Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

वज्रबाराही बचत तथा ऋण सहकारी संस्थाको  अाठाैं साधारण सभा सम्पन्न

बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारण सभा अाज वज्रबाराहीमा सम्पन्न भएको छ  । 

थाहा नगरपालिका वडा नं. ६ वडा अध्यक्ष शशिधर सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तथा संस्थाको अध्यक्ष तथा कार्यक्रम सभापति फडिन्द्र नाथ सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन तथा भावि निति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । 

आर्थिक वर्ष २०७३/०७४ मा कुल ३ करोड ४९ लाख ५१ हजार को कारोबार गरेको संस्थाको खुद मुनाफा ४ लाख ८३ हजार ५ सय ३ रुपैंया ६४ पैसा रहेको छ । १ करोड ३ लाख ९५ हजार ९ सय शेयर पूँजी भएको संस्थाले आर्थिक वर्ष २०७४/०७५ सम्म १ करोड ५० लाख शेयर पूँजी बनाउने लक्ष्य लिएको संस्थाको अध्यक्ष फडिन्द्र नाथ सुवेदीले थाहापाटीलाई बताउनु भयो ।

साधारण सभाको अवसरमा संस्थालाई अतुलनिय योगदान दिने सदस्यहरू वसन्त सुवेदी, खड्ग बहादुर बलामी र पुण्यराज बलामीलाई सम्मान गरिएको छ भने संस्थामा १ हजार कित्ता शेयर खरिद गर्ने शेयर सदस्यहरुलाई शेयर प्रमाण पत्र वितरण गरेको छ । 

साधारण सभामा साना किसान कृषि सहकारीको केन्द्रिय समितिका लेखा संयोजक महेश्वर सुवेदी, जिल्ला सहकारी संघका संचालक तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विमल कुमार ढकाल, मकवानपुर बचत संघको संचालक सदस्य विमला गोपाली लगायत विभिन्न सहकारी तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...