pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादन घट्यो, तालको पारिस्थितिक सन्तुलनमा संकट

FB_IMG_1761805299314-1761805322.jpg

मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय इन्द्रसरोवरमा पछिल्ला वर्षमा माछाको तौल र उत्पादन दुवै घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी तालमा मिसिँदा माछाको वृद्धि दरमा कमी आएको हो ।
करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४०० वटा पिँजरा केज मा प्रतिघनमिटर ४.५ किलोका दरले माछा उत्पादन भइरहेको छ । तर पछिल्ला वर्षमा माछाको औसत तौल घट्दै गएको सङ्घका उपाध्यक्ष विकास बलामीले जानकारी दिएका छन ।
बलामीका अनुसार बर्सातमा विषादी र रासायनिक मल खोलानाला हुँदै तालमा मिसिँदा माछाको प्राकृतिक खाना प्लाङ्कटन नष्ट हुन्छ, जसले माछाको वृद्धि रोक्छ । सिल्भर कार्प, बिगहेड र ग्रास कार्पजस्ता जात बढी प्रभावित भएका छन् । यी माछा प्राकृतिक रूपमा पाइने शैवाल र साना जीवजन्तुमा निर्भर हुन्छन् ।
हाल ६५० परिवार माछा उत्पादनमा संलग्न छन् । यसै आम्दानीले विद्यालय सञ्चालन, सडक मर्मत र सामुदायिक विकासमा सहयोग पुगेको छ । तर माछाको तौल घटेपछि किसानहरू आर्थिक घाटा बेहोर्न बाध्य भएका छन् ।
मत्स्यविकास केन्द्र कुलेखानीकी निमित्त प्रमुख मनिता पौडेलले विषादीका कारण माछाको वृद्धि घट्नु गम्भीर विषय भएको बताउँदै वैज्ञानिक अध्ययन सुरु भएको जानकारी दिए । हाल परीक्षणमा तालको पानीमा रासायनिक अंश सामान्यभन्दा माथि पाइएको छ ।
केन्द्रले हरेक वर्ष करिब दुई लाख भुरा माछा तालमा छाड्ने गर्छ । तर माछाको गुणस्तर कायम राख्नका लागि पानीको स्वच्छता अत्यावश्यक भएको उनले बताए ।
थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा किसानले कार्बोफुरान, मालाथियान, डाइक्लोरोभोसजस्ता विषादी प्रयोग गर्ने गरेका छन्, जसले माछा र जलचर प्राणीमा दीर्घकालीन असर पुर्‍याउँछ ।
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन केन्द्रका प्रमुख सरोज यादवले चेतावनी दिँदै भने, “विषादीले माछाको अण्डा फुट्ने दर घटाउँछ, गिल्समा क्षति पुर्‍याउँछ, र तालको जैविक विविधता संकटमा पार्छ ।”
उनका अनुसार ताल वरपरका किसानलाई जैविक खेती र पर्यावरणमैत्री अभ्यासतर्फ प्रेरित गर्नुपर्ने र विषादीमिश्रित पानी नियन्त्रणका लागि शुद्धीकरण पोखरी निर्माण जरुरी रहेको बताए ।
यसरी कुलेखानीको माछा उत्पादन घट्दै गएपछि स्थानीय अर्थतन्त्र, खानेपानी र पर्यटन क्षेत्रसमेत जोखिममा पर्न थालेको देखिन्छ । अन्जली थापा रासस 

FB_IMG_1761805236297-1761805322.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg