। कार्यक्रम ब्यबस्थापक प्रेम गोपालीले संचालन गर्नुभएको थियो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg