jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

शिखरकोटमा आज घैटो फुटाउने: मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा जात्रा अवलोकन हुने

FB_IMG_1754544076162-1755391362.jpg

फोटो फाइल

श्रीकृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा १ भाद्रमा साँस्कृतिक कार्यक्रमसहित घैटो फुटाउने प्रतियोगिता हुने भएको छ।

घैटो फुटाउने प्रतियोगिताको अवलोकन र पुरस्कार बितरणको लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आउनुहुने भएको श्रीकृष्ण जात्रा मुल आयोजक समिती संयोजक यादव रायमाझीले जानकारी दिनुभयो।
शिखरकोट स्थित चुनिथान नजिकैको स्टेजजमा साँस्कृतिक कार्यक्रम हुने आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । कार्यक्रममा आज बिहान १० बजे देखि राष्ट्रिय कलाकारहरू रमेशराज भट्टराई,विश्व नेपाली र र्याप गायक सफल बिष्टको प्रस्तुती रहने हुँदा सम्पुर्णमा सहभागी हुन अध्यक्ष रायमाझीले सबैलाई अनुरोध गरेका छन् ।
यसैबीच दिउँसो २ बजेटबाट परम्परागत घैटो फुटाउने प्रतियोगिता शुरु हुने आयोजक मध्येका शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए । वि.सं. २०५४ सालबाट शुरु भएको यस प्रतियोगिताका विजयीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
यसअघि श्रावण ३० गते प्रथम थाहा फुड फेस्टिभलको उद्घाटन सहित राष्ट्रिय कलाकारहरु धिरज राई,विश्व दोङ,लोकदोहोरी गायक सरोज लामिछाने ,प्रतिमा अर्यालले बेजोड प्रस्तुती दिएका थिए भने ३१ श्रावणमा  शिखरकोटको कृष्ण मन्दिरमा भव्यताको साथ पुजा आराधानाको साथै विविधि कार्यक्रमहरु भएका छन् । शिखरकोटमा भएको लिटिल राधाकृष्ण, लिटिल लाखे प्रदर्शनले मेला भर्न मन्दिर पुगेकाहरुको ध्यान तानेको थियो । प्रदर्शनीमा १ सय २० जना नानीबाबू राधा कृष्णको भेषमा सहभागी थिए । उनीहरु सबैलाई आयोजकले उपहार दिएको थियो । राधा र कृष्णको रुपमा आफ्ना बालबालिकालाई सिंगारेर अभिभावकहरु १ भाद्र विहानदेखि शिखरकोट  पुगेका थिए ।
५ बर्ष मुनीका नानीबाबु हरुको प्रतियोगिता गराइएको लिटल राधाकृष्ण प्रतियोगितामा लिटिल कृष्ण तर्फ आयान्स कार्की र लिटिल राधा तर्फ राजर्षी रायमाझी प्रथम हुन सफल भएका छन भने लिटल कृष्ण तर्फ दिवान्सु रायमाझी र निर्भिक रायमाझी क्रमशः दोस्रो र तेस्रो हुन सफल भए भने लिटल राधातर्फ सुप्रीया बिष्ट र इयाना रायमाझी क्रमशः दोस्रो र तेस्रो भएको लिटलराधाकृष्णका कार्यक्रम संयोजक नरेन्द्र लामाले जानकारी दिए।
थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टको आतिथ्यतामा कार्यक्रम भएको थियो भने कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको समेत उपस्थिति रहेको थियो।
त्यसैगरी पालुङ शहरको पालुङ धिमे समूह र गोपाली गाउँको गोपाली धिमे समूहको बाजासहित लिटिल लाखे शिखरकोटमा प्रदर्शनी गरिएको थियो । थाहा नगरपालिका वडा नम्बर ५ र ७ को तामाङ बोन्बो संरक्षण समूहको ढ्याङ्ग्रो झाँक्री नाच, कुन्छाल महिला बाँसुरी समूह, ओखरबजार धिमे समूह, ऋषेश्वर खैजडी महिला समूह र थाहा महिला तथा पुरुष खैजडी भजन समुह र थाहा २ को महिला पन्चेबाजाको प्रदर्शनी समेत रहेको थियो । भजन र बाजामा भक्तजनहरु छमछमी नाचेका थिए ।
पर्वको अवसरमा शिखरकोटमा प्रथम थाहा फुड फेस्टिभल २०८२ मा जातिय खानाहरु तामाङ जातीको खेप्सा लगायत नेवारी परिकारसहित खानाका स्टलहरु समेत राखिएका छन् । योमरीसहित अन्य नेवारी परिकार चाख्नेहरु पनि स्टलमा पुगेका थिए । सो अवसरमा व्यवसायिक स्टलहरु पनि शिखरकोटमा प्रशस्त रहेका छन् । कपडा, जुत्ता, खेलौना, मोबाइलका सामानका  स्टलहरुले शिखरकोटको सडक पेटी भरिभराउ भएको छ ।
मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका छन् । मेलाको मुख्य प्रायोजक गोर्खा ब्रुअरी  रहेको छ । मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु समेत तोकिएका छन् । पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन,बाइरोड,नागरिक समाचार,रेडियो पालुङ,साझाकुरा राष्ट्रिय दैनिक मेलाका अफिसियल मिडिया हुन् । बिगतका वर्षमा भन्दा यो वर्ष बिशेष चहलपहल देखिएको छ ।

FB_IMG_1755391567649-1755391643.jpg
FB_IMG_1755391538312-1755391644.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...