Thursday, 09 May, 2024
मनाेरञ्जन

राष्ट्रिय तीज दोहोरी प्रतियोगितामा ७० प्रतियोगि सहभागि हुने

teej-1630653716.jpg

हाम्रो घरद्धारा आयोजना हुन लागेको राष्ट्रिय तीज गीत प्रतियोगिताको तयारी पूरा भएको अयोजनकले जनाएको छ । प्रतियोगिता हरितालिका तीजको अवसरमा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको क्लव हाउस प्रयोगकर्ताहरुको समूह ‘हाम्रो घर’ले आयोजना गर्न लागेको हो ।
भदौ १८आज शुक्रबार र १९ शनिबार आ्रतियोगितामा ७० जनाको सहभागिता रहने निश्चित भएको संयोजक रमेश अधिकारीले जानकारी दिनुभयो । ग्लोबल कन्सल्ट सिड्नी अष्ट्रेलियाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता शुक्रबार अपरान्ह साढे ४ बजे र शनिबार पूर्वान्ह साँढे ११ बजेबाट प्रतियोगिता सञ्चालन हुने संयोजक अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा शुक्रबार छनौट चरणमा छनौट चरणमा छानिएका प्रतिस्पर्धीले शनिबार फाइनल चरणका लागि प्रतिस्पर्धा गर्ने गरी कार्यक्रमको तयारी गरिएको प्रतियोगिता सहसंयोजक राम कंडेलले जानकारी दिनुभयो ।

सहभागीले प्रतियोगितामा जोडीगत रुपमा गरेको प्रतिस्पर्धाका आधारमा छनौट चरण, उत्कृष्ट १६, उत्कृष्ट ८, उत्कृष्ट ४ हुँदै प्रतियोगिताको प्रथम, द्वितिय, तृतिय, सान्त्वना निर्धारण गरिने कंडेलले जानकारी दिन्भयो । त्यस्तै प्रतियोगितामा विषेश प्रतियोगिलाई समेत पुरस्कारको व्यवस्था रहेको छ ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेले क्रमश नगद २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ सहित प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई सफल बनाउन  डी क्याफे सिड्नी (अष्ट्रेलिया), एनआरएनए यूवा उप–संयोजक राजेश टण्डन (अष्ट्रेलिया), सोखिन न्यौपाने (अष्ट्रेलिया), लाली गुराँस रेमिटेन्स अष्ट्रेलियका गोकुल भण्डारी, अस्मिता अर्याल ९अष्ट्रेलिया०, पशुपति ढकाल (न्यूजिल्याण्ड)बाटले सह–प्रायोजकको भूमिका निर्वाह गर्ने भएका छन् ।

हाम्रो घरले नियमित रुपमा लोक दोहोरी गीत संगितलाई प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ प्रतिभाहरुको प्रस्फुटन गराउने डिजिटल प्लेटफर्म उपलब्ध गराउँदै आएको संयोजक तथा क्रियटर रमेश अधिकारीले जानकारी दिनुभयो । अधिकारीले यस्तै किसिमका प्रतियोगिता यस अघिपनि सञ्चालन गर्ने गरिएको समेत जानकारी दिनुभयो ।  प्रतियोगिता सम्पन्न हुन करिब १ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...