Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

हेपाहा दृष्टि राख्नेहरु- पारिजात

parijat-k-1698376821.jpg

हेपाहा हुन्छन् यी भारतीयहरु नेपालीप्रति । यो कुरा भारतमा कार्यरत, अध्ययनरत तथा भारत भ्रमणमा जाने सबै नेपालीलाई अनुभव भएको हुनुपर्छ । नेपालीलाई लिएर उनीहरु उच्चताभास पाल्छन्, एउटा साधारण भारतीयले कुनै पनि हैसियतको नेपालीलाई मौका पायो कि यो प्रबृत्ति देखाउन चुक्तैन ।
आजको विकसित बैज्ञानिक युगमा पनि भारत आफ्नो रहस्य, रोमाञ्च, तन्त्रमन्त्र, जादूटोना, भूतप्रेत, सती, बलिजस्ता मानविरोधी कृत्यहरुको निम्ति विश्व प्रशिद्ध छ । हुन पनि भारतको आफ्नो भन्नु यही सब हुन् । त्यहाँको प्रत्येक राजनेताहरुको पछि एउटा एउटा तान्त्रिक गुरु इष्ट देवताको रुपमा हुने गर्छ ।
आज पर्यन्त भारतको कति गाउँमा सती जान प्रेरणा दिईन्छ, पुलिस समिता हेरेर बस्छन्, सतीको परिवारले आफ्नो कूललाई गौरवान्वित भएको ठान्दछ । आज पनि भारतको कुनै कुनै परिवारले धनधान्य र सम्पन्नताको निम्ति आफ्नै नाबालक छोरा छोरीलाई महामाया तथा कालीको नाउँमा बलि दिदैछन् । आजसम्म पनि भारतका कथित आदर्श युवकहरुले केटीसंग होईन, दाईजोसंग बिहे गर्दैछन् र अतिरिक्त दाइजोको शर्त लगाएर कयौं नयाँ दुलहीहरुलाई ज्यूँदै जलाएर मार्दैछन् ।
भारत यस्तो देश हो, जहाँ बन्दी बनाईएकाहरुलाई ज्यूँदैमा साइकलको झीरले आँखा झिकेर अन्धा तुल्याइदिन सक्ने निर्दयी पुलिसहरुको बोलबाला छ । बेजोड देश हो भारत, त्यहाँका जनताले राजनीति शून्य अभिनेता अभिनेत्रीलाई अत्यधिक बहुमतमा भोट दिएर आफ्ना प्रतिनिधि चुन्दछन् । दस्यु(विद्रोही?) भनिने डाँकाहरुले थर्काएको देश हो भारत, जबसम्म उनीहरु आफैं आत्मासमर्पण गर्दैनन् कस्तै प्रशिक्षित पुलिसहरुको पनि केही लाग्दैन त्यहाँ । भारतमा यस्ता दस्यू गिरोहले फोनबाट अथवा पत्रबाट अग्रिम सूचना दिएर निश्चित समयमा कडा सुरक्षा फोरेर पनि अपहरण तथा डाँकाजनी फैसला गर्छन् । उसमाथि पनि भारतभरिमा सबैभन्दा खँुखार अपराधी र अपराध परिपाटीको अखडा हुन्, बिहार र उत्तर प्रदेश, जस्को पूर्व र पश्चिम सिमाना नेपालसंग गाँसिएका छन् । भाषा संस्कृतिको आदान प्रदान हुने कुरो प्रमुख होईन यहाँ, यहाँ त बारिपारी बिहेबारी चल्छ, दाइजोको आदान प्रदान चल्छ । दाइजोसम्मलाई पनि छोडिदिऊँ, तर अपराध परिपाटीमा पछि परेको देशले दाइजोसंगै अपराध, अपराध परिपाटी, खप्पिस अपराधी सबै भित्र्याउँछ । अब आतंक पनि शायद आतंकारी पनि ।
यसै पनि गोरखपुर पोहोरको विश्व रेकर्डमा अमेरिकाको टेक्सासभन्दा दोश्रो अपराधस्थल मानिएको छ ।
त्यसो त यस्तै यस्तै क्रियाकलापबाट मात्र भारतलाई मूल्याँकन गर्न मिल्दैन । कारण, त्यहाँ पनि अरु देशको संप्रभुताको महत्व बुझ्न सक्ने, अक्षुण्णताको चाहना गर्ने तत्वहरु छन्, यसैले कि, सैद्धान्तिक धरातल एउटै छ । तर बहुसंख्यक भारतीय यस्ता छैनन् । गरीब, शोषित जनताप्रति संम्बेदनशील वर्ग त्यहाँ छ तर धेरैजसो भरतीय हामीप्रति हेपाहा दृष्टि राख्दछन् । अपराध परिपाटी, अपराधी विभिन्न रुपमा खुला सिमानाको जतासुकैबाट छिरिरहेछन्, । भविश्य वर्तमान भएर पसिसक्यो, नेपालमा अझै हामी आँखा चिम्लने ?

♦युगधारा, बर्ष ३, अंक ३४, २०४२ आषाढ २४ गते सोमबार

♦ पारिजात संकलित रचनाहरु
निर्माण प्रकाशन, नाम्ची, दक्षिण सिक्किम ग्रन्थः ६

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg