Wednesday, 29 May, 2024
राशिफल

आज - ०२ चैत्र २०७९ बिहिवार को राशिफल,

rashifal-1678966357.png

 

 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज यात्रामा बिध्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी हुन सक्छ, अत: आफ्नो आहार विहार प्रति विशेष ध्यान दिन आवश्यक छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल


world-link-1690434568.jpg
जन्मदिनको अवसरमा एलआईसी नेपालको बीमा पोलिसी खरिद
1716919432994-1716919452.jpg

पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा...

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने 
1716911306317-1716911381.jpg

मकवानपुर, १५ जेष्ठ /संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओबादी केन्द्रका...

एमनेष्टीको स्थापना दिवसमा अन्तरक्रिया
1716911044351-1716911098.jpg

हेटौंडा, १५ जेष्ठ/एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ को आयोजनामा एमनेष्टी र मानव अधिकार बिषयक अन्तरक्रिया...

वाइसीएल हेटौंडा द्वारा सहिद परिवार सम्मान
1716910748925-1716910900.jpg

हेटौंडा, १५ जेष्/१७ औं गणतन्त्र दिवसको अवसरमा ४ सहीद परिवारलाई सम्मान गरिएको छ  योङ कम्युनिष्ट लिग (वाईसीएल)...

माओवादी केन्द्र राक्सिराङको बिस्तारित बैठक सम्पन्न
1716909668572-1716909834.jpg

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राक्सिराङ्ग गाउँ कमिटिको बिस्तारित बैठक एवंम १७ औं गणतन्त्र दिवसको...

आर्थिक बर्ष ०८१/०८२ को बजेटका नारा,
FB_IMG_1716909270145-1716909284.jpg

सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि...

बुद्धिजीवी संगठन र रिटर्नी सेन्टर थाहाको भेला आयोजक समिती गठन
1716908055163-1716908165.jpg

नेकपा माओवादी निकट रिटर्नी सेन्टर नेपाल तथा  बुद्दिजिबी संगठनले थाहा नगर समिती गठनको निम्ति थाहा नगर भेला...

गोजु-रियो कराँते दो संघ मकवानपुरका एघार खेलाडी ब्ल्याक बेल्ड द्वारा ग्रेडिङ
1716907353095-1716907400.jpg

नेपाल गोजुरियो कराँते दो संघ मकवानपुर शाखाले ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्यको लागि खेलकुद,...

बर्षाको कारण थाहा गोल्डकपको आजको फाइनल स्थगित
FB_IMG_1716873519026-1716873532.jpg

पाँचौ थाहा गोल्डकपको आज हुने फाइनल खेल बर्षाको कारण रद्द भएको छ। गोल्डकपको व्यवस्थापकीय क्लब शिखर क्लबले दिएको...