pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

स्वास्थमन्त्री खतिवडा द्वारा आग्रा को स्वास्थ्य चौकी उद्घाटन।

संघिय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आज थाहा नगरपालिका वडा न ८ आग्रा मा बनेको नबनिर्मित भबनको आज एक भब्य समारोह बिच उद्घाटन गर्नुभएको छ।च्वाइस नेपाल र थाहा नगरपालिकाको एक करोड पचास लाख आर्थिक सहयोगमा निर्माण भएको स्वास्थ्य चौकी को मन्त्री खतिवडा ले रिबन काटेर उद्धाटन गर्नुभएको हो।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी मन्त्री खतिवडा ले स्वास्थ्य चौकी को लागि लागि आबश्यक उपकरण तथा अन्य सामाग्री अबको तीन महिना भित्र उपलब्ध गराउने बताउदै ,थाहा को आग्रा भेग को सजिलोको लागि दामगाडे मोरिया माहादेबेसी सडक उच्च प्राथमिकतामा राखिरहेको बताउनुभयो।वहाले थाहानगरलाइ खोप अभाब भए नगर मन्त्रालय मा आएर खोप ल्याउन आग्रह गर्नुभयो।जनताको स्वास्थमा सरकार धृढ भएकोले प्रतेक पालिकाको प्रत्येक वडा लाई आधारभुत स्वास्थ्य उपचारको लागि आधारभुत स्वास्थ्य चौकी निर्माणकालागि ४० लाख बजेट को ब्यबस्था गरेको बताउदै दुई करोड डोज खोप लगाइसकेको र साढे तीन करोड डोजको लागि पैसा तिरेर सुनिश्चित भैसकेको बताउदै १२ देखि १८ बर्ष सम्मका बालबालिका र दिर्घरोगीको लागि एक करोड डोज खोप अमेरिकाबाट एक महिना भित्र आइपुग्ने बताउदै खोपको लागि चिन्ता नलिन आग्रह गर्नु भयो।तेसै गरि कार्यक्रममा विशिष्ट अतिथी रास्टृयसभा का सदस्य तथा प्रत्यायोजन समितिका सभापती रामनारायण बिडारी ले थाहा नगरको कुनाकुनामा बिकासको लहर छिर्दै गरेको मा खुसी हुँदै यो सब संघीयता ले गर्दा सफल भएको बताउनुभयो ,अहिले थाहानगर र आसपासका पालिकाको जनताले दियको मतबाट संघ र प्रदेश दुबै तिरबाट मन्त्री पाएको ले केही राम्रा कामगर्ने र बिकास ल्याउने राम्रो अबसर आएकोले यहाँका मतदाताहरुले मन्त्रीहरूबाट आसगरेकाले केहिगरेर देखाउन आग्रह गर्नुभयो।कार्यक्रम मा थाहानगरपालिका को मेयर लबशेर बिष्ट र उपमेयर खड्गबहादुर गोपाली ले च्वाइस नेपाल सङ यसरी नै सहकार्य गरेर थाहाको बिकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो।च्वाइस का सियियो डा स्टेफन ले दुर्गम क्षेत्रका बासिन्दाको निम्ति यस्तो महत्वोपुर्ण र अप्ठ्यारो परियोजना गर्नको निम्ति सदैब तयार रहेको बताय।वडा न ८ का वडा अध्यक्ष टिकाराम रुम्बा को अध्यक्षता मा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा विशिष्ट अतिथि,रास्टृयसभाका सदस्य रामनारायण बिडारी तथा अतिथी हरु च्वाइस नेपालका प्रमुख प्रतीक शर्मा,थाहानगरपालिका प्रमुख लबशेर बिष्ट उपप्रमुख खड्गबहादुर गोपाली,डोटेरा का नेपाल प्रतिनिधि राजेस अधिकारी,नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य बिस्णु बिष्ट आदर्श ,नेकपा एकीकृत समाजबादी का प्रदेश सदस्य गौतमबुद्द लामा ,नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य जयराम रायमाझी,बिनोद कुमार लामा,नेकपा एकीकृत समाजबादीका प्रदेश  सदस्य कल्याणबिक्रम घलान,जिल्ला सचिबालय सदस्य माधब तिमिल्सिना ,ईश्वर लाल रुम्बा ,डम्बर बहादुर लामा,नेकापा एमाले का थाहानगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,माओवादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझी,समाजबादी प्रेस संगठन का केन्द्रिय उपाध्यक्ष शान्तराम बिडारी,पत्रकार कुमार नेगि,प्रेस सेन्टर थाहानगर अध्यक्ष शम्भु अधिकारी,वडा न ७ का वडा अध्यक्ष सनमसिंह मोक्तान वडा न ४ का अध्यक्ष दिपक सिंह लामा,युबा संघ जिल्ला अध्यक्ष किरणमान बल ,नेकपा एकीकृत समाजबादी का थाहानगर अध्यक्ष सानोकाजी गोपाली लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।लोकदोहोरी कलाकार सपना रोक्का र अमृत सापकोटाको सास्कृतिक प्रस्तुति रहेको समारोहलाई अर्जुन थापा ले संचालन गर्नुभएको थियो ।कार्यक्रमलाई सुमन कार्किले संयोजन गर्नुभएको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg