Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

  थाहामा च्वाईसले गरे विस जनालाई नगद सहित सम्मान 


  मकवानपुर, थाहा नगरपालिकामा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  शिखर बचत तथा ऋण सहकारी संस्था लि को अयोजनामा आज बुधबार पुरस्कार वितरण कार्यक्रम गरिएको हो  । थाहानगरपालिका ३ विकासघरमा च्वाईस नेपाल र मेन्टोर्स इन्टरनेस्नलसंगको सहकार्यमा उक्त कार्यक्रम  सम्पन्न  भएको हो । 
 थाहानगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट विस  जनालाई पुरस्कार तथा सम्मान  गरेको हो ।  कृषि तथा विभिन्न क्षेत्रमा व्यावसाय गर्दै आएका व्यावसायहरुलाई सम्मान सहित नगद पुरस्कार वितरण गरिएको हो । जसमध्ये यस वर्षका उत्कृष्ट कृषक केदार रायमाझीलाई ३३ हजार बराबारको टनेल वितरण गरिएको च्वाईस नेपालका मकवानपुर प्रतिनिधि प्रताप घिमिरेले जानकारी दिए  ।  
पुरस्कृत अन्य १९ जनालाई १० हजार बराबरको जिन्सि समान को खरिद पछि शिखर बचत तथा ऋण सहकारी संस्था लि बाट नगद पाउने व्यावस्था गरिएको छ ।  पुरस्कृत भएका कृषक तथा व्यवासयहरु विष्णु बि क, सहदेव सिं कार्की, रामसरण विष्ट, प्रताप विष्ट, सोमराज गोपली, गणेश प्रसाद विष्ट, हरिहर ढकाल, कासिराम थापा, किरण स्याङतान, नवराज कार्की, मनसिं पाख्रिन, रेबिका केसी, पार्वती श्रेष्ठ लगायतलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।  
२०७५ बैशाख देखि च्वाईस नेपाल तथा  मेन्टोर्स इन्टरनेस्नल र शिखर बचत तथा ऋण सहकारी संस्था लिसंग सहकार्य गदैआर्थिक सहयोग गरि सिपमुलक तालिम दिदै आइरहेको मकवानपुर प्रतिनिधि घिमिरेले बताए ।   
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै हरेक वर्ष हरेक क्रियाकलापमा च्वाईस नेपालसंग सहकार्य गर्दै आईरहेको  कार्यक्रमको सभाध्यक्ष शिखरबचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष मधुसुदन विष्टले जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रमा लगानीको लागि उक्त संस्थासंग  सहकार्य गर्दै कृषि क्षेत्रलाई बलियो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । 
कार्यक्रममा च्वाइस नेपाल फिल कोडीनेटर भेश्वगल जि.सी, फरक सोच अभियानका अभियान्ता यादव जंग रायमाझी, थाहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेश केसी, कुण्डल देवी बहुउदेश्यीय सहकारी संस्था लि का व्यावस्थापक राजन मिश्रा, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।  फाेटाे 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg