pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

शिखरकोटमा आज घैटो फुटाउने: मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा जात्रा अवलोकन हुने

FB_IMG_1754544076162-1755391362.jpg

फोटो फाइल

श्रीकृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा १ भाद्रमा साँस्कृतिक कार्यक्रमसहित घैटो फुटाउने प्रतियोगिता हुने भएको छ।

घैटो फुटाउने प्रतियोगिताको अवलोकन र पुरस्कार बितरणको लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आउनुहुने भएको श्रीकृष्ण जात्रा मुल आयोजक समिती संयोजक यादव रायमाझीले जानकारी दिनुभयो।
शिखरकोट स्थित चुनिथान नजिकैको स्टेजजमा साँस्कृतिक कार्यक्रम हुने आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । कार्यक्रममा आज बिहान १० बजे देखि राष्ट्रिय कलाकारहरू रमेशराज भट्टराई,विश्व नेपाली र र्याप गायक सफल बिष्टको प्रस्तुती रहने हुँदा सम्पुर्णमा सहभागी हुन अध्यक्ष रायमाझीले सबैलाई अनुरोध गरेका छन् ।
यसैबीच दिउँसो २ बजेटबाट परम्परागत घैटो फुटाउने प्रतियोगिता शुरु हुने आयोजक मध्येका शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए । वि.सं. २०५४ सालबाट शुरु भएको यस प्रतियोगिताका विजयीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
यसअघि श्रावण ३० गते प्रथम थाहा फुड फेस्टिभलको उद्घाटन सहित राष्ट्रिय कलाकारहरु धिरज राई,विश्व दोङ,लोकदोहोरी गायक सरोज लामिछाने ,प्रतिमा अर्यालले बेजोड प्रस्तुती दिएका थिए भने ३१ श्रावणमा  शिखरकोटको कृष्ण मन्दिरमा भव्यताको साथ पुजा आराधानाको साथै विविधि कार्यक्रमहरु भएका छन् । शिखरकोटमा भएको लिटिल राधाकृष्ण, लिटिल लाखे प्रदर्शनले मेला भर्न मन्दिर पुगेकाहरुको ध्यान तानेको थियो । प्रदर्शनीमा १ सय २० जना नानीबाबू राधा कृष्णको भेषमा सहभागी थिए । उनीहरु सबैलाई आयोजकले उपहार दिएको थियो । राधा र कृष्णको रुपमा आफ्ना बालबालिकालाई सिंगारेर अभिभावकहरु १ भाद्र विहानदेखि शिखरकोट  पुगेका थिए ।
५ बर्ष मुनीका नानीबाबु हरुको प्रतियोगिता गराइएको लिटल राधाकृष्ण प्रतियोगितामा लिटिल कृष्ण तर्फ आयान्स कार्की र लिटिल राधा तर्फ राजर्षी रायमाझी प्रथम हुन सफल भएका छन भने लिटल कृष्ण तर्फ दिवान्सु रायमाझी र निर्भिक रायमाझी क्रमशः दोस्रो र तेस्रो हुन सफल भए भने लिटल राधातर्फ सुप्रीया बिष्ट र इयाना रायमाझी क्रमशः दोस्रो र तेस्रो भएको लिटलराधाकृष्णका कार्यक्रम संयोजक नरेन्द्र लामाले जानकारी दिए।
थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टको आतिथ्यतामा कार्यक्रम भएको थियो भने कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको समेत उपस्थिति रहेको थियो।
त्यसैगरी पालुङ शहरको पालुङ धिमे समूह र गोपाली गाउँको गोपाली धिमे समूहको बाजासहित लिटिल लाखे शिखरकोटमा प्रदर्शनी गरिएको थियो । थाहा नगरपालिका वडा नम्बर ५ र ७ को तामाङ बोन्बो संरक्षण समूहको ढ्याङ्ग्रो झाँक्री नाच, कुन्छाल महिला बाँसुरी समूह, ओखरबजार धिमे समूह, ऋषेश्वर खैजडी महिला समूह र थाहा महिला तथा पुरुष खैजडी भजन समुह र थाहा २ को महिला पन्चेबाजाको प्रदर्शनी समेत रहेको थियो । भजन र बाजामा भक्तजनहरु छमछमी नाचेका थिए ।
पर्वको अवसरमा शिखरकोटमा प्रथम थाहा फुड फेस्टिभल २०८२ मा जातिय खानाहरु तामाङ जातीको खेप्सा लगायत नेवारी परिकारसहित खानाका स्टलहरु समेत राखिएका छन् । योमरीसहित अन्य नेवारी परिकार चाख्नेहरु पनि स्टलमा पुगेका थिए । सो अवसरमा व्यवसायिक स्टलहरु पनि शिखरकोटमा प्रशस्त रहेका छन् । कपडा, जुत्ता, खेलौना, मोबाइलका सामानका  स्टलहरुले शिखरकोटको सडक पेटी भरिभराउ भएको छ ।
मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका छन् । मेलाको मुख्य प्रायोजक गोर्खा ब्रुअरी  रहेको छ । मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु समेत तोकिएका छन् । पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन,बाइरोड,नागरिक समाचार,रेडियो पालुङ,साझाकुरा राष्ट्रिय दैनिक मेलाका अफिसियल मिडिया हुन् । बिगतका वर्षमा भन्दा यो वर्ष बिशेष चहलपहल देखिएको छ ।

FB_IMG_1755391567649-1755391643.jpg
FB_IMG_1755391538312-1755391644.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg