pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

के हो हर्मेटिक ब्याग ?

हर्मेटिक ब्यागलाई सुपर ग्रेन ब्याग पनि भनिन्छ । यो ब्याग बजारमा पाइने सामान्य किसिमको
प्लास्टिक ब्याग जस्तै देखिए पनि त्यसभन्दा नितान्त फरक किसिमले तयार पारिएको हुन्छ ।
त्यसैले यसको मूल्य पनि बढी हुन्छ । यसको प्रयोग अनाज तथा बीउहरु भण्डारण गर्नका लागि
मात्र गरिन्छ । हिफाजत गर्न सकेमा यो १० वर्षभन्दा बढी टिक्छ ।

# यसले कसरी काम गर्छ ?
यस ब्यागभित्र राखेको बीउ वा अन्नमा अक्सिजनको मात्रा क्रमशः घट्दै जान्छ भने त्यही
अनुपातमा कार्बनडाइअक्साइड बढ्दै जान्छ । जसले गर्दा अनाज तथा बीउमा भएका हानिकारक
कीरा तथा कीटाणुहरु बिस्तारै निस्सासिएर मर्छन् र पैmलन पाउँदैनन् । तसर्थ यसमा भण्डारण
भएका बीउहरु वर्ष दिनसम्म पनि सुरक्षित रहन्छन् ।

# कसरी प्रयोग गर्ने त ?
हर्मेटिक ब्यागलाई सुपर ग्रेन ब्याग पनि भनिन्छ । यो ब्याग बजारमा पाइने सामान्य किसिमको
प्लास्टिक ब्याग जस्तै देखिए पनि त्यसभन्दा नितान्त फरक किसिमले तयार पारिएको हुन्छ ।
त्यसैले यसको मूल्य पनि बढी हुन्छ । यसको प्रयोग अनाज तथा बीउहरु भण्डारण गर्नका लागि
मात्र गरिन्छ । हिफाजत गर्न सकेमा यो १० वर्षभन्दा बढी टिक्छ ।
यस ब्यागभित्र राखेको बीउ वा अन्नमा अक्सिजनको मात्रा क्रमशः घट्दै जान्छ भने त्यही
अनुपातमा कार्बनडाइअक्साइड बढ्दै जान्छ । जसले गर्दा अनाज तथा बीउमा भएका हानिकारक
कीरा तथा कीटाणुहरु बिस्तारै निस्सासिएर मर्छन् र पैmलन पाउँदैनन् । तसर्थ यसमा भण्डारण
भएका बीउहरु वर्ष दिनसम्म पनि सुरक्षित रहन्छन् ।
१. यस ब्यागमा भण्डारण गर्नुुअघि बीउ तथा खाद्यान्न राम्रोसँग सुकेको हुनुपर्दछ । चिस्यानको मात्रा
बीउमा १२% र खाद्यान्नमा १४% हुनुपर्दछ । यसका लागि अनाजलाई ३–४ घाम राम्ररी सुकाउने
र दाँतले टोक्दा कुटुक्क आवाज आउने, कडा भएको अवस्थामा मात्र ब्यागभित्र भण्डारका लागि
राख्नुपर्दछ ।
२. बीउलाई ब्यागभित्र राखिसकेपछि ब्यागभित्रको हावा बिस्तारै धकेलेर वा थिचेर बाहिर फाल्नु पर्दछ ।
त्यसपछि ब्यागको मुख बटारेर तलतिर घुमर्काएर राम्ररी डोरीले बाध्नुपर्दछ ।
३. प्लास्टिक ब्यागको थप सुरक्षाका लागि यसलाई घरमा भएको साधारण बोरामा हालेर राख्न
सकिन्छ ।
४. सानो प्वाल परेका खण्डमा पनि यसले काम नगर्ने हुनाले यसलाई धारिला सतह, किला÷काँटी,
आगो, मुसा इत्यादिबाट जोगाउनुपर्छ ।
५. बीउ राख्ने बोरा पहिलो प्रयोगपछि जतन गरी राखेर प्वाल नपरुन्जेल पुनः प्रयोग गर्न
सकिन्छ ।
६. थोरै–थोरै तर धेरै किसिमका बीउ राख्नु छ भने स–साना पोका बनाई यसभित्र राख्न
सकिन्छ ।
७. यसलाई ओसिलो वा चिसो, पानी पर्ने ठाउँ वा खालि भुइँमा नराखी काठको फलेकमाथि राख्नु उपयुक्त हुन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...