Monday, 20 May, 2024
अपडेट

सहयोगी भावनाको विकास गरि उन्नत समाजको निर्माण गर्ने अभियान हो फरक सोच ​​​​​​​

२०३५ साल माघ १० गते शिखरकोटमा जन्मनु भएका यादव जंग रायमाझी हाल वैदेशिक रोजगारीको शिलशिलामा विगत दश वर्षदेखि अवुदाबीमा हुनुहुन्छ ।  देश भन्दा बाहिर रहँदा पनि २४सै घण्टा स्थानिय सरोकार सँग जानकार रहन रुचाउने रायमाझी सामाजिक सञ्जालमा स्थानिय स्तरमा भएका गतिवीधीमा जोडिरहनु हुन्छ । सामाजिक क्रियाकलापमा सकृय रायमाझी सचेत सरल र मिलनासार युवाका रुपमा चिनिनु हुन्छ । समाज परिवर्तन युवा अभियानबाटनै शुरुवात गर्नु पर्छ भन्ने मान्यता राख्ने रायमाझी  त्यही विश्वासका साथ संचालन गरिएको फरक सोच अभियानका अभियन्ता समेत हुनुहुन्छ । रुपचन्द्र बिष्ट लाई आफ्नो सामाजिक चेतनाका गुरु मान्ने रायमाझी आफ्ना स्वर्गीय पिता प्रेम बहादुर रायमाझीको सामाजप्रतीको लगावलाई आफ्नो प्रेरणाको मुल मान्नुहुन्छ । रुपचन्द्र विष्टको राजनितीक र सामाजिक गतिविधी र थाहा दर्शनबाट समेत समाज परिवर्तनका लागि धरै सिक्न सकिने विश्वास राख्ने रायमाझी सँग थाहापाटी र जनमुखी साप्ताहिकले गरेको कुराकानी ।

फरक सोच कस्तो अभियान हो ? 
मुलतः फरक सोच परोपकारी अभियानको रुपमा सुरुवात भयो । आर्थिक रुपले कमजोर भएका असाध्य रोग वा समस्याले गाँजिएका मानिसलाई सहयोग गर्ने अभियानको रुपमा पहिलो बर्षहरुमा यो अभियान स्थापित भयो र त्यसै गरि यो चल्यो पनि । त्यो बेला यस अभियानले क्यान्सर पीडित, मृगौला रोगि, भुकम्प पीडित र भुकम्पमा ज्यान गुमाएका मकवानपुर जिल्ला भरीका मृतक परिवारलाई सहयोग गर्यो । तर पछि बिस्तारै यस अभियानको चर्चाले आम मानिसको यसप्रति अपेक्षा बढ्दै गयो त्यो बढ्दै गएको अपेक्षाले हामीलाई पनि फैलन प्रेरित गर्यो । यसरी फैलदा फरक सोच अभियानले खेल क्षेत्रलाई, स्वास्थ क्षेत्रलाई, सांस्कृतिक क्षेत्रलाई सहयोग गरियो त्यो अबधिमा राष्ट्रिय भलिबल प्रतियोगितालाई, एम्बुलेन्स खरिद गर्नलाई, गुम्बा निर्माण गर्नलाई समेत सहयोग पुर्याईयो । हाल आएर जया नारी शिक्षा कोष  स्थापना गरेर शिक्षा क्षेत्रलाई पनि सहयोग गर्ने अभियान पनि बन्न पुगेको छ । यो बाहेक फरक सोचले समाजका विभिन्न पेशा ब्यवसाय र क्षेत्रमा रहेर समाजलाई योगदान दिएका, उत्तरी मकवानपुरको बिकासलाई टेवा पुर्याई रहेका ब्यक्ती र संस्थालाई पुरस्कृत गर्दै सम्मानित गर्दै ती पेशा, ब्यवसाय र क्षेत्रमा अन्यलाई लाग्न उत्प्रेरित गर्ने उद्देश्यले तिर्थदास श्रेष्ठ स्मृती सामाजिक सम्मान कोष नै स्थापना गरेर अर्को अभियान पनि समानान्तर चलाउदै आएको छ । हुनत रुदाने र तिर्थदास श्रेष्ठको आ(आफनै महत्व छुट्टाछुट्टै बिशेषता छ । त्यसकारण अलग अलग कार्यक्रम गर्नुपर्ने हो तर हामीले त्यो गर्न सकिरहेका छैनौ चाढै नै यसलाई अलग अलग पारिने छ । हामीले हाम्रो मुल मन्त्र नै “सहयोगी भावनाको बिकास गरौं, उन्नत समाजको निर्माण गरौं“ बनाएका छौ यसै बाट पनि अभियानको उद्देश्य प्रष्ट हुन्छ । समग्रमा फरक सोच समाजमा सकारात्मक उर्जा सकारात्मक सोचको बिस्तार गर्दै सकारात्मक परिवर्तन गर्ने अभियानमा छ भनेर बुझ्दा हुन्छ ।


फरक सोच अभियानमा कस्ता व्यक्तीहरुको सहभागिता छ ?
 फरक सोच अभियानमा समाजबाट केहि लिन्छु भन्ने भन्दा समाजलाई मैले केही दिनै पर्छ भन्ने ब्यक्तिहरु मात्रै छन । यसको कुनै आधिकारिक समिती त छैन तर विभिन्न कार्यक्रम गर्न पर्ने हुँदा त्यो सजिलोको लागि ९ जनाको सानो र चुस्त टिम छ र त्यसलाई समिती भनेर बुझ्नु हुदैन । बरु यसमा लाग्ने सबै फरक सोचका संबाहक हुन अभियन्ता हुन । हाम्रो यस अभियानका अभियन्ता स्थानीय पत्रकारहरु, शिक्षकहरु, बैदेशिक रोजगारमा गएका युवाहरू, विभिन्न पेशामा आबद्द मानिसहरु, युवाहरु र सर्वसाधारणहरु सबै हुन र यस्ता सबैथरी मानिस फरक सोचमा आबद्ध छन सहभागी छन । 


थाहा दिवस  किन मनाउन लाग्नु भयो ? 
थाहा भनी रहदा थाहा सँगै जोडिएर रुपचन्द्र बिष्टको नाम आउँछ । फरक सोचले समाजलाई सकारात्मक परिवर्तन गर्ने भनेर लागेको छ । समाज परिवर्तन गर्न निस्कदा.....  परिवर्तन गर्ने काममा हिड्नै लाग्दा सिङ्गो मकवानपुर कै समाज सुधारक बनेर निरन्तर जिवनभर लागि परेका महान ब्यक्ति रुदानेलाई भुल्न हुदैन भन्ने बुझाईले र उहाँको ब्यक्तित्व र उहाँको कामहरुको सम्मान गर्न थाहा दिवस मनाउन थालिएको हो । त्यो बाहेक आजको ब्यक्तिमुखी, धनमुखी, नातामुखी, नाफामुखी, राजनीतिले देश र जनताले दुख भोग्न परेको छ । हामी राजनीति गर्ने मान्छे र संस्था त हैनौ तर रुदानेको जनमुखी राजनीतिले मात्रै देशको भलो हुन्छ जनताको भलो हुन्छ भनेर जनमुखी राजनितीको प्रचार गर्न पनि थाहा दिवस मनाउन सुरु गरिएको हो । थाहा महाँज्ञान हो त्यो ज्ञान सँग अहिलेका युवा पुस्तालाई साक्षात्कार गराउने अर्को पबित्र उद्देश्य पनि थाहा दिवस मनाउनुको अर्को मुख्य कारण हो ।

म जब आफ्नो दुनो सोझ्याउन नेता र शक्ति केन्द्रको पछिलाग्ने प्रवृत्तिलाई र मानिसलाई देख्छु । रगत र फरियाको सप्कोले भेटे सम्मकालाई विभिन्न अवसर जागिर बाड्ने नेता हाकिम देख्छु । त्यो बेला पनि “ म यो पत्र बोकेर आउनेलाई सिफारिस गर्दछु र यो भन्दा योग्य अर्को भए अर्कोलाई सिफारिस गर्दछु“ भन्ने रुदानेको शैली र रुदानेलाई सम्झन्छु ।


रुपचन्द्र विष्टलाई कसरी सम्झनु हुन्छ ? 
रुपचन्द्र बिष्ट बहुआयामिक ब्यक्तित्व हुन । उनलाई धेरै कोणबाट जिन्दगीका धेरै मोडहरुमा सम्झन सकिन्छ र मैले ब्यक्तिगत रुपमा त्यसै गरि सम्झने पनि गरेको छु । म कुनै ब्यक्तीको गलत निर्णयले समाजलाई नकारात्मक असर पार्दा “छोराछोरी नपढाउने मुर्दाबाद“ भन्ने वाक्य र त्यो सँग जोडिएको प्रसंग सगै रुदानेलाई सम्झन्छु । म कसैले हिजो आज एकोहोरो केही ब्यक्तीलाई गाली गरेर आफुलाई राजनितीमा स्थापित गर्न लालायित मान्छेलाई देख्दा “ बिरोधि नसहने मुर्दाबाद“ भन्ने नारा र रुदानेलाई सम्झन्छु । अहिले पनि जब छोरीलाई पढाउन हुन्न पढाएर के काम भन्ने मान्छे देख्दा “कन्या शिक्षा सम्पुर्ण शिक्षा हुनेछ“ भन्ने उनको भनाई र उनलाइ सम्झन्छु । अघिल्लो थाहा दिवसमा यहि रुदानेको “कन्या शिक्षा सम्पुर्ण हुनेछ“ भन्ने भनाइबाट प्रेरित भएर नै मैले नारी शिक्षा कोष निर्माण गर्ने घोषणा गरेको थिए र यो बर्ष त्यो कोष निर्माण  पनि भैसकेको छ । म जब आफ्नो दुनो सोझ्याउन नेता र शक्ति केन्द्रको पछिलाग्ने प्रवृत्तिलाई र मानिसलाई देख्छु । रगत र फरियाको सप्कोले भेटे सम्मकालाई विभिन्न अवसर जागिर बाड्ने नेता हाकिम देख्छु । त्यो बेला पनि “ म यो पत्र बोकेर आउनेलाई सिफारिस गर्दछु र यो भन्दा योग्य अर्को भए अर्कोलाई सिफारिस गर्दछु“ भन्ने रुदानेको शैली र रुदानेलाई सम्झन्छु । समाजबाट लिन मात्रै खोज्ने दिनै नखोज्ने मानिस देख्दा समाजको लागि परिवारै छाडेका रुदानेको त्यो महान ब्यक्तित्वको कारण पनि उनलाई सम्झन्छु । मुलतः उनले जनतालाई जागरुक बनाउन चेतना जगाउन थालेको थाहा आन्दोलनका कारण बडो सम्मानका साथ उनलाई सम्झन्छु । झुत्रे, छाप्रे, माहिला गरिबलाई समान अधिकार र राज्यमा पहुँच हुनुपर्छ भन्ने उनको जनमुखी राजनिती बिचारको कारण घरीघरी सम्झन्छु । 


फरक सोच समाजिक अभियान हो भन्नु भयो यो सञ्चालनको खर्च कसरी जम्मा गर्नु भएको छ  ? 
मेरो भाइ छ एकजना अहिले भर्खर भर्खर ब्यवसाय थालेको छ । भुकम्प पीडितलाई यस अभियानले जस्ता त्रीपाल र मृतक परिवारलाई नगद सहयोग गरेको थियो । त्यही बेला भरत खत्रीलाई जो मृगौला रोगी थिए उनलाई समेत नगद ४० हजार सहयोग जुटाईएको थियो त्यो समेत हस्तान्तरण गरेर म उसकोमा खाजा खान गएको थिए । उसले मलाई “दुनियाँलाई सहयोग गरेर हिड्ने एउटैलाई ४०हजार रुपैया दिने हाम्लाई भने एक थान त्रीपाल र एक बण्डल जस्ता पनि नदिने भन्यो । मैले ब्यक्तिगत दिएको हैन यो सब सहयोग जुटाएर गरेको हो र सहयोग पाउनेहरु वडाबाट सिफारिस भएर आएका हुन भन्दा उसले मलाई बिश्वास नै गरेन कति दिन सम्म म सँग बोल्दा पनि बोलेन । अर्का एकजना मित्रले फेसबुकमा टन्न बिदेशमा बसेर कमाएको छौ समाज सेवाको नाटक मञ्चन गर्याछौ समेत भने । आज तपाईको यो प्रश्नले मलाई सजिलो बनायो । यो अभियानका लागी बिशेष गरेर बिदेशमा भएका हाम्रो यसै क्षेत्रका मित्रहरुले साथिभाईहरुले स्थानिय समाजसेवीहरुले र केही संघ संस्थाहरुले दिने सहयोग बाट संचालित छ । हामीले अहिले सम्म देखाएको ईमान्दारीता पार्द्र्शिताले गर्दा सहयोगीहरु दोहोरी रहेका समेत छन । उहाँहरुले अन्य काम र अभियानमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्ने गरेका छन । 


थाहा दिवसमा विभिन्न विदामा सम्मान दिने गरिन्छ यो स्रोत कसरी जम्मा भयो ?
अघिको प्रश्नको जवाफमा नै आधाआधी जवाफ त आईनै सक्यो । उहीँ सहयोगीहरुको सहयोग नै मुख्य श्रोत हो । तर अब प्रश्न आईसके पछि यो जवाफमा एकजना बिशिस्ट ब्यक्तिलाई जोडेर जवाफ दिनेछु । दामन पालुङ क्षेत्रमा बिधालय स्थापना गर्न बिशेष योगदान पुर्याउनु भएका एकजना समाजसेवी शिक्षाप्रेमी ब्यक्ती हुनुहुन्थ्यो तिर्थदास श्रेष्ठ हामीले उहाँको सम्झना र सम्मानमा चार बर्ष अघि एउटा अक्षय कोष स्थापना गरेका छौ जसलाई हामीले तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान कोष नाम दिएका छौ । यसबाट प्राप्त हुने ब्याजबाट विभिन्न शिर्षकमा समाजलाई योगदान पुर्याउने ब्यक्ती र संस्थालाई हामिले ताम्रपत्र द्वारा सम्मानित गर्न सुरु गरेका थियौ । यो बर्षबाट पत्रकारलाई दिईने नगद सहितको पुरस्कारलाई भने हामीले थाहा पत्रकारीता पुरस्कार भनेर अलग्याएका छौ । किनकि हामीले पत्रकारीता पुरस्कारको निम्ति छुट्टै नै अक्षय कोष निर्माण गर्ने जमर्को गर्दैछौ । यहि बर्ष बाटै केही गरिब जेहेन्दार बिद्यार्थीलाई पढन सहयोग पुर्याउने उद्देश्यले जया नारी शिक्षा कोषको समेत स्थापना गरेका छौ । यसै कोषबाट प्राप्त हुने ब्याज नै अहिले ती बिधाहरुमा दिईने पुरस्कार र सम्मानको आर्थिक श्रोत हुन । 


आगामी दिनमा यो अभियानलाई कसरी निरन्तरता दिने योजना छ ? 
हाम्रो अहिलेको मुख्य उद्देश्य बैधानिक हुने हो । बैधानिक्ता प्राप्त भैसके पश्चात् थाहालाई रुदानेलाई माया गर्ने र हाम्रो अभियान सहि हो भन्नेहरुबाट सहयोग जुटाएर एउटा निश्चित रकम तोकेर त्यो रकम बराबरको अक्षय कोष निर्माण गर्ने र सो बाट हरेक बर्ष थाहा दिवसलाई अबिछिन्न संचालन गर्ने बाताबरण निर्माण गर्ने योजना हाम्रो हो । यो बर्ष फरक सोचका अभियन्ताहरुको कार्यब्यस्तताले गर्दा थाहा दिवस एकदिने मात्रै भयो जबकी पहिलो बर्ष तीनदिने दोश्रो बर्ष सप्ताहब्यापी कार्यक्रम आयोजना गरिएको थियो । त्यसरी सप्ताहब्यापी कार्यक्रम गर्न कम्तीमा पनि १लाखको हाराहारीमा खर्च हुन्छ हाम्रो योजना भन्नुस या उद्देश्य त्यति रकम ब्याज आउने गरि अक्षय कोष स्थापना गर्नेछ । फरक सोचलाई यस क्षेत्रकै परोपकारी सामाजिक संस्थाको रुपमा स्थापित गरेर कर्तब्यनिष्ठ ईमान्दार क्षमतावान युवाहरुलाई संस्थामा आबद्द गर्ने र उनिहरुलाई नै संस्था चलाउने जिम्मा दिने हाम्रो अर्को उद्देश्य हो ।


यो अभियानमा युवाको चासो र ऊत्साह कत्तिको छ ? 
१४ देखि ४० बर्षका मानिसलाई युवा भनेर व्याख्या गरेको छ हाम्रो मुलुकले यसका अभियन्ताहरु सहयोगीहरु मुख्यतः यहि उमेर समुहकै छन । युवाहरुको संस्था भएकोले पनि होला र फरक सोचले छोटो समयमा उत्तरी मकवानपुरमा गरेको परोपकारी सामाजिक कामको प्रभावले पनि होला यस तर्फ युवाहरूको चासो र लगाव निक्कै रहेको मैले पाएको छु । मलाई संस्थाको सदस्यता दिनोस भन्ने, म अभियानमा सहयोग गर्छु भन्ने, अभियानमा स्वंय सेवकको भुमिका निर्वाह गर्छु भन्ने युवाहरु प्रसस्त छन । यो यस संस्थाप्रतीको चासो नै त होनि हैन र ? अझ केही समाजका अगुवा, सामाजसेवि र दलका नेताहरुले हाम्रो कार्यक्रम मै पनि फरक सोचका कारण युवाहरुमा सामाजिक कार्यमा लाग्ने बानिको बिकास गरेको छ । फरक सोचकै सिको र अनुसरण गर्दै सामाजिक कामहरु गर्ने चलन चलेको छ पनि भन्नू भएको छ । यो सब हेर्दा हाम्रो अभियानमा युवा चासो र उत्साह छ नै भन्ने मान्नु पर्यो ।


सरकारी निकाय बाट यो अभियानलाई कत्तीको सहयोग छ ? र थप के गरिदिए हुन्थ्यो जस्तो लाग्छ । 
पहिलो पटक हामीलाई यसै बर्ष नगरपालिकाले आर्थिक सहयोग गरेको छ । हामीले केन्द्रिय सरकार वा प्रदेश सरकारबाट आसा गरेका छैनौ त्यहाँ सम्म हाम्रो पहुँच पनि छैन । हामीले हाम्रै स्थानीय सरकार सँग भने आसा गर्नै पर्यो । मैले माथि नै भने थाहा दिवस सप्ताह ब्यापी रुपले मनाउनु पर्छ यसको निम्ति ठुलै रकमको आवश्यकता पर्दछ । पÞmेरि हाम्रो नगरपालिकाको नाम पनि रुदानेकै सम्झना र सम्मानमा राखिएको छ । यो कार्यक्रममा सहयोग गर्नु वास्तबमा उसको नैतिक जिम्मेवारी पनि हो । यो जिम्मेवारी हाम्रो स्थानीय सरकारले ईमान्दार बनेर पूरा गरिदिए हुन्थ्यो जस्तो मलाई लाग्छ । यसका निम्ति नगरले निर्णय गराएरै हामीलाई बार्षिक रुपमा केही रकम छुट्याई दिए हामीलाई सजिलो पनि हुने थियो भन्ने हामीले सोचेका छौ । यसको लागि भनेका छौ र भनिरहने नै छौ । यसो भयो भने सप्ताह ब्यापी कार्यक्रमलाई जिल्ला स्तरको बनाउन सकिन्थ्यो र थाहाको तरंग देशभर फैलने थियो ।


अन्त्यमा 
अन्त्यमा भन्दा पनि सुरुमै भन्न मन लागेको थियो । बिरोधी नसहने मुर्दाबाद भनेर तर त्यस्तो प्रश्न नै सोधिएन । यो पटक हामीले थाहा दिवसमा अहिलेका हाम्रा मकवानपुर क्षेत्र नम्बर दुईका सांसद बिरोध खतिवडालाई अतिथि बोलाएका थियौ । त्यसको बिरोध नेपथ्यमा बसेर र सामाजिक सञ्जालमा केहिले गरिरहेका छन । उनलाई रुदानेको बिरोधिको रुपमा लिईन्छ । म आफैले पनि लेखहरुमा सामाजिक संञ्जालको भिताहरुमा उनको बिरोधमा शब्द खर्चिएको छु गाली गरेको छु । तर उनी अहिले जनमत द्वारा चुनिएका जनप्रतिनिधि हुन उनलाई त्यस कार्यक्रममा बोलाएर सम्मान दिने र रुदानेको र रुदानेको आदर्शको मानमर्दन गर्ने हाम्रो उद्देश्य कदापि थिएन र हैन । निर्वा्चित जनप्रतिनिधि भए पछि उनले थाहा नगरपालिका र सिङ्गो दुई नम्बर क्षेत्रको बिकासका के कस्ता नीति र योजना बनाएका छन भनेर प्रश्न गर्न अनि हामीले रुदाने बारे उनको धारणा जान्नका निम्ति हामिले उनलाई बोलाएका हौ । हुप्राको चौरमा भएको अग्निपरिक्षामा रुदानेको सम्मुख उपस्थित नभएका उनलाई रुदानेका अन्य सहकर्मी र अनुयायीहरु एकराज उप्रेती, बलराम बल, ज्योति रायमाझी, रणसंग्राम बिस्ट, राजेश केसी बिचमा उभ्याएर अर्को परिक्षा गर्न खोजेका हौ । तर त्यहा केही भने अनुपस्थित रहे । प्रमाण छ भन्नेहरुले, थाहा भएकाहरुले सप्रमाण आमुन्ने सामुन्ने बसेर बोल्न सक्नु पर्छ । सामाजिक सञ्जालमा गाली गरेर नेपथ्यमा बसेर पाखुरी सुर्कने अनि आफुलाई राजनितीक भनाउने,  राजनीतिमा स्थापित गर्न खोज्ने केटाकेटीपन मात्र हो । त्यसैले हाम्रो भित्री उद्देश्य र चुरो कुरो नबुझी बिरोध गर्नु बेकार हो । मनोगत कथा रचेर आत्मरतीमा रमाउनु बाहेक केही हैन । अझै केहि निम्तालु त बुझेरै पनि नबुझे झै बिरोध गरि नै रहेका छन । म उनहरुको त्यो मानसिक स्थितिमा सुधार आवोस त्यो मानसिक दरिद्रता फेरियोस भन्न चाहन्छु । र अहिले सम्म निरन्तर फरक सोचको अभियानमा आर्थिक, नैतिक, प्रचारात्मक सहयोग र समर्थन गर्नुहुने सबैलाई फरक सोच परिवारको तर्फबाट धेरै धेरै धन्यबाद । यो सहयोग र सदभाव सधै रहिरहोस । र तपाईं र तपाईंको पत्रीकालाई पनि धन्यवाद अभियान बारे प्रष्ट पार्ने मौका र माध्यम दिनु भएकोमा ।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...