pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

उखु किसानको सरकारी अनुदानसहितको ७ करोड महालक्ष्मी सुगर मिलबाट पच !

ukhu-1610524753.jpg

२९ पुस, काठमाडौं । मंसिर २८ गतेबाट काठमाडौंमा सर्लाहीका किसानले थालेको आन्दोलन पुस १३ गते टुंगियो । चिनी उद्योगीबाट झण्डै ९० करोड रुपैयाँ बक्यौता बाँकी रहेको भन्दै आन्दोलनमा होमिएका किसानहरुले ३० करोड भन्दा बढी भुक्तानी आन्दोलन सकिने दिनसम्म पाए र सर्लाहीका किसान घर फर्किए ।

तर, माइतीघरकै आन्दोलनमा रहेका कपिलवस्तुका किसानको ७ करोड बक्यौता भुक्तानीमा भने कुनै प्रगति भएन । सर्लाहीका किसानसँगै आन्दोलनमा होमिएका कपिलवस्तुका किसान बक्यौता उठाउन ३४ औँ पटक काठमाडौं आए र यो पटक पनि उनीहरु रित्तोहात घर फर्किए ।


आफूहरुको मुद्दा सरकारको नजरमा नपरेको आन्दोलनमा आएका किसानहरुको गुनासो थियो । उखु बिक्री गरेको मात्रै नभई सरकारले दिएको सहयोग तथा अनुदान रकमसमेत उद्योगीले खाईदिएको पीडित उखु किसान तथा शिवराज नगरपालिका वडा अध्यक्ष ७ वडा अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

‘हाम्रो उद्योगी नेता हो, उसलाई कारबाही गर्न कानून डराउँछ यो देशमा न्याया नपाइने रहेछ,’ चौधरीले भने । बक्यौता उठाइदिन आग्रह गर्दै सरकारसँग पटक पटक आग्रह गरे पनि आफूहरुले बेबकुफ बनाइएको चौधरीले बताए ।

‘३४ पटक काठमाडौं धायौँं, जिल्लामै दुई पटक सिडियो कार्यालयमा धर्ना दियौंँ । ५र७ पटक राजमार्ग अवरुद्ध पनि गर्‍यौं तर कसैले देखेन सुनेन्,’ उनले गुनासो गरे ।

८ हजार किसानको ७ करोड झ्वाम

चार वर्षअघि सर्लाहीमा सारिएको महालक्ष्मी सुगर मिलले कपिलवस्तुका उखु किसानको ७ करोड रुपैयाँ बक्यौता चार वर्षदेखि नतिरेको किसानहरुको दाबी छ ।

सरकारले दिएको करिब अढाई करोड अनुदान र उखु बिक्री गरेवापतको साढे ४ करोड भुक्तानी नपाएको पीडित कृषकहरुले बताएका छन् । उखु किसान प्रवर्द्धन कार्यक्रमअन्तरगत सरकारले २०७२र७२ मा ८ हजार किसानका लागि प्रतिक्विन्टल २५ रुपैयाँको दरले दिएको अनुदान र सोही वर्ष बिक्री गरेको उखुको पनि भुक्तानी कृषकले नपाएको वडा अध्यक्ष चौधरीले बताए ।

‘सरकारले प्रति मेट्रिकटन २५ रुपैयाँका दरले २ करोड ४८ लाख अनुदान दिने निर्णय गर्‍यो, त्यो रकम लिन तत्काल कपिलवस्तु र कञ्चनपुरका किसान हिँडे । तर पछि कपिलवस्तुको रकम भने मिलले नै लगेछ,’ वडा अध्यक्ष चौधरीले भने, ‘सरकासँग माग्दा मिलले पैसा लगेको भन्छ, मिललाई सोध्दा आफूले नलिएको बताउँछ, अनुदान त खायो(खायो उखुको पैसा पनि दिएन ।’

कपिलवस्तु शिवराजका किसान रामलाल जैसवालले मिल सञ्चालकबाट आफूले साढे दुई लाख रुपैयाँ पाउन बाँकी रहेको बताए । यसमध्ये एक लाख ३० हजार रुपैयाँ सरकारी अनुदान हो । अर्का कृषक जगदम्बा चौधरीले एक लाख ७२ हजार रुपैयाँ पाएका छैनन् । पटकपटक ताकेता गर्दा पनि सरकारले उद्योगी देखाउने र उद्योगले सरकार देखाउने गरेको पीडितहरुको गुनासो छ ।

उखु प्रवर्द्धन अन्तर्गतको किसानले पाउनुपर्ने रकम अर्थमन्त्रालयले मिलको नाममा पठाइसकेको जानकारी आफूहरुलाई दिएको वडा अध्यक्ष चौधरी बताउँछन् । तर, मिल सञ्चालक वीरेन्द्र कनौडियाले भने त्यो अस्वीकार गरेको उनको भनाइ छ । कपिलवस्तुको जथावाभारीमा रहेको उक्त मिल २०७४ सालमा सर्लाहीको बगदहमा सारिएको थियो ।

कसरी लग्यो मिलले किसानको पैसा

उखु किसान प्रर्वद्धनअन्र्तगत पहिलो चरणमा छुटेको कपिलवस्तु र कन्चनपुरका किसानको पैसा तत्काल उपलब्ध गराउन २०७२ असोज १४ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । किसानलाई रकम दिने सम्बन्धमा अर्थमन्त्रालयले २०७४ बैशाख १९ मा कृषि विकास मन्त्रालयसंग विवरण पनि मागेको थियो । अर्थमन्त्रालयले किसान प्रतिनिधिलाई उपलब्ध गराएको पत्रअनुसार २०७५ फागुन १ गते कर समायोजन गरी उद्योगले उक्त रकम लगेको उल्लेख छ ।

अर्थ मन्त्रालयको पत्र
‘२०७१र७२ मा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुलाई चिनी बिक्री गरेबापत संकलन भएको मूल्यअभिवृद्धि करको ७० प्रतिशत पुरै रकम र सो भन्दा पछिका वर्षहरुमा त्यसरी संकलन भएको ९० प्रतिशत पुरै रकम कर विवरणमार्फत समायोजन गरी महालक्ष्मी मिलले लगेको छ,’ पत्रमा भनिएको छ ।

कर फिर्ताबापत पाउने सुविधामै गाभेर मिलले अनुदान रकम लगेकाले किसानले पाउनुपर्ने रकम मिलले नै तिर्नु पर्ने अर्थमन्त्रालयको भनाइ छ ।

मिल सञ्चालक भन्छन् स् किसानसँग मैले लिनुपर्ने छ

कपिलवस्तु किसानलाई किन भुक्तानी नदिएको भन्ने प्रश्नमा महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडिया अनलाइनखबरसँंग खरो भाषामा प्रस्तुत भए । नेपाली कांग्रेसका तर्फबाट प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक रहेका उनले कपिलवस्तुका किसानहरु डाँका र चोर हुन् भन्दै उनले काठमाडौं गएर किसानहरुले आफ्नो बेइजत गरेको आरोप लगाए ।

‘ती चोर डाँका फटाहाहरु हुन्, मैले उनीहरुलाई दिन होइन, तिनिहरुले मलाई पैसा तिर्ना बाँकी छ,’ कनौडियाले भने । किसानलाई एक रुपैयाँ पनि दिन बाँकी राखेको भए कपिलवस्तुबाट सर्लाही मिल सानै नसकिने उनको दाबी छ । किसानले उल्टै ४ करोड रुपैयाँ उद्योगलाई तिर्न बाँकी रहेको कनौडियाले दाबी गरे ।

उद्योग र कृषि मन्त्रालय बेखबर

कपिलवस्तुका किसानको अनुदानसहितको रकम चिनी मिलले हिनामिना गरेको विषयमा उद्योग र कृषि मन्त्रालय भने बेखबर छ । उद्योग मन्त्रालयका प्रवक्ता डा।नारायण रेग्मी र कृषि मन्त्रालयका प्रवक्ता डा। श्रीराम रेग्मीले अज्ञानता प्रकट गरे ।

उद्याग मन्त्रालयमा उखु तथा अनुदानको रकम उद्योगीले हिनामिना गरेकोबारे किसानहरुबाट कुनै गुनासो प्राप्त नभएको रेग्मीको भनाइ छ ।

‘मन्त्रालयमा हालसम्म त्यस्तो कुनै गुनासो प्राप्त भएको छैन्,’ रेग्मीले भने । यता कृषि मन्त्रालयले भने उद्योगले पैसा नदिएको कुरा कृषिको क्षेत्राधिकारभित्र नपर्ने जनाएको छ ।

‘हामीले किसानलाई पठाउने अनुदान अर्थमार्फत जिल्लास्थित कोलोनीका भएर वितरण हुन्छ, त्यतिबेला कसरी वितरण भएको थियो र त्यसमा उद्योगले के बदमासी गर्‍यो, त्यो हाम्रो क्षेत्राधिकार होइन,’ मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले भने ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...