jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

च्यात्तिएको उपन्यास : सुशाल

susal-1573367061.jpg



साउनको मैना...
पुरै पृथ्वी नै गाल्ने गरेर बर्सेको साउने झरी,ढुङ्गा(माटो अनि छ्वाली ले छाएको मेरो सानो भुइ तले घर,दर्केको अविरल आकासे पानी छ्वाली चिम हुँदै अगेना सम्म ! कर्सो पछाडि माथी भालखोला देखि बेग हानेर आएको भलबाढीको आवाज टट्काल कानमै सुनिन्छ ! चिसो अगेनामा आगो नसल्केको हुदो हो श्रीमती भुतभुताई रहेछ...

हामी सुत्ने ठाउ लाग्छ मुसाहरुको लागि चै एउटा ठुलै रङ्गमन्च हो ! किनभने यश अघि पनि अनेक पात्र बनेर ती मुसाहरुले हाम्रो थुप्रै वस्त्र,कागजपत्रहरु लाई धुजा धुजा बनाई नाटक मन्चन गरिसकेको छ ! हो म अहिले त्यही छु जुन मुसाहरुको रङ्गमन्च हो ! अनुहार नुन खाएर झोक्राएको कुखुराको जस्तै छ होला,हातमा मसि सकिन लागेको एउटा कलम छ,अगाडि एउटा लेख्दै गरेको उपन्यास !! तर रीस,आक्रोश,जलन,पस्चताप,निराशताले भरिएको छु म ! मेरो मुखबाट बार बार एउटै मात्र कुरा निस्कासन भैरहेछस( “ मेरो उपन्यास“ “मेरो उपन्यास“ “मेरो उपन्यास “

यसै बखत श्रीमती कराउँछिन,
 हैन कति उपन्यास ! उपन्यास !! भनिरहनु भाको भन्या ?“ याहा चुल्हो नबलेको बेला...! बरु आगो सल्काउन आउनु या !

 मेरो मामा छैन,मामा नहुनेहरुले आगो फुक्दा बल्दैन भन्नि कुरा थाछैन तिम्लाई ? म यति बोले...!

अल्छिका सन्तान...श्रीमती यति बोलिन र लागिन धन्दा तिर...

श्रीमती को कुराले झन गिदि रनक्क रन्क्यो मेरो ! रिस माथि झन रिस उठ्यो ! मलाई दुईतिरको टेनसन स( एकातिर श्रीमती को गनगन अर्को तिर असत्ती मुसाको टेनसन !! श्रीमती भन्दा नि असत्ती मुसा देखि सारो रिस उठेको थियो मलाई,किन भने मैले पैलेइ लेखेर सकिसकेको उपन्यास असत्ति मुसाले धुजा(धुजा बनाई च्यातिदिएको थियो...रत पुनः उपन्यास लेख्न बाध्य थिए म ! तर कसरी लेखु ? के गरेर लेखु ? केके विषयमा लेखु ? म अलमल्लमा थिए लेख्दा लेख्दै...

यश अघि लेखिएका उपन्यासका हरफहरु मेरो दिमागले सम्झिन सकिरहेको थिएन,दिमाग बाट विषयहरु बिलिन हुँदै गैरहेको थियो ! मलाई पहिले कै विषयमा उपन्यास लेख्नुथ्यो,जो म सम्झिन सकिरहेको थिएन...! खाली सोचिरहेको थिए अब यो उपन्यास कसरी पूरा गरु म ? अनि ती असत्ती मुसालाई कसरी ध्वस्त पारु म ? बस त्यत्ती...

फेरि श्रीमती कराउँछिन,“ हैन हजुर ! खाली उपन्यास उपन्यास ! भन्दै बस्ने कि तरकारीको लागि भुटुन नि लिन जानी हो ?

 “एकछिन चुप लागेर बस्न सक्दिनौ भनेको तिमी ? या टेनसन भैराबेला “

श्रीमती बोलिन,“ अनि हजुरलाई चै के को टेनसन हौ ? या भएभरको धन्दा म एक्लै ले गर्नुपर्छ ! त्यैनि यस्तो धुवा सहेर...एउटा ग्यास चुल्हो लेराउछु भन्नुभाको नि बर्सौ भैसको हजुले...?

 पर्ख न लेराउछु त ! मैले बोले पछि भएन ? या भन्नी बित्तिकै काहा बाट हुन्छ ? आम्दानीको भाडो यै एउटा उपन्यास थ्यो त्यैनी असत्ती मुसाले च्यातीदियो ! झन म सोचिरहेको थिए यो उपन्यास प्रकाशन पछि उपन्यास ले चर्चा पाउछ ! बिक्री हुन्छ ! आमदानी हुन्छ ! अनि त्यै आम्दानीले ग्यास किन्छु !! साला सब सपना चकनाचुर भयो ! असत्ती मुसा...
प्राकाशकले पनि छिटो लेखीदिनु परो तपाईंको नया उपन्यास भनेर दिमाग खाइसक्यो ! यता प्रकाशकले दिमाग खायो उता मुसाले उपन्यास खायो,अनि त्यै माथी तिमी पनि मेरो गिदि नखाउन प्रिय,अहिले मलाई यै टेनसन छ !

 हैन के तपाईंलाई उपन्यास लेखेरै बुडी पाल्न सक्नु हुन्छ जस्तो लाग्छ ?

 लाग्छ त ! उपन्यास मेरो लागि एउटा रहर हो खास,पेट पाल्ने त एउटा बाहाना हो !

 देखीहाले नि,घरा भुटुन खाने तेल छैन,उपन्यास !!
र्
 यति भनेर श्रीमती छिमेकी काहा भुटुन पैचो माग्न गइनैै

त्यसपछि मेरो मानसपटलमा विभिन्न कुराहरु खेल्न थाल्यो,“ साच्चै मैले आफ्नो श्रीमतीलाई राम्रो सङ्ग खान लाउन नि दिन सकेको रैनछ,झन घरको त कुरै छोडउ,आकासे पानी बाट ओत लाएर बस्ने राम्रो ठाँउ पनि बनाउन सकेको रैनछ ! उनी दिनरात घर धन्दा गर्छिन झन धुवाँ सहेर...र पनि त्यति गुनासो गर्दिन ! मैल उनको लागि ग्यास मात्रै हैन राम्रो सङ्ग जिउने सास पनि फेर्न दिएको रैनछ ! उनी पोहोर सालकै फरिया चोलो लगाएर माइत जान पनि खुसी छिन ! अनि म ? म भने खाली यै उपन्यास भन्यो आस गर्यो बस्यो ! साच्चै भोको पेट भराउन साहित्य काफी रहेनछ ! यहाँ अरु पनि केई गर्नुपर्दो रहेछ...तर अफसोच म साहित्य बाहेक अरु कुरामा रुचि राख्नै सक्दिन ! म के गरु ? आफैमा सोच मग्न छु...! सोच मग्न त झन यो कुरामा बेसि छु कि लेखेर राखेको उपन्यास पनि मुसाले च्यातिदिन्छ..! मैले एउटा गतिलो घर पनि बनाउन सकिन ! मुसाको बिगबिकि ! राती घरको खोपुल्टो बाट चिसो स्याट ओछ्यानमा आउदा भित्तामा सुतेकि मेरि श्रीमती लाई कति जाडो हुदो हो ? तर पनि उनी, ए...हजुर आगुन साल चै एउटा बाक्लो सिरक किनु ल ! सम्म पनि भन्दिनन ! आज बर्सौ पछि सानो गुनासो गरिन सायद यो मेरो जिबनलाई एउटा नयाँ पाठ सिकाउन खोज्दै थिन उनी...
जो पाठ बुझेर सिकेर साच्चै अबको भाबी जिन्दगीमा केई गर्नुछ मैले,मेरो सानो परिवारको लागि..
धन्यको छौ तिमी मेरि जिबन सङ्गिनी...
र्
 म यस्ता यस्ता केहि सोच्दै टोलाउदै बसिरहेको थिए. 
यतिकैमा भान्सा बाट श्रीमतीको मिठो आकाज आयो,

“ ए...हजुर भान्सा तयार भयो खाना खान आउनु....“ 
Image may contain: outdoor and nature

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...