Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

स्वास्थमन्त्री खतिवडा द्वारा आग्रा को स्वास्थ्य चौकी उद्घाटन।

संघिय सरकारका स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आज थाहा नगरपालिका वडा न ८ आग्रा मा बनेको नबनिर्मित भबनको आज एक भब्य समारोह बिच उद्घाटन गर्नुभएको छ।च्वाइस नेपाल र थाहा नगरपालिकाको एक करोड पचास लाख आर्थिक सहयोगमा निर्माण भएको स्वास्थ्य चौकी को मन्त्री खतिवडा ले रिबन काटेर उद्धाटन गर्नुभएको हो।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी मन्त्री खतिवडा ले स्वास्थ्य चौकी को लागि लागि आबश्यक उपकरण तथा अन्य सामाग्री अबको तीन महिना भित्र उपलब्ध गराउने बताउदै ,थाहा को आग्रा भेग को सजिलोको लागि दामगाडे मोरिया माहादेबेसी सडक उच्च प्राथमिकतामा राखिरहेको बताउनुभयो।वहाले थाहानगरलाइ खोप अभाब भए नगर मन्त्रालय मा आएर खोप ल्याउन आग्रह गर्नुभयो।जनताको स्वास्थमा सरकार धृढ भएकोले प्रतेक पालिकाको प्रत्येक वडा लाई आधारभुत स्वास्थ्य उपचारको लागि आधारभुत स्वास्थ्य चौकी निर्माणकालागि ४० लाख बजेट को ब्यबस्था गरेको बताउदै दुई करोड डोज खोप लगाइसकेको र साढे तीन करोड डोजको लागि पैसा तिरेर सुनिश्चित भैसकेको बताउदै १२ देखि १८ बर्ष सम्मका बालबालिका र दिर्घरोगीको लागि एक करोड डोज खोप अमेरिकाबाट एक महिना भित्र आइपुग्ने बताउदै खोपको लागि चिन्ता नलिन आग्रह गर्नु भयो।तेसै गरि कार्यक्रममा विशिष्ट अतिथी रास्टृयसभा का सदस्य तथा प्रत्यायोजन समितिका सभापती रामनारायण बिडारी ले थाहा नगरको कुनाकुनामा बिकासको लहर छिर्दै गरेको मा खुसी हुँदै यो सब संघीयता ले गर्दा सफल भएको बताउनुभयो ,अहिले थाहानगर र आसपासका पालिकाको जनताले दियको मतबाट संघ र प्रदेश दुबै तिरबाट मन्त्री पाएको ले केही राम्रा कामगर्ने र बिकास ल्याउने राम्रो अबसर आएकोले यहाँका मतदाताहरुले मन्त्रीहरूबाट आसगरेकाले केहिगरेर देखाउन आग्रह गर्नुभयो।कार्यक्रम मा थाहानगरपालिका को मेयर लबशेर बिष्ट र उपमेयर खड्गबहादुर गोपाली ले च्वाइस नेपाल सङ यसरी नै सहकार्य गरेर थाहाको बिकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो।च्वाइस का सियियो डा स्टेफन ले दुर्गम क्षेत्रका बासिन्दाको निम्ति यस्तो महत्वोपुर्ण र अप्ठ्यारो परियोजना गर्नको निम्ति सदैब तयार रहेको बताय।वडा न ८ का वडा अध्यक्ष टिकाराम रुम्बा को अध्यक्षता मा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा विशिष्ट अतिथि,रास्टृयसभाका सदस्य रामनारायण बिडारी तथा अतिथी हरु च्वाइस नेपालका प्रमुख प्रतीक शर्मा,थाहानगरपालिका प्रमुख लबशेर बिष्ट उपप्रमुख खड्गबहादुर गोपाली,डोटेरा का नेपाल प्रतिनिधि राजेस अधिकारी,नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य बिस्णु बिष्ट आदर्श ,नेकपा एकीकृत समाजबादी का प्रदेश सदस्य गौतमबुद्द लामा ,नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य जयराम रायमाझी,बिनोद कुमार लामा,नेकपा एकीकृत समाजबादीका प्रदेश  सदस्य कल्याणबिक्रम घलान,जिल्ला सचिबालय सदस्य माधब तिमिल्सिना ,ईश्वर लाल रुम्बा ,डम्बर बहादुर लामा,नेकापा एमाले का थाहानगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,माओवादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझी,समाजबादी प्रेस संगठन का केन्द्रिय उपाध्यक्ष शान्तराम बिडारी,पत्रकार कुमार नेगि,प्रेस सेन्टर थाहानगर अध्यक्ष शम्भु अधिकारी,वडा न ७ का वडा अध्यक्ष सनमसिंह मोक्तान वडा न ४ का अध्यक्ष दिपक सिंह लामा,युबा संघ जिल्ला अध्यक्ष किरणमान बल ,नेकपा एकीकृत समाजबादी का थाहानगर अध्यक्ष सानोकाजी गोपाली लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।लोकदोहोरी कलाकार सपना रोक्का र अमृत सापकोटाको सास्कृतिक प्रस्तुति रहेको समारोहलाई अर्जुन थापा ले संचालन गर्नुभएको थियो ।कार्यक्रमलाई सुमन कार्किले संयोजन गर्नुभएको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...