Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सलामी र बाजागाजा सहित पालुङको कोतघरमा फुलपाती भित्र्याइयो

बडा दशैको अवसरमा थाहा नगरपालिकाके पालुङमा रहेको कोतघरमा सलामी सहित फुलपाति भित्र्याईएको छ । 

यस क्षेत्रमा मनाउने जात्रा मध्ये ऐतिहासिक महत्व बोकेको फूलपाती जात्रामा आग्राको चल्तीबाट स्थानिय अर्याल थरका  पुजारीले पालुङको फेदीगाउ“ सम्म ल्याईएको फूलपाती फेदीगाउ“मा ७ जना कर्ताहरु मध्ये मगर थरका कर्ताले फूलपाती चौर सम्म बाजा गाजा सहित ल्याई फुलपाती चौरमा पुजा गरि बोकाको बलि दिई इलाका प्रहरि कार्यालय पालुङका प्रहरि निरिक्षक विरेन्द्र पासवानको नेतृत्वमा खटिएको टोलीले हवाइ फायर गरि बढाँई गरि पालुङको कोतघरमा फुलपाती भित्र्याईएको हाे ।

बडा दशैको पहिलो दिन कोतघरमा जमरा राखी घटस्थापना गरिएको परम्परालाई निरन्तरता दिदै यो वर्ष सलामी सहित फुलपाति भित्र्याईएको छ ।आग्राबाट ल्याएको फुलपाती पालुङ स्थित कोतघरमा भित्र्याए पछि स्थानियहरुले उक्त पाती आफ्नो घरमा लगि भित्र्याउने परम्परा रहेको छ । 
 परम्परागत रुपमा तत्कालिन जमिनदारहरुले शुरु गरि संचालनमा ल्याएको यो जात्रा पञ्चायतकालमा प्रधानपञ्चको नेतृत्वमा हु“दै आएको भए पनि राजनितिक परिवर्तन स“गै देशमा बहुदल आएपछि तत्कालीन आर्थिक विकास सहयोग समितिले गर्दै आएको यो जात्रा हाल कालाभैरब संरक्षण समितिले सञ्चालन गरिरहेको छ । 

फुलपाती भित्र्याउने जात्रामा तोप पड्काएर सलामी दिन प्रमुख जिल्ला अधिकारीसँग अनुमती लिई  फुलपाती भित्र्याउने व्यवस्थालाई पुनः सुरु गरेको र थाहा नगर साँस्कृतिक रुपले धनि भएको र यसको जगेर्ना गर्नु हामी सबैको दायित्व भएकोले यसको सबैले जगेर्ना गर्नुपर्ने थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले थाहापाटीलाई बताउनुभयो ।

कोतघरमा भोलि राती कालरात्री पुजा हुनुको साथै पर्सि नवमीको दिन राँगो बलि दिई पुजा गरिन्छ साथै टिकाको दिन कोतघरबाट जमरा लगी दशैंको टिका लगाउने गरिन्छ ।


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...