udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

स्वास्थ्य

मोतियाबिन्दुुका २ सय ५० बिरामीको सफल शल्यक्रिया बिहीबार १ सय ८ जना डिस्चार्ज, १ सय ४२ जना शुक्रबार डिस्चार्ज हुने

425854633_131061858629431-1707400642.jpg

हेटौंडा, २५ माघ/लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा बिभिन्न स्थानहरुमा भएको निशुल्क आँखा परीक्षण सिविरबाट पहिचान भएका २ सय ५० जना मोतियाबिन्दुका बिरामीहरु मध्ये १ सय ८ जना बिरामीहरुको सफल शल्यक्रिया पश्चात बिहीबार डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका सबै बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले लायन्स क्लवहरुले गरेका सामाजिक कार्यहरुको प्रशंसा गर्नुभयो । बाँकी १ सय ४२ जना मोतियाबिन्दुका बिरामीहरुको बिहीबार शल्यक्रिया भएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादबले बताउनुभयो । बिहीबार शल्यक्रिया भएका सबै बिरामीहरुलाई शुक्रबार डिस्चार्ज गरिने हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ । मोतियाबिन्दुको शल्यक्रिया भएपछि आँखा प्रष्ट देखिएको सिमाराकी ६९ बर्षिया सोनादेबीले बताउनुभयो । आँखा उपचारकालागि अस्पताल जान सक्ने अवस्था नहँुदा घर नजिकै सिविर चलाई निशुल्क उपचार गरिदिएकोमा सिविर सञ्चालन गर्ने संस्थाहरुलाई उहाँले धन्यवाद दिनुभयो । लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ अन्तरगत क्रियाशिल सम्पूर्ण लायन्स क्लव तथा लियो क्लवहरुको सहकार्यमा माघ २० गतेदेखि २३ गतेसम्म बिभिन्न स्थानमा भएको आँखा परीक्षण सिविरमा १ हजार ६ सय १७ जनाको आँखा परीक्षण गरिएको थियो जसमध्ये २ सय ५० जनामा मोतियाबिन्दुका बिरामीहरु पहिचान भएका थिए । मोतियाबिन्दुका सबै बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिएको छ । लायन्स क्लवको बार्षिक भिजन कार्यक्रम अन्तरगत आँखा परीक्षण सिबिर सञ्चालन गरिएको मूख्य कार्यक्रम संयोजक हरिबंश भेटवालले बताउनुभयो । स्रोत र साधनको अभावमा मोतियाबिन्दुका कारण दृष्टिबिहिन भएकाहरुलाई दृष्टि प्रदान गर्नु कार्यक्रमको उद्देश्य भएको भेटवालले बताउनुभयो । आँखा परीक्षण सिबिर मकवानपुर जिल्लाको शिखरकटेरी, पाथिभरा, बुढिचौर, राईगाउ, बागमती बारा जिल्लाको इन्नरवासिरा, हरिपुर, हल्खोरिया, हरपुर सर्लाही जिल्लाको रामनगरमा आँखा परीक्षण शिबिर सन्चालन सञ्चालन गरिएको थियो ।


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...