bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

मनाेरञ्जन

सलोन राजा,केकि रानी, फिल्म जय हो को दोश्रो गीत सार्वजनिक ।

FB_IMG_1690530868579-1690530880.jpg

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को नयाँ गीत ‘राजा-रानी’ सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । गीतमा सागर आले मगर र सदिक्ष्या कट्टेलको स्वर छ भने सागर स्वयंको शब्द तथा संगीत छ ।

गीत सार्वजनिक भएसँगै सलोन शुक्रबार साँझ अष्ट्रेलियातर्फ जाँदैछन् । फिल्मको प्रदर्शनका लागि उनी अष्ट्रेलिया जान लागेका हुन् । यसैले उनी उड्नुभन्दा अगाडि निर्माण टिमले पत्रकारसँग भेटघाट गर्दै नयाँ गीत सार्वजनिक गरेको हो । अष्ट्रेलिया जाने निश्चित भएपछि सलोन दुई हप्ता फिल्मको प्रचारमा राम्रै खटेका थिए । अब फिल्मको प्रचारमा अरु कलाकार सक्रिय हुने जनाइएको छ ।

टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।
 
फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । फिल्मलाई मुस्ताङ र पोखरा क्षेत्रमा खिचिएको हो ।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...