gumba-1715660528.jpg
Friday, 17 May, 2024
अपडेट

सलामी र बाजागाजा सहित पालुङको कोतघरमा फुलपाती भित्र्याइयो

बडा दशैको अवसरमा थाहा नगरपालिकाके पालुङमा रहेको कोतघरमा सलामी सहित फुलपाति भित्र्याईएको छ । 

यस क्षेत्रमा मनाउने जात्रा मध्ये ऐतिहासिक महत्व बोकेको फूलपाती जात्रामा आग्राको चल्तीबाट स्थानिय अर्याल थरका  पुजारीले पालुङको फेदीगाउ“ सम्म ल्याईएको फूलपाती फेदीगाउ“मा ७ जना कर्ताहरु मध्ये मगर थरका कर्ताले फूलपाती चौर सम्म बाजा गाजा सहित ल्याई फुलपाती चौरमा पुजा गरि बोकाको बलि दिई इलाका प्रहरि कार्यालय पालुङका प्रहरि निरिक्षक विरेन्द्र पासवानको नेतृत्वमा खटिएको टोलीले हवाइ फायर गरि बढाँई गरि पालुङको कोतघरमा फुलपाती भित्र्याईएको हाे ।

बडा दशैको पहिलो दिन कोतघरमा जमरा राखी घटस्थापना गरिएको परम्परालाई निरन्तरता दिदै यो वर्ष सलामी सहित फुलपाति भित्र्याईएको छ ।आग्राबाट ल्याएको फुलपाती पालुङ स्थित कोतघरमा भित्र्याए पछि स्थानियहरुले उक्त पाती आफ्नो घरमा लगि भित्र्याउने परम्परा रहेको छ । 
 परम्परागत रुपमा तत्कालिन जमिनदारहरुले शुरु गरि संचालनमा ल्याएको यो जात्रा पञ्चायतकालमा प्रधानपञ्चको नेतृत्वमा हु“दै आएको भए पनि राजनितिक परिवर्तन स“गै देशमा बहुदल आएपछि तत्कालीन आर्थिक विकास सहयोग समितिले गर्दै आएको यो जात्रा हाल कालाभैरब संरक्षण समितिले सञ्चालन गरिरहेको छ । 

फुलपाती भित्र्याउने जात्रामा तोप पड्काएर सलामी दिन प्रमुख जिल्ला अधिकारीसँग अनुमती लिई  फुलपाती भित्र्याउने व्यवस्थालाई पुनः सुरु गरेको र थाहा नगर साँस्कृतिक रुपले धनि भएको र यसको जगेर्ना गर्नु हामी सबैको दायित्व भएकोले यसको सबैले जगेर्ना गर्नुपर्ने थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले थाहापाटीलाई बताउनुभयो ।

कोतघरमा भोलि राती कालरात्री पुजा हुनुको साथै पर्सि नवमीको दिन राँगो बलि दिई पुजा गरिन्छ साथै टिकाको दिन कोतघरबाट जमरा लगी दशैंको टिका लगाउने गरिन्छ ।


 


world-link-1690434568.jpg
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...