pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

शक्तिशाली हावाहुरीले थाहाको ८६ घरको छानो उडायो

FB_IMG_1741961225902-1741961353.jpg

बिहिबार साझ ६ बजेको समयमा अकस्मात आएको शक्तिशाली हुरीले थाहा नगरपालिकाको विभिन्न क्षेत्रमा रहेको ८६ घरको छानो उडाउनुका साथै तरकारी खेतीको लागि बनाएको टनेलमा व्यापक क्षेती पुर्याएको छ।
आज बसेको थाहा नगर बिपद व्यवस्थापन समितिको बसेको आकस्मिक बैठक बसी नगरपालिकाको वडा न ३ मा ५१ वटा,४ मा २५ वटा र ५ मा १० वटा घरको छानो उडाएको बिवरण प्राप्त भएको थाहा नगरपालिकाका प्रवक्ता तथा वडा न ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले जानकारी दिएका छन।
नगरपालिकामा बसेको बिपद व्यवस्थापन समितिको बैठकले प्राविधिक हरुलाइ क्षेती भएको घरघरमा पठाइ लगत संकलन गरि अधिकतम ३० हजार सम्म राहत रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता रायमाझीले जानकारी दिए।
हाललाई तत्काल राहत स्वरुप दामन रेडक्रस,जिल्ला रेडक्रस र वडा कार्यालयको समन्वयमा ६० थान त्रीपाल उपलब्ध गराइएको दामन रेडक्रसका सभापति मनश्याम बस्नेतले जानकारी दिए।
प्रारम्भिक विवरण अनुसार थाहा नगरको घर्तिखोला,डाँडागाउँ,धारापानी,थाहा ५ को केहि स्थानमा घरको छानो उडाएपछी स्थानीयहरु पिडित भएका छन।
घटना बित्तिकै नगर प्रहरी,ईलाका प्रहरी कार्यालयका प्रहरीहरु,नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,४ का अध्यक्ष नारायण लामा,लगायत टोलटोलमा पुगेर जानकारी लिएका थिए।
हावाहुरी र असिनाको कारण टनेल र खेतीपातिमा असर पुग्दा लाखौको क्षेती पुगेको थाहा नगर कृषि शाखाले जनाएको छ।कृषि शाखाका अनुसार प्राविधिक हरुले लगत संकलन गर्ने कार्य भैरहेकोले क्षतिको एकिन जानकारी २-३ दिनमा आउने जानकारी दिएको छ।असिनाले थाहाको ७,८,३,४,५,६  नम्बर वडामा किसानले लायको तरकारी र बिउहरुमा क्षति पुर्याएको छ।

 

FB_IMG_1741961243753-1741961353.jpg
FB_IMG_1741961228899-1741961413.jpg
FB_IMG_1741957924070-1741961413.jpg
FB_IMG_1741957926523-1741961443.jpg
FB_IMG_1741961234822-1741961443.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...