pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

शिखरकोट र थानाबजारका अग्रभागमा काम गर्नेहरुको पिसिआर रिपोर्ट नेगेटिभ, थाहानगरमा समुदायमा कोरोनो जोखिम नरहेको पुष्टि हुँदै

तत्काललाई थाहा नगरपालिकामा समुदाय स्तरमा कोरोनाको जोखिम नरहेको पुष्टि हुँदै गएको छ । नगरपालिकाले अहिलेसम्म सबैभन्दा ठूलो संख्या अथात् १३१ जनाको स्वाब एकैपटक प्रयोगशालामा पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएपछि समुदायमा कोरोनाको जोखिम नरहेको टिप्पणि शुरु भएको छ । १३१ मध्ये १३० को रिपोर्ट नेगेटिभ आएको स्पष्ट भैसकेको र एकजनाको युजरनेम र पासवर्ड नमिलेकोले थाहा पाउन नसकिएको  पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुवोध चापागाईंले बताउनुभयो । 

नगरपालिकाले अस्ती भदौ ११ गते काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको १३१ जनाको स्वाबको परीक्षण तुरुन्तै भएर दुई दिनमै रिपोर्ट आएको हो । 

सामुदायिक कोरोना भाइरस कन्ट्याक्ट ट्रेसिङ परीक्षण अन्तर्गत नगरपालिकाको वडा नम्बर २, ३ र ४ का अग्रभागमा खटिने कर्मचारी, पत्रकार, व्यवसायी, सहकारीकर्मी, शिक्षक, संघसंस्थाका प्रतिनिधि लगायतको स्वाब संकलन गरी पठाइएको थियो । १३१ मध्ये वडा नम्बर ६ बज्रवाराहीस्थित प्यासिफिक सहकारी र विसिङ्खेलका १ जनाको स्वाब संकलन गरिएको थियो । 

दामन एफएम, कृषि विकास बैंक, जनकल्याण मावि, नेपाल विद्युत प्राधिकरण, पालुङ बहुउद्धेश्यीय सहकारी संस्था, नेपाल बैंक लिमिटेड, फरक सोच, विमा कम्पनी, फर्निचर, वडा कार्यालय, व्यापार÷व्यवसाय, होटल, पुनर्निर्माण प्राधिकरण, पुस्तक व्यवसाय, मोटर पार्टस्, पालुङ जेसीज लगायत थाहा नगरपालिकाको शिखरकोट र थानाबजार क्षेत्रका सरकारी, गैरसरकारी, बैंक, वित्तीय, सहकारी लगायत जनसम्पर्क हुने व्यक्तिहरुको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

कोरोनाको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै निषेधाज्ञा नै जारी गरेर समुदाय स्तरमा कोरोना परीक्षणको काम तीव्र पारिएको थाहानगरमा परीक्षण रिपोर्ट धमाधम नेगेटिभ आउन थाले पछि तत्काललाई समुदायमा कोरोना नफैलिएकोतर्फ संकेत गरेको थाहा नगरपालिकाका प्रमुख लवशेर  विष्टले बताउनु भयो । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...