Sunday, 05 May, 2024
स्वास्थ्य

शिखरकोट र थानाबजारका अग्रभागमा काम गर्नेहरुको पिसिआर रिपोर्ट नेगेटिभ, थाहानगरमा समुदायमा कोरोनो जोखिम नरहेको पुष्टि हुँदै

तत्काललाई थाहा नगरपालिकामा समुदाय स्तरमा कोरोनाको जोखिम नरहेको पुष्टि हुँदै गएको छ । नगरपालिकाले अहिलेसम्म सबैभन्दा ठूलो संख्या अथात् १३१ जनाको स्वाब एकैपटक प्रयोगशालामा पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएपछि समुदायमा कोरोनाको जोखिम नरहेको टिप्पणि शुरु भएको छ । १३१ मध्ये १३० को रिपोर्ट नेगेटिभ आएको स्पष्ट भैसकेको र एकजनाको युजरनेम र पासवर्ड नमिलेकोले थाहा पाउन नसकिएको  पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुवोध चापागाईंले बताउनुभयो । 

नगरपालिकाले अस्ती भदौ ११ गते काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको १३१ जनाको स्वाबको परीक्षण तुरुन्तै भएर दुई दिनमै रिपोर्ट आएको हो । 

सामुदायिक कोरोना भाइरस कन्ट्याक्ट ट्रेसिङ परीक्षण अन्तर्गत नगरपालिकाको वडा नम्बर २, ३ र ४ का अग्रभागमा खटिने कर्मचारी, पत्रकार, व्यवसायी, सहकारीकर्मी, शिक्षक, संघसंस्थाका प्रतिनिधि लगायतको स्वाब संकलन गरी पठाइएको थियो । १३१ मध्ये वडा नम्बर ६ बज्रवाराहीस्थित प्यासिफिक सहकारी र विसिङ्खेलका १ जनाको स्वाब संकलन गरिएको थियो । 

दामन एफएम, कृषि विकास बैंक, जनकल्याण मावि, नेपाल विद्युत प्राधिकरण, पालुङ बहुउद्धेश्यीय सहकारी संस्था, नेपाल बैंक लिमिटेड, फरक सोच, विमा कम्पनी, फर्निचर, वडा कार्यालय, व्यापार÷व्यवसाय, होटल, पुनर्निर्माण प्राधिकरण, पुस्तक व्यवसाय, मोटर पार्टस्, पालुङ जेसीज लगायत थाहा नगरपालिकाको शिखरकोट र थानाबजार क्षेत्रका सरकारी, गैरसरकारी, बैंक, वित्तीय, सहकारी लगायत जनसम्पर्क हुने व्यक्तिहरुको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

कोरोनाको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै निषेधाज्ञा नै जारी गरेर समुदाय स्तरमा कोरोना परीक्षणको काम तीव्र पारिएको थाहानगरमा परीक्षण रिपोर्ट धमाधम नेगेटिभ आउन थाले पछि तत्काललाई समुदायमा कोरोना नफैलिएकोतर्फ संकेत गरेको थाहा नगरपालिकाका प्रमुख लवशेर  विष्टले बताउनु भयो । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...