pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

स्वास्थ्य मन्त्रालयमा गृहमन्त्री खाँडको चलखेल, स्वास्थ्य निर्देशनालयका कर्मचारीको दबाब दिएर काज फिर्ता बदर

1647399336115-1647399354.jpg

काठमाडौं, २चैत्र । स्वास्थ्य मन्त्रालयको कर्मचारी सरूवा र काज फिर्तामा गृहमन्त्री बालकृष्ण खाँडले चलखेल गरेका छन् ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्तामा मन्त्री खाँडले अनावश्यक चलखेल  गरेका हुन् । विगतमा खाँडकै पहलमा नियम विपरीत निर्देशनालयमा काजमा पठाइएका श्रेष्ठको संघीय स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरि काठमाडौं तानेकोमा खाँडको दबाबमा काज फिर्ता बदर गरिएको छ । खाँडले प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्रीलाई समेत समन्वय नगरी श्रेष्ठको काज बदर गराएपछि खाँडको अस्वभाविक चलखेल बाहिर आएको हो । 
'नियमित विपरित काजमा पठाइएका श्रेष्ठलाई मन्त्रालयले फिर्ता बोलाउँदा खाँडले फिर्ता बदर गराउनुमा भित्री गलत साँठगाँठ रहेको प्रष्ट हुन्छ'-निर्देशनालयका एक कर्मचारीले भने । जायज काम गर्दा दवाव आउने वितिकै बदर गर्ने प्रवृतिले काम गर्न प्रदेशमा असहज भएको प्रदेश स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीले बताए । 'खाँडको अहिलेको गलत कामबारे बोलौं कारवाहीमा परिने डर, नबोलौं  गलत अभ्यास भएको छ'-उनले भने । 
सुरक्षाकर्मी बढुवामा खाँडले चलखेल गरिरहेको समाचार छताछुल्ल भएपनि क्षेत्राधिकार नाघेर काम गर्न थालेपछि प्रदेश स्वास्थ्य मन्त्रालयमा व्यापक असन्तुष्टि बढेको छ । कर्मचारीहरू खाँडको अहिले जस्तो शैलीले काम गर्ने सुरक्षित वातावरण नभएको उनीहरूको भनाइ छ । श्रेष्ठले पनि आफुलाई खाँडको मान्छे भन्दै कर्मचारीहरूलाई थर्काउने, तालिम गोष्ठी र गैरसरकारी संस्थाका भत्तावाला कार्यक्रम मात्रै दौडिने गरेपछि कार्यसम्पादनबारे उनको विरोध भइरहेको थियो । त्यसपछि संघीय स्वास्थ्य मन्त्रालयले सोमबार काज फिर्ता गरेको थियो । काज फिर्ता भएपछि श्रेष्ठ खाँडको शरणमा पुगेका थिए । दिनभरको खाँडको दबाबपछि उनको काज फिर्ता बदर भएको छ । 'नेताले भनेसी काज फिर्ता हुने र संघीय मन्त्रीले रकम लेनदेनमा प्रदेशसम्म चलखेल गर्न थालेपछि त्यस्ता 'साँढे' हाकिमसंग कसरी काम गर्नु? खाँडको धम्की दिएर हैरान पार्छन् ।'-कर्मचारीको सामुहिक आवाज छ ।
अनावश्यक हस्तक्षेप भए प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारी डेलिगेशन जाने तयारीमा छन् । प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नीतिगत निर्णयहरू गरि अघि बढिरहेका छन् । उनले प्रदेशमा विपन्नलाई रक्त संचार सेवा निःशुल्क गराएका छन् भने अस्पतालमा उपकरण र जनशक्ति बढाउन नीतिगत ढंगले अघि बढेका छन् । तर आफुलाई समेत अनावश्यक   आक्षेप लाग्ने ढंगले समन्वय बिना आफ्नै पार्टीका संघीय सरकारका जिम्मेवार व्यक्तिले गरेको गलत चलखेलप्रति लामा असन्तुष्ट बनेको उनी निकट स्रोतले जनाएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...