pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

स्तन क्यान्सरका कारण, लक्षणहरु के-के हुन् ?

breast-cancer-1627530890.jpg

स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन् तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ।

स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुन सक्छ।

क्यान्सर हुने प्रकृतिका ट्युमरले नजिकका तन्तु नष्ट गर्छन् । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छन् । त्यसलाई शल्यक्रिया गरेर हटाए पनि फेरि उत्पन्न हुन सक्छन्।
स्तन क्यान्सर प्रायः दूध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ।

महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ । पहिलो पाठेघरको मुखको क्यान्सर हो । क्यान्सरका कारण हुने महिलाको मृत्युमा पनि स्तन क्यान्सर दोस्रो नम्बरमै छ  

स्तन क्यान्सरका लक्षण

नदुख्ने गाँठो आएमा,

स्तनको मुन्टाबाट रगत बगेमा,

स्तनको मुन्टा भित्र जान थालेमा,

छालामा निको नहुने घाउ आएमा,

काखीमा गाँठागुँठी आएमा,

स्तनको रङ परिवर्तन हुन थालेमा । आदि ।

स्तन क्यान्सरको परीक्षण

स्तन क्यान्सरको परीक्षण निकै प्रभावकारी छ । स्तन क्यान्सर भए÷नभएको नियमित रूपमा आफैँले परीक्षण गर्न सकिन्छ भने चिकित्सकबाट पनि परीक्षण गराउन सकिन्छ । त्यसैगरी, ४० वर्षमाथिका महिलाले वर्षमा एकपटक स्तनको गिर्खा जाँच गर्न म्यामोग्राफी गर्नुपर्छ जसले गिर्खाभित्र ठोस वा तरल पदार्थ के छ भन्ने पत्ता लगाउँछ ।
४० वर्षभन्दा कम उमेरका महिलाले स्तन क्यान्सरसँग सम्बन्धित कुनै लक्षण देखिएमा वा शंका लागेमा विभिन्न जाँच गरेर क्यान्सरको पहिचान गर्न सकिन्छ । स्तनको अल्ट्रासाउन्ड, बायोप्सी, सिटिस्क्यान, एमआरआई, पिइटी स्क्यान, छातीको एक्सरे आदि परीक्षण गर्नुपर्छ।  

४० वर्षभन्दा माथिका महिलाले क्यान्सरको कुनै लक्षण वा शंका नलागे पनि हरेक वर्ष म्यामोग्राफी गर्नुपर्छ । स्तनको आकार, प्रकार, रङ, नयाँ गिर्खा, तरल पदार्थ आदिमा परिवर्तन महसुस भएमा, बढी दुखेमा, निको नहुने घाउ भएमा, स्तनको मुन्टो स्तनतिर फर्किएमा, स्तनको छेउमा काखीमुनि गिर्खा महसुस भएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

स्तन क्यान्सरका कारण

स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे पनि निम्न कारणहरूलाई जोखिम मानिएको छः

-   वंशाणुगत ९रगतको नातामध्ये आमा, दिदी, बहिनी, छोरी कसै एकमा भएमा० कारण स्नत क्यान्सर हुन सक्छ । करिब १० प्रतिशतमा वशांणुगत कारणले स्तन क्यान्सर हुन्छ ।

-    हर्मोनहरुमा गडबडी हुनाले पनि स्तन क्यान्सर हुन सक्छ ।

-    नियमित मदिरा सेवन गर्ने महिलामा ।

-    परिवार नियोजनका साधान पिल्सहरु प्रयोग गर्ने महिलामा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ ।

-   जिनमा खराबी आएमा पनि क्यान्सर हुन सक्छ ।

-    दूध खुवाउने महिलाले बच्चालाई दूध खुवाएनन् भने पनि क्यान्सर हुन सक्छ ।

-    महिनावारीको गडबडी छ भने पनि स्तन क्यान्सर हुन सक्छ ।

-    बच्चा नभएका महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ ।

-    बढी उमेरमा बच्चा जन्माउने महिलालाई स्तन क्यान्सरको सम्भावना हुन्छ ।

उपचार

स्तन क्यान्सरको उपचार क्यान्सरको चरण, आकार, उमेर, हर्मोनको अवस्था, महिनावारी सुकेपछि वा अघि आदि अवस्थाका आधारमा हुन्छ । शल्यक्रिया ९सर्जरी०, केमोथेरापी, रेडियोथेरापी, हर्मोनलथेरापी र टार्गेटेड थेरापी यसका उपचार विधि हुन् । यी सबै उपचार सुविधा नेपालमा उपलब्ध छन् ।

यदि, स्तन क्यान्सर भइसकेको पत्ता लाग्यो भने सम्बन्धित सर्जनलाई नै देखाउनुपर्छ । क्यान्सरका लागि गरिने ब्रेस्ट सर्जरी र अन्य सर्जरी फरक कुरा हुन् । सर्जरी गर्दा स्तनको गाँठो मात्र निकालेर हुँदैन । छेउको लिम्फमोड लगायत हेर्नुपर्छ । धेरै जना बिरामी सही डाक्टरकोमा पुग्न नसकेर पनि उचित उपचार सेवाबाट वञ्चित हुने गरेका छन् ।
ब्रेस्ट सर्जरी दुई तरिकाले गरिन्छ । पहिलो हो स्तनलाई नफाली गरिने ‘ब्रेस्ट कन्र्जभेसन सर्जरी’ ।

यो सर्जरी सुरुवाती चरणमा पत्ता लागेको क्यान्सरका लागि उपयोगी हुन्छ । यसमा ट्युमरकासाथै एक सेन्टिमिटर जति मासु पनि निकालिन्छ । यदि, गिर्खा छ भने त्यो पनि निकालिन्छ । यो सर्जरी गरेपछि रेडियोथेरापी अनिवार्य रुपमा दिनुपर्ने हुन्छ ।

हिस्टोप्याथी रिपोर्ट हेरेर रेडियसन दिने÷नदिने निर्धारण गरिन्छ । पूरै स्तन निकालेको छ र ट्युमरको आकार पाँच सेन्टिमिटरभन्दा बढी छ भने रेडिएसन चाहिन्छ । रेडिएसन भनेको विकीरणबाट क्यान्सरको सेललाई मार्ने विधि हो । जटिल अवस्थामा पुगेका बिरामीको रक्तस्राब भएको छ, दुखाइ अत्यधिक छ भने त्यसलाई रोक्न पनि रेडिएसन दिने गरिन्छ । क्यान्सरको मुख्य उपचार भनेकै सर्जरी र सर्जरीपछि रेडियोथेरापी हो ।

दोस्रो हो, म्याक्सोटोमी । यसको अर्थ हुन्छ, स्तन पूरै निकाल्ने । स्तन पूरै निकाल्ने भनेको काखीसम्म भएको ‘ग्लान्ड’हरु पनि निकाल्ने हो ।

ट्युमर असाध्यै ठूलो वा रगत बगिरहेको अवस्था छ भने गन्हाउने गर्छ । यस्तो अवस्थामा स्तन फाल्नुका साथै अरु नसाहरु सफा गर्नेगरी सर्जरी हुन्छ । यो बिरामी बाँचुन्जेल सहज जीवन जिउन सजिलो होस् भनेर गरिने उपचार विधि हो । यो चरणमा पुगेको क्यान्सर निको पार्न सकिँदैन तर दुखाइ कम गर्ने वातावरण बनाउन सकिन्छ ।

नेपालमा पनि सानै उमेरमा स्तन क्यान्सर हुने बिरामीको संख्या बढेको छ । बदलिँदो ज्ञड, खानामा विभिन्न मिसावट र वंशाणुगत कारणले किशोरी र युवतीमा पनि क्यान्सर हुन्छ ।

युवतीहरुको स्तन क्यान्सरमा सर्जरी गर्दा स्तन वरिपरिको छाला र मुन्टोलाई जोगाउनुपर्छ । किनभने, युवतीका लागि सौन्दर्यका दृष्टिले पनि स्तनको महत्व हुन्छ । यसरी स्तनभित्रको मासुलाई हटाएर पुन ‘रिकन्स्ट्रक्सन’ गर्न सकिन्छ । रिकन्स्ट्रक्सन गर्दा उनको शरीरको अन्य भागको मासु राखेर गर्न सकिन्छ । अर्को सिलिकन पनि राख्न सकिन्छ ।

काटेर फ्यालिएको ठाउँमा आफ्नै शरीरको मासु राख्दा राम्रो हुन्छ । किनकि पछि रेडियोथेरापीबाट सेकाउनुपर्दा केही असर गर्दैन । तर, सिलिकन राखिएको छ भने समस्या पर्न सक्छ । सिलिकन राख्नेहरुलाई पहिला क्यान्सरको पूर्ण उपचार सकेर मात्रै राख्नुपर्छ ।  यी दुवै सेवा नेपालमा उपलब्ध छ ।

अर्को उपचारविधि केमोथेरापी हो । केमोथेरापी भनेको नसाबाट औषधि दिने विधि हो । केमोथेरापी पनि धेरै प्रकारका हुन्छन् । किमो दिने भनेको बिरामीको जेनेटिक आधारमा फरक हुन्छ । सामान्यतया स्तन क्यान्सरका सबै स्टेजमा केमोथेरापी चाहिन्छ । बिरामीलाई कुन केमो कति दिने भन्ने कुरा ल्याब रिपोर्ट र ‘हर्मोन रिसेप्टर’को अवस्था हेरेर गरिन्छ । हर्मोन रिसेप्टर तीन प्रकारका हुन्छ इआर, पिआर र एचइआर टू ।

केमोथेरापीपछि बिरामीको कपाल झर्छ । तर धेरैमा फेरि कपाल पलाउँदैन भन्ने भ्रम छ । तर, फेरि उस्तैगरी कपाल पलाउँछ । केमो लगाउँदा शरीरलाई गाह्रो हुन्छ भन्ने पनि भ्रम हो । साइड इफेक्ट चाहिँ हुन्छन् । तर, ती साइड इफेक्टबाट जोगाउने अन्य औषधि पनि दिइने भएकाले केमोबाट डराउनुपर्दैन ।

युवतीहरुमा हुने स्तन क्यान्सरको उपचार पाको उमेरकी महिलाको भन्दा चाँडो गर्नुपर्छ । युवा अवस्थामा मानिस जति सक्रिय हुन्छ, क्यान्सर पनि त्यत्तिकै सक्रिय रहन्छ । त्यसैले पाको उमेरका महिलाको तुलनामा युवतीहरुमा क्यान्सर छिटो फैलिने डर हुन्छ ।

स्तन क्यान्सर लाग्दैमा बिरामीको मृत्यु भइहाल्दैन । यदि, सुरुकै अवस्थामा पत्ता लाग्यो भने निको पार्न सकिन्छ । स्तन र ज्यान दुवै जोगाउन सकिन्छ । उपचार खर्च पनि जोगिन्छ । तर लाज र डरका कारण, चेतना नहुँदा, हेलचेक््रयाइँले बिरामीहरु जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने गलत परम्पराले धेरैलाई पिरोलेको छ । त्यसैले क्यान्सरबारे चेतना जगाउन पनि उत्तिकै जरुरी छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...