jkmv-english-1784299234.jpg
Friday, 14 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राशिफल

आजको राशिफल - २०७९ कार्तिक ३ गते, बिहीवार,

rasifal_20220327092020-1666227312.jpg

आजको राशिफल - 

२०७९ कार्तिक ३ गते, बिहीवार, २० अक्टाेबर २०२२। कार्तिक कृष्णपक्ष दशमी तिथि, १४ः०६ बजेदेखि एकादशी। अश्लेषा नक्षत्र ९ः५० बजेदेखि मघा। चन्द्रराशि– कर्कट ९ः५० बजेदेखि सिंह।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्। अरूका काममा समय बित्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन्। प्रयत्न गर्दा केही काम बन्नेछन्। अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ।

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। तर खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्नेछन्। अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्।

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। नयाँ काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। नियमित काम भने बन्नेछ।

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। हिसाबकिताबमा होसियार रहनुहोला। व्यावसायिक कामलाई निरन्तरता दिन सकिनेछ।

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। गोपनीयता बाहिरिए पनि मिहिनेत गर्दा केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ।

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधा जुटाउन सकिनेछ।

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...