Thursday, 09 May, 2024
अपडेट

वज्रबाराही बचत तथा ऋण सहकारी संस्थाको  अाठाैं साधारण सभा सम्पन्न

बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारण सभा अाज वज्रबाराहीमा सम्पन्न भएको छ  । 

थाहा नगरपालिका वडा नं. ६ वडा अध्यक्ष शशिधर सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तथा संस्थाको अध्यक्ष तथा कार्यक्रम सभापति फडिन्द्र नाथ सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन तथा भावि निति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । 

आर्थिक वर्ष २०७३/०७४ मा कुल ३ करोड ४९ लाख ५१ हजार को कारोबार गरेको संस्थाको खुद मुनाफा ४ लाख ८३ हजार ५ सय ३ रुपैंया ६४ पैसा रहेको छ । १ करोड ३ लाख ९५ हजार ९ सय शेयर पूँजी भएको संस्थाले आर्थिक वर्ष २०७४/०७५ सम्म १ करोड ५० लाख शेयर पूँजी बनाउने लक्ष्य लिएको संस्थाको अध्यक्ष फडिन्द्र नाथ सुवेदीले थाहापाटीलाई बताउनु भयो ।

साधारण सभाको अवसरमा संस्थालाई अतुलनिय योगदान दिने सदस्यहरू वसन्त सुवेदी, खड्ग बहादुर बलामी र पुण्यराज बलामीलाई सम्मान गरिएको छ भने संस्थामा १ हजार कित्ता शेयर खरिद गर्ने शेयर सदस्यहरुलाई शेयर प्रमाण पत्र वितरण गरेको छ । 

साधारण सभामा साना किसान कृषि सहकारीको केन्द्रिय समितिका लेखा संयोजक महेश्वर सुवेदी, जिल्ला सहकारी संघका संचालक तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विमल कुमार ढकाल, मकवानपुर बचत संघको संचालक सदस्य विमला गोपाली लगायत विभिन्न सहकारी तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...