Monday, 06 May, 2024
स्वास्थ्य

 इन्द्रसरोबर गाउँपालिकाको आयोजनामा ११६ जनाको स्वास्थ्य शिविर परिक्षण,

shibir-1673350948.jpg

शिविरमा स्वास्थ्य परिक्षण गराउँदै ।
 इन्द्रसरोबर गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ सिस्नेरीमा भएको निःशुल्क स्वास्थ्य शिविर, न्यानो कपडा वितरण तथा खाजा कार्यक्रममा १ सय १६ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जसमा १ सय १५ जनालाई निःशुल्क औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, कार्यक्रममा १ सय ८७ जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले वडा नम्बर ३ मा २ सय ७८ जनालाई न्यानो कपडा वितरण गर्ने लक्ष्य लिएको थियो । गाउँपालिकाले “सबैको ध्यान ज्येष्ठ नागरिकको सम्मान” भन्ने नाराका साथ कार्यक्रम संचालन गरेको हो ।

गाउँपालिका भित्र ६८ वर्ष माथिका ज्येष्ठ नागरिक र ६० वर्ष माथिका एकल महिला तथा “क” वर्गको रातो परिचय पत्र भएका अपांगता समूहलाई लक्षीत गरी न्यानो कपडा वितरण गरेको उहाँले बताउनुभयो । कार्यक्रम सामाजिक विकास समितिका संयोजक चन्द्र कुमार बलको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामा, वडा नम्बर ३ का अध्यक्ष प्रभात भोम्जन लगायतको उपस्थिति रहेको थियो । थाहापाटी,,

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...