pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

संक्रमणमुक्त भएकालाई ‘पोस्ट कोभिड’को खतरा, के हो यसको लक्षण ?

corona_virus_2HTPUZTkki-1623996718.jpg

कोरोनाभाइरस (कोभिड—१९) संक्रमितको ग्राफ पछिल्लो समय ओरालो लागिरहेको छ । संक्रमण घटेरभन्दा पनि परीक्षण दर कम भएका कारण संक्रमितको संख्या घट्दै गएको जनस्वास्थ्यविज्ञहरु बताउँछन् । 
कोरोना संक्रमितको ग्राफमा कमी देखिएसँगै ‘पोस्ट कोभिड’ बढ्न थालेको उपचारमा संलग्न चिकित्कहरु बताउँछन् । 

 

 

सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार कोरोना संक्रमण भई पिसिआर नतिजा नेगेटिभ आइसकेपछि पुनः लक्षणहरु देखिनुलाई ‘पोस्ट कोभिड–१९ सिन्ड्रोम’ भनिन्छ । कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमितको संख्या बढी छ । कोरोनामुक्त भएका जुनसुकै व्यक्तिमा पोस्ट कोभिड देखा पर्नसक्ने उनी बताउँछन् । 

संक्रमण भएर स्वास्थ्य संस्थाबाट नेगेटिभ रिपोर्ट पुष्टि भएर घर फर्किएकाहरुमा लामो समयसम्म स्वास्थ्यमा समस्या देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्ने डा. अधिकारीको भनाइ छ । नेगेटिभ नतिजा आएर घर फर्किएको हप्तौं÷महिनौंसम्म स्वास्थ्यमा विभिन्नखालका समस्या देखिएका व्यक्ति अस्पतालमा आइपुग्ने गरेको उनले सुनाए । 

अमेरिकामा लगभग ३२ प्रतिशतलाई पोस्ट कोभिड भएको अध्ययनहरुले देखाएको छ । यद्यपि नेपालमा संक्रमितमध्ये कतिलाई पोस्ट कोभिड भएको छ भन्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग तथ्याङ्क छैन ।

कोरोनामुक्त भइसकेपछि पोस्ट कोभिडका कारण शारीरिक र मानसिक रुपमा अस्वस्थ हुँदा धेरै समस्या निम्तिन डा. अधिकारीको भनाइ छ । कोरोनामुक्त भइसकेपछि लामो समयसम्म लक्षण देखिएमा पोस्ट कोभिड हो वा अन्य कुनै स्वास्थ्य समस्या हो भन्ने बारे बेलैमा निर्क्यौल गर्नुपर्ने उनले बताए ।

डा. अधिकारीका अनुसार ‘पोस्ट कोभिड’ मा निम्न लक्षण हुन्छन्–

१. धेरै थकान महसुस हुने ।

२. मांसपेशी कमजोर हुने ।

३. जोर्नी दुख्नुका साथै शरीर तातो महसुस हुने ।

४. श्वास फेर्न गाह्रो हुने ।

५. छाती दुख्ने, मुटुको चाल बढ्ने ।

६. पेटसम्बन्धी समस्या, ग्यास्ट्रिक हुनुका साथै पखाला लाग्ने ।

७. शरीर कमजोर भएको महसुस हुने ।

८. लगातार हल्का खोकी लागिरहने ।

९. छालामा बिमिरा देखिने । 

१०. मधुमेह नियन्त्रण नहुने ।   

पोस्ट कोभिड हुँदा मानसिक समस्या पनि देखापर्ने उनले बताए । उनले भने, ‘पोस्ट कोभिड भएका बेला मनमा नकारात्मक कुरा धेरै खेल्छ ।  संक्रमण भएर ठिक भएकाहरुको मनमा विभिन्न किसिमका नकारात्मक सोचले पनि झन् स्वास्थ्य समस्या निम्ताउने गर्छ ।’

उनका अनुसार पोस्ट कोभिड भएका व्यक्तिमा यस्ता मानसिक समस्या देखिन सक्छ–

१. मनमा डर पैदा भइरहने ।

२. एनजाइटी र डिप्रेशनजस्ता समस्या देखापर्ने ।

३. निन्द्रा नलाग्ने । 

४. कृत्रिम आवाज बजेको सुन्ने, छिनछिनमा बिर्सने ।

५. टाउको दुख्ने ।

६. मुटुको ढुकढुकी बढ्ने, डराउने आदि ।
  
संक्रमणमुक्त भएका सबैलाई भने पोस्ट कोभिड नहुने उनले सुनाए । अस्पतालबाट कोरोनामुक्त भइ घर फर्किएपछि मानसिक रुपमा परिपक्व तथा सकारात्मक सोच राखेको खण्डमा पोस्ट कोभिडको दर आधा कम हुने डा.अधिकारीको दाबी छ । उनका अनुसार कोरोनामुक्त भइसकेपछि केहीलाई निमोनियाका कारण श्वास फेर्न गाह्रो हुने भएकाले अक्सिजन नै चाहिन सक्छ तर शारीरिक रुपमै लामो समयसम्म अप्ठ्यारो महसुस भएको खण्डमा चिकित्सकसँग परामर्श लिन उनी सल्लाह दिन्छन् । 

पोस्ट कोभिड ६ महिनासम्म पनि देखिने गरेकाले यसबारे सजग हुन जरुरी रहेको उनले बताए । पोस्ट कोभिड देखिएको एक/डेढ हप्तासम्म पनि निको भएन भने चिकित्सकको सल्लाह लिन उनले सुझाए ।

पोस्ट कोभिडका कारण शारीरिक, मानसिक तथा दुवै समस्या देखिन सक्छ । शारीरिक र मानसिक दुवै समस्या देखा परेमा दुवैथरी विशेषज्ञबाट परामर्श लिनुपर्ने उनको भनाइ छ । शारीरिक र मानसिकरुपमा स्वस्थ रहन नियमित रुपमा बिस्तारै शारीरिक अभ्यास गर्ने, योगा, मेडिटेसन, प्रणायामहरु गर्दै गएमा फाइदा पुग्ने उनले बताए ।

दुई हप्ताभन्दा बढी समयसम्म सामान्य खालको समस्या देखिन कम नभएमा तत्काल उपचार तथा परामर्श लिन उनको आग्रह छ । कोरोना संक्रमणको दर कम भएका देशहरुमा समेत पोस्ट कोभिडका कयौं बिरामी देखापरिरहेको उनले सुनाए । पोस्ट कोभिडले लामो समयसम्म शारीरिक र मानसिकरुपमा दुःख दिइरहन सक्ने भएकाले बेलैमा यसको उपचार गराउन पनि उनले सुझाव दिए ।

नेपालमा कोरोनाको दोस्रो लहरमा संक्रमितको ग्राफ ओरालो लाग्दैगर्दा पोस्ट कोभिडका बिरामीको चाप बढ्नसक्ने उनले बताए । तर, नेपालमा पोस्ट कोभिड कसरी पहिचान गर्ने, उपचार तथा परामर्श कहाँबाट लिने भन्नेबारे सम्बन्धित निकायले ख्याल नगर्दा जटिल समस्या निम्तिन सक्ने उनको भनाइ छ ।  

साभार राताेपाटीबाट

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...