pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

युवाले गरे थाहानगर र वडा कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

sanam1-1623063096.jpg

थाहा नगरपालिका वडा नम्बर  ८ बाहुनगाउ स्थायी घर भई  हाल काठमाण्डौंमा बसोबास गर्नुहुने सकृय युवाहरुले थाहा नगरपालिका, वडा नम्बर ७ को कार्यालय र वडा नम्बर ८ को कार्यालय कार्यलयलाई कोभिड नियन्त्रण  सामग्री हस्तान्तरण गरेकाछन् ।

थाहा ८ बाहुनगाउँका बिष्णुहरि सापकोटा, गोबिन्द सापकोटा, अनिल आचार्य, रामशरण ढकाल, राजु कार्की, भिमसेन भण्डारी लगायतका १३ जना युवाहरुले ब्यक्तिगत रुपमा थाहा नगरपालिका कार्यालय र वडा कार्यालयहरुलाई कोभिड नियन्त्रण सामग्री हस्तान्तरण गरेका हुन् ।

उनीहरुले वडा कार्यालयहरुलाई सर्जिकल माक्स १हजार २ सय थान पि पि इ ५ थान  पल्स अक्सिमिटर २ थान सेनिटाइजर ११ लिटर र अक्सिजन सिलिन्डर सेट १ थान का दरले हस्तान्तरण गरेका हुन् ।

उनीहरुले थाहा नगरपालिका कार्यालयलाई पनि सर्जिकल माक्स ३ हजार २ सय थान पि पि इ ५ थान ,अक्सिजन सिलिन्डर सेट १ थान र साबुन १ कार्टुन (१४४ थान) हस्तान्तरण गनुभएको बिष्णुहरि सापकोटाले थाहापाटीलाई बताउनुभयो ।


कोभिड नियन्त्रण सामग्री ग्रहण गर्दै थाहा नगरपालिकाका उपप्रमुख खड्ग बहादुर गोपालीले सहयोगी युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । गोपालीले कोरोना नियन्त्रणकालागि सबैपक्षको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो । 

थाहा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सनम सिं मुक्तानले सहयोगी युवाहरुलाई धन्यवाद दिदैँ आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो । त्यस्तै वडा नम्बर ८ का अध्यक्ष टीकाराम रुम्बाले कोरोना नियन्त्रणमा आफ्नो वडालाई सहयोग गरेकोमा सहयोगी युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...