Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादन घट्यो, तालको पारिस्थितिक सन्तुलनमा संकट

FB_IMG_1761805299314-1761805322.jpg

मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय इन्द्रसरोवरमा पछिल्ला वर्षमा माछाको तौल र उत्पादन दुवै घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी तालमा मिसिँदा माछाको वृद्धि दरमा कमी आएको हो ।
करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४०० वटा पिँजरा केज मा प्रतिघनमिटर ४.५ किलोका दरले माछा उत्पादन भइरहेको छ । तर पछिल्ला वर्षमा माछाको औसत तौल घट्दै गएको सङ्घका उपाध्यक्ष विकास बलामीले जानकारी दिएका छन ।
बलामीका अनुसार बर्सातमा विषादी र रासायनिक मल खोलानाला हुँदै तालमा मिसिँदा माछाको प्राकृतिक खाना प्लाङ्कटन नष्ट हुन्छ, जसले माछाको वृद्धि रोक्छ । सिल्भर कार्प, बिगहेड र ग्रास कार्पजस्ता जात बढी प्रभावित भएका छन् । यी माछा प्राकृतिक रूपमा पाइने शैवाल र साना जीवजन्तुमा निर्भर हुन्छन् ।
हाल ६५० परिवार माछा उत्पादनमा संलग्न छन् । यसै आम्दानीले विद्यालय सञ्चालन, सडक मर्मत र सामुदायिक विकासमा सहयोग पुगेको छ । तर माछाको तौल घटेपछि किसानहरू आर्थिक घाटा बेहोर्न बाध्य भएका छन् ।
मत्स्यविकास केन्द्र कुलेखानीकी निमित्त प्रमुख मनिता पौडेलले विषादीका कारण माछाको वृद्धि घट्नु गम्भीर विषय भएको बताउँदै वैज्ञानिक अध्ययन सुरु भएको जानकारी दिए । हाल परीक्षणमा तालको पानीमा रासायनिक अंश सामान्यभन्दा माथि पाइएको छ ।
केन्द्रले हरेक वर्ष करिब दुई लाख भुरा माछा तालमा छाड्ने गर्छ । तर माछाको गुणस्तर कायम राख्नका लागि पानीको स्वच्छता अत्यावश्यक भएको उनले बताए ।
थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा किसानले कार्बोफुरान, मालाथियान, डाइक्लोरोभोसजस्ता विषादी प्रयोग गर्ने गरेका छन्, जसले माछा र जलचर प्राणीमा दीर्घकालीन असर पुर्‍याउँछ ।
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन केन्द्रका प्रमुख सरोज यादवले चेतावनी दिँदै भने, “विषादीले माछाको अण्डा फुट्ने दर घटाउँछ, गिल्समा क्षति पुर्‍याउँछ, र तालको जैविक विविधता संकटमा पार्छ ।”
उनका अनुसार ताल वरपरका किसानलाई जैविक खेती र पर्यावरणमैत्री अभ्यासतर्फ प्रेरित गर्नुपर्ने र विषादीमिश्रित पानी नियन्त्रणका लागि शुद्धीकरण पोखरी निर्माण जरुरी रहेको बताए ।
यसरी कुलेखानीको माछा उत्पादन घट्दै गएपछि स्थानीय अर्थतन्त्र, खानेपानी र पर्यटन क्षेत्रसमेत जोखिममा पर्न थालेको देखिन्छ । अन्जली थापा रासस 

FB_IMG_1761805236297-1761805322.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...