Saturday, 04 May, 2024
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयमा गृहमन्त्री खाँडको चलखेल, स्वास्थ्य निर्देशनालयका कर्मचारीको दबाब दिएर काज फिर्ता बदर

1647399336115-1647399354.jpg

काठमाडौं, २चैत्र । स्वास्थ्य मन्त्रालयको कर्मचारी सरूवा र काज फिर्तामा गृहमन्त्री बालकृष्ण खाँडले चलखेल गरेका छन् ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्तामा मन्त्री खाँडले अनावश्यक चलखेल  गरेका हुन् । विगतमा खाँडकै पहलमा नियम विपरीत निर्देशनालयमा काजमा पठाइएका श्रेष्ठको संघीय स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरि काठमाडौं तानेकोमा खाँडको दबाबमा काज फिर्ता बदर गरिएको छ । खाँडले प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्रीलाई समेत समन्वय नगरी श्रेष्ठको काज बदर गराएपछि खाँडको अस्वभाविक चलखेल बाहिर आएको हो । 
'नियमित विपरित काजमा पठाइएका श्रेष्ठलाई मन्त्रालयले फिर्ता बोलाउँदा खाँडले फिर्ता बदर गराउनुमा भित्री गलत साँठगाँठ रहेको प्रष्ट हुन्छ'-निर्देशनालयका एक कर्मचारीले भने । जायज काम गर्दा दवाव आउने वितिकै बदर गर्ने प्रवृतिले काम गर्न प्रदेशमा असहज भएको प्रदेश स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीले बताए । 'खाँडको अहिलेको गलत कामबारे बोलौं कारवाहीमा परिने डर, नबोलौं  गलत अभ्यास भएको छ'-उनले भने । 
सुरक्षाकर्मी बढुवामा खाँडले चलखेल गरिरहेको समाचार छताछुल्ल भएपनि क्षेत्राधिकार नाघेर काम गर्न थालेपछि प्रदेश स्वास्थ्य मन्त्रालयमा व्यापक असन्तुष्टि बढेको छ । कर्मचारीहरू खाँडको अहिले जस्तो शैलीले काम गर्ने सुरक्षित वातावरण नभएको उनीहरूको भनाइ छ । श्रेष्ठले पनि आफुलाई खाँडको मान्छे भन्दै कर्मचारीहरूलाई थर्काउने, तालिम गोष्ठी र गैरसरकारी संस्थाका भत्तावाला कार्यक्रम मात्रै दौडिने गरेपछि कार्यसम्पादनबारे उनको विरोध भइरहेको थियो । त्यसपछि संघीय स्वास्थ्य मन्त्रालयले सोमबार काज फिर्ता गरेको थियो । काज फिर्ता भएपछि श्रेष्ठ खाँडको शरणमा पुगेका थिए । दिनभरको खाँडको दबाबपछि उनको काज फिर्ता बदर भएको छ । 'नेताले भनेसी काज फिर्ता हुने र संघीय मन्त्रीले रकम लेनदेनमा प्रदेशसम्म चलखेल गर्न थालेपछि त्यस्ता 'साँढे' हाकिमसंग कसरी काम गर्नु? खाँडको धम्की दिएर हैरान पार्छन् ।'-कर्मचारीको सामुहिक आवाज छ ।
अनावश्यक हस्तक्षेप भए प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारी डेलिगेशन जाने तयारीमा छन् । प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नीतिगत निर्णयहरू गरि अघि बढिरहेका छन् । उनले प्रदेशमा विपन्नलाई रक्त संचार सेवा निःशुल्क गराएका छन् भने अस्पतालमा उपकरण र जनशक्ति बढाउन नीतिगत ढंगले अघि बढेका छन् । तर आफुलाई समेत अनावश्यक   आक्षेप लाग्ने ढंगले समन्वय बिना आफ्नै पार्टीका संघीय सरकारका जिम्मेवार व्यक्तिले गरेको गलत चलखेलप्रति लामा असन्तुष्ट बनेको उनी निकट स्रोतले जनाएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...