Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का

1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ सानै कुराले पनि धेरै पिडा दिने रहेछ हामीले आफुलाई खुशी राख्नको लागि यी बानि बाट चाहि टाढा बस्नु पर्ने रहेछ अनि अर्को कुरा मानिस लाइ दुखि बनाउने भनेकै अरुको प्रतिको आशा र अपेक्षा ले रहेछ हामि अरु बाट आश राख्छौ कसैले हामीलाई बुझिदियोस सुनिदियोस हाम्रा पनि केहि कुराको ख्याल राखिदियोस जुन हामीले नभनेरनै हाम्रा भाव र आशय लाइ बुझिदिउन हो सायद यहि होला सानो कुरा मा नै खुसि हुने भनेको अनि जब हामीले आश राखेका व्यक्ति हरु बाट केहि फरक पाउछौ हाम्रा सोचाइ भन्दा केहि फरक पाउछौ अनि दुख्छ मन सायद यहि होला सानै कुरा मा पनि मन दुख्नु भनेको अनि फेरी दुख्दा पनि कहाँ मलाइ दुख्यो भन्न पाइयो र चाहे त्यो तनको दुखाइ होस् या मनको दुखाइ, दुखाइ २ किसिमको नै अति जेहेरिला हुदा रहेछन धेरै जहरिलो चाहिँ मनको दुखाइ हुदो रहेछ मन दुख्छ दुखेको मन न कसैले देख्छ न देखाउन नै सकिन्छ दुखेको मन अझ झन् त्यति बेला धेरै दुख्छ जब मेरो मन दुखेको कुरा मेरो नजिका हरुले बुझुन भन्ने एउटा भाव मन मा पैदा हुन्छ तर त्यसको विपरित हुदा झन् दुख्ने रहेछ .तर यो मन दुख्छ चाहिँ किन ? आज सम्म नबुझेको कुरा म नै हु सबै थोक मेरो जीवन मेरो मर्जी भन्ने लाइ जाबो देख्दै नदेखेको सानो नाथे मनले किन दुखाउछ ? ससार देख्ने यी आखा हरुमा जाबो एक थोपा आशु अटाउन पनि कति गाह्रो हो ? कहिले काही हुनु हुन्छ तपाइँ हरु पनि भावविहल जब सबै ठिक छ भन्ने भान गर्न खोज्दा खोज्दै पनि फेरी खै कता कता के नमिलेको जस्तो आफुले ठिक गर्न खोज्दा खोज्दै पनि फेरी कतै केहि बिग्रिए जस्तो सबै तिर राम्रो गर्न खोज्दा खोज्दै पनि फेरी सबै भताभुंग भए जस्तो ? सबैलाई खुशी राख्छु भन्दा भन्दै पनि आफ्नै कारण ले सबै दुखि भए जस्तो अरुको इच्छा बुझ्दा बुझ्दै आफ्नै इच्छा हरु गुमाए जस्तो,अरुको रहरहरुको बारेमा जानकारी राख्दा राख्दै आफ्नै रहर हरु मरे जस्तो खै कस्तो कस्तो यी र यस्तै कुराहरुको सोचले नै आफ्नै मन दुखिरहने यो मन संगको सम्बन्ध कस्तो कस्तो ,हामि जीवनमा एउटा मिठो भ्रम पालेर बस्छौ हामीलाई लाग्छ अरूको समवेदना र आँसुहरूको भाषामा हामीले आफ्नो पीडाको अर्थ बुझ्न सक्छौं तर वास्तवमा भनेको यी आँसुहरूको भित्री अर्थ केवल हामी आफैलेमात्र बुझ्न सक्छौं हामि विश्वास गर्दछौं कि अरूलाई हाम्रो पीडा र दुःखको गहिराइ थाहा छ, र जसले हामीलाई बुझ्छ, उसैले हामीलाई साथ दिन्छ तर वास्तविकता भनेको यो हो कि अधिकांश समय हामी जसलाई सबैभन्दा महत्त्वपूर्ण मान्छौं, उनीहरूले हाम्रो पीडा र संवेदना लाइ फेलानै पार्न सक्दैन । हामी सधैँ यस भ्रममा जीवीत हुन्छौं कि अरूलाई हाम्रो पीडामा साँचो सहानुभूति होस् तर जब समय बित्दै जान्छ यस्ता आशा र अपेक्षाहरू स्वत ध्वस्त हुन्छन्। एक समय यस्तो पनि आयो जब हामी आँसुहरूबाट सान्त्वना खोज्थ्यौं र अरूसँगको सम्बन्धमा सान्त्वनाको आशा राख्थ्यौं तर यो बुझ्न जरुरि रहेछा कि ती आँसुहरू केवल हाम्रो आफ्नै संवेदनाको प्रकट हुन् हाम्रा आँसुहरूको उद्देश्य मात्र हाम्रो दुःखलाई अरूसम्म पु¥याउनु होइन, बरु यसले हाम्रो आन्तरिक यात्रा र शान्तिको खोजमा मार्गदर्शन पनि गर्न सक्छ। जब हामी अरूसँगको सापेक्षता र उनीहरूको विचारमा खुशी र सान्त्वना खोज्न बन्द गर्छौं, तब हामी वास्तवमै आफूलाई बुझ्न र आफ्नो जीवनलाई नयाँ दृष्टिकोणबाट अनुभव गर्न सक्छौं। अरूले हामीलाई कति महत्त्व दिइरहेका छन् भन्ने कुरा थाहा पाउँदा हामीलाई खुशी वा दुख नलागोस्। फेरो यो कुरा पनि हामीले सधै याद गर्न जरुरि छ कि “हामि सधै कसैको लागि पनि त्यति महत्वपूर्ण हुदैनौ जति हामि सोच्ने गर्छौ।” हामी सधैँ अरूसँगको संवेदना र सहानुभूतिमा डुबेका हुन्छौं, तर साँचो कुरा भनेको यो हो कि हामी आफ्नो पीडा र आफु भित्रको दुखिरहेको आफुलाई , सामना गर्ने र त्यसलाई स्वीकार गर्ने शक्ति आफैमा राख्न जरुरि रहेछ। अरूले हामीलाई कति महत्त्व दिइरहेका छन् भन्ने कुरा थाहा पाउँदा हामीलाई खुशी वा दुख नलागोस्। हामीलाई आफूलाई पहिलो महत्त्व दिनु पर्छ, र जब हामी हाम्रो अस्तित्वको वास्तविकता बुझ्छौं, तब मात्र अरूसँगको सम्बन्ध र तिनको प्रतिक्रियाले कुनै अर्थ राख्न थाल्छ। जीवनमा आफु खुशी हुनु नै ठुलो कुरा रहेछ अरु लाइ जति गर्नुस अन्त्यमा तैले मेरो लागि के गरिस र भन्ने कुरा सुन्नु पर्छ त्यसैले “अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...