Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

वडा अध्यक्ष रुम्बा कोरोना न्युनिकरण अभियानमा
एक महिना भित्र वडालाई कोरोना संक्रमण मुक्त बनाउने

196379912_212265594049455-1623058648.jpg

थाहा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष टीकाराम रुम्बा लाई ऐले वडाकार्यलयमा भन्दापनि वडाका कोरोना संक्रमित, असक्त, बिरामीको घरतिर भेटिन्छन् ।

बिहान उठ्नेबित्तिकै कोरोना भाइरसबाट बच्न र बचाउन भन्दै माइकिङ गर्ने, बिरामीको अवस्था बुझ्ने, स्वास्थ्य सामग्री हस्तान्तरणगर्ने काम रुम्बाको दिनचर्या हुन थालेको छ ।

दोस्रो चरणको कोरोना भाइरसको प्रकोप भएदेखि रुम्बाले धेरै छाक बिहानको खाना खाएका छैनन् । वडा अध्यक्ष रुम्बा भन्नुहुन्छ ‘सबैजना सुरक्षित हुनुपर्ने छ, आफ्नै कारणले पनि अरुलाई संक्रमण होला, संक्रमितहरुको अवस्था बुझ्न र सचेतना फैलाउन टोलटोलमा पुग्दा खाना खान घर आउन भ्याइन्न, अन्त खान संक्रमणको डर ।’ रुम्बाले भन्नुभयो ‘त्यसैले एकमाना भुटेको भटमास र एक बोत्तल पानी घरबाटै झोलामा बोकेर हिड्छु । जहाँ भोक लाग्छ तेहि भटमास र पानी खान्छु ।’

आईतबार अध्यक्ष रुम्बाले आफ्नै खर्चमा एकजना संक्रमितलाई एकमहिनालाई पुग्ने खाद्यान्न सहयोग पनि गर्नुभयो । निम्न आय भएका कोरोना संक्रमितलाई एक महिनालाई पुग्ने खाद्यान्न घरमै पुर्याउनु भयो  । 
घरको कमाई गर्ने मुख्य मान्छेनै संक्रमित भएपछि घरमा चुलो नै नबल्ने स्थिति भएकोले खाद्यान्न सहयोग गरेको अध्यक्ष रुम्बाले बताउनुभयो ।रुम्बाले ३० किलेको एक पाकेट चामल, २ लिटल तेल, २ किलो दाल २ किलो चना २ किलो चिनी २ किलो चिउरा, साबुन एक थान, चियापत्ति एक प्याकेट, माक्स १५ पिस, १०० मिलिलिटरको सेनिटाईजर एक पिस सहयोग गर्नु भएकोछ । 

बिपदमा वडाका नागरिकको सुरक्षा गर्नु वडाको महत्वपूर्ण काम ठानी बडाका सबै नागरिक सुरक्षित बनाउनको लागि दिन रात नभनी बडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु लागिपरेकोले कोरोना परास्त गर्नमा हिम्मत बढेको एक संक्रमितले बताउनुभयो ।

अबको १ महिना भित्रमा वडालाई कोरोना संक्रमण मुक्त बनाउने अभियानमा लागेको अध्यक्ष रुम्बाले बताउनुभयो । 

हालसम्म थाहा ८ मा ७२ जना कोरोना संक्रमित भएकोमा २५ जनाले कोरोना जितिसकेका छन् । ४७ जना संक्रमित घरमै आईसोलेसनमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सदस्य सुमन कार्कीले बताउनुभयो ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...