Friday, 03 May, 2024
राशिफल

आज - ०४ मंसिर २०८० सोमवार को राशिफल

aajako-rashifal-169137389-1700445814.png

 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त सँग भेट घाट पनि हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामको थालनी या योजना बन्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विद्या र नयाँ ज्ञान बढ्नेछ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल हुनसक्छन् ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । साथीभाइसँग असमझदारी बढ्ला । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । प्रेममा मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झन्झटिलो काम लिनुपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । विपरित वर्गसँग भेटघाट, साथ र सहयोग मिल्नेछ । शत्रु र विपक्षीहरू पनि पराजित हुन सक्छन् ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...