Thursday, 12 Mar, 2026
50makai-1773128454.png

अपडेट

१ सय २१ किलो चरेस जस्तो देखिने पदार्थसहित थाहामा दुई जना पक्राउ

FB_IMG_1768993034335-1768993547.jpg

मकवानपुर, २०८२ माघ ६ गते — मकवानपुरको थाहा नगरपालिका–१० टौखेलमा चरेस जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
६ गते मंगलबार साँझ करिब १६:५० बजे टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १५०७ नम्बरको अटोले लागूऔषध ओसारपसार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो। इप्रका पालुङ र चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले अटो चेकजाँच गर्ने क्रममा १२ वटा रबरका डिब्बाभित्र लुकाइछिपाइ ल्याइएको चरेस जस्तो देखिने पदार्थ अन्दाजी १२१.४६ के.जि. बरामद गरेको हो।
घटनामा अटो चालक थाहा नगरपालिका–४ रुप्से निवासी अन्दाजी २९ वर्षीय घनश्याम बल तामाङ र कैलाश गाउँपालिका–५ निवासी अन्दाजी २१ वर्षीय सानुकान्छा थिङलाई अटोसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका दुवै जनालाई सम्मानित मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ईलाका  प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
दलीय शिक्षक संगठन खारेज गर्न नव निर्वाचित सांसदको ध्यानाकर्षण
InShot_20260311_120604744-1773210088.jpg

मकवानपुर, फागुन २५ मकवानपुर  क्षेत्र नं २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित प्रशान्त उप्रेतीलाई थाहा...

प्रतिनिधि सभामा सम्भवत: सबैभन्दा “कान्छो” “माननीय” हुँदै प्रशान्त उप्रेती'
InShot_20260308_184820871-1772975025.jpg

मकवानपुर निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती...

एमाले मकवानपुरको कार्यबाहक अध्यक्षमा हिदम लामा
InShot_20260308_175618241-1772971902.jpg

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटीको आज बसेको आठौँ सचिवालय बैठकले पार्टी जिल्ला कमिटीका...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा थाहामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
20260308_132118-1772969346.jpg

थाहा नगरपालिका — “सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ ११६ औँ...

प्रशान्त उप्रेतीलाई भेटेर लवशेरले दिए शुभकामना
FB_IMG_1772957293271-1772957323.jpg

हेटौंडा मकवानपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट विजयी भएका प्रशान्त उप्र्रेतीलाई नेकपाका उम्मेदवार लवशेर...

थाहा नगरपालिकामा ५९.२% मतदान, २०,११५ मत खस्यो
FB_IMG_1772726647297-1772726660.jpg

आज सम्पन्न निर्वाचनमा थाहा नगरपालिकामा कुल ३३,९८१ मतदाता मध्ये २०,११५ मत खसेको छ। यस अनुसार नगरपालिकाभरि करिब...

फागु पूर्णिमामा ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रमा मेला सम्पन्न, २२ हजार ९४० रुपैयाँ भेटी संकलन
InShot_20260302_191835365-1772458551.jpg

थाहा नगरपालिका–स्थित ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्रमा आज फागु पूर्णिमाको अवसरमा धार्मिक मेला सम्पन्न भएको...

अवैध घरेलु भरुवा बन्दुकसहित थाहा ४ का दुई जना पक्राउ
FB_IMG_1772452667428-1772453551.jpg

मकवानपुरको थाहा नगरपालिका–४, धारापानी (हरिकेसी टोल) मा अवैध घरेलु हतियार लुकाई राखेको सूचनाका आधारमा प्रहरीले...

प्रतिबन्धित लागुऔषध सहित थाहा २ का एक युवक पक्राउ
FB_IMG_1772452729123-1772453188.jpg

मकवानपुरको थाहा नगरपालिका–२, अंगारेमा प्रतिबन्धित लागू औषधजन्य पदार्थसहित एक युवक पक्राउ परेका छन्। फागुन १६...