Tuesday, 14 May, 2024
विचार / अन्तरवार्ता

मेरो सुपर हिरो, “ मेरो बुबा ”

getty_78456203_97224-1024-1630977256.jpg

आमा भन्ने शब्द जति प्यारो छ् नी मेरो नजरमा बुबा भन्ने शब्द पनि त्यती नै प्यारो र धेरै अनमोल छ । बुझेको छु, मैले पनि आमाको योगदान शब्दमा कहिले वर्णन गर्न सकिदैन भनेर  । आमा को महिमा अपार छ । जुन शब्दकोषको सबै शब्दहरुले पनि बर्णन गर्न सकिन्न । म त मेरा जीवन को अमुल्य अंग नै मान्छु बुबा र आमा लाई, आमा जति महान छिन त्यसतै बुबा को महिमा अपार छ । तर बुझेर ल्याउदा जहाँ पनि पहिले बुबा भन्दा आमाको नाम अगाडी आउँछ । ९ महिना सम्म आफ्नो पेट मा राखेर दुख कष्ट सहेर सन्सार देखाउने आमा को बयान जति गरे पनि सकिदैन तर खोज्ने सोच्ने र जुटाउने हो भनी शब्दकोष मा पनि भेटिदैन होला बुबा को त्याग पनि ।

म यो पनि महसुस गर्न सक्छु कि हाम्रा खुशीकोलागी अनि रहरका लागि आफुले ढाक्नु भएको ती बाध्यता हरुलाई ।


वास्तवमा आमा जति भागिदार हुन्छिन आफ्नो सन्तान को भबिस्यको लागि त्यो भन्दा बढी सयौं गुणा भागिदार हुन्छ्न बुबा पनि आफ्नो सन्तान को लागि । हो बुबा म मनन गर्न सक्छु तपाईंको धैर्यता लाई तपाईंले हाम्रा निमित्त बगाउनु भएको त्यो पसिना को सुवास लाई तपाईंको फुटेका ती पैताला हरु ले हाम्रा लागि खनिएका ती बाटो हरुलाइ आफुले आधी खाएर हामी लाई पुर्ण बनाउन गर्नु भएको त्यो त्याग हरु लाई म अन्तरमनले महसुस गर्न सक्छु त्यो आँसु लाई छोपेर बाहिर देखाउन हास्नु भएको हासो लाई मलाई मिठो लाग्थ्यो बुबा तपाईंले लगाउनु भएको त्यो लुगा को सुगन्ध हो बुबा किन कि त्यहा परिश्रम र मेहनत को सुगन्ध आउथ्यो पसिनाको गन्ध संगै त्यसैले मलाइ मिठो लाग्थ्यो । म यो पनि महसुस गर्न सक्छु कि हाम्रा खुशीकोलागी अनि रहरका लागि आफुले ढाक्नु भएको ती बाध्यता हरुलाई । आमा जननी हुन धर्ती हुन आमाको माया र ममता महानता र महिमा अतुलनीय छ । त्यस्तै  मेरो जीवन बुबा पनि निकै खास हुनु हुन्छ । बुबा तपाई हाम्रो सबै को जग हो अझ भनौ मेरो लागि मेरो आत्मबल हो तपाई ।

बुबा अरु के भनौ तपाईंको मार्गदर्शन नै मेरो हिम्मत हो तपाईंले दिनु  भएको हौसला नै मेरो प्रेरणा हो । 


मैले एक पटक होइन धेरै पटक देखेको छु हामिलाइ खुशी राख्न कै लागि तपाई कयौं पटक दुखी भएको म कुन शब्दमा बर्णन गरौ तपाईंको त्याग को । बुबा तपाईको चाहिँ  कुनै सपना नै छैन है तपाईं ले कहिले आफ्नो लागि सपना देख्नु भएन किन कि तपालाइ फुर्सद पनि कहाँ थियो र आफ्नो लागि सपना देख्न तपाईं ले त केवल हाम्रो लागि मात्र सपना देख्नु हुन्छ । हरेक पल आफ्नो सन्तान को लागि सोच्न मग्न हुनु हुन्छ । हरेक बुबा को सपना हुन्छ  आफ्नो सन्तान ले आपुले भन्दा धेरै राम्रो गरोस आफुले जुन दुख भोगेको छु त्यो भोगन नपरोस मेरो सन्तान ले कहिले भोलिका दिन हरुमा कहिले दुख नपाओस अरु को अगाडि आफ्नो शिर नझुकाओस एउटा बुबा को सधै को सपना हुन्छ कि जुन कुरा बाट म वन्चित भए त्यो कुरा मेरो सन्तान ले सधै हासिल गरोस ।

खै बुबा कुन शब्दले बयान गरौ हजुर को महानता लाई हर बखत मलाई सधै मार्गनिर्देशन गर्ने छ हजुर को आचरण ले मन विछिप्त हुदा पिडाले छ्ट्पटाहट हुदा अनि संघर्ष गरिरहेका यी पाइला हरु मोडिदा वा अघि बढ्न सकेनन भने म सधै सम्झिने छु हजुरको त्यो संघर्ष जुब संघर्ष ले आज यहाँ सम्म ल्यायोे । अनि सम्झिन्छु हजुर को त्यो निडरतालाइ जुन निडरता ले आज सबै को सामु यो शिर उच्च बनाएर भन्न सक्ने छु म त्यो बाबा को छोरी हो जुन बाबा ले आफ्नो सन्तान को लागि आफ्नो खुशी को केहि प्रवाह नगरी आफ्ना हरेक इच्छा सपनाहरू को तिलान्जली दिएर एक छाक राम्रो नखाइ एज जोर राम्रो नलगाई केवल आफ्नो सन्तान को भबिस्य को बारेमा मात्र सोच्नु हुन्छ ।

 

थाहा छ बुबा कर्म गरे फल पाइन्छ त्यसैले पनि कर्म गर्दैछु । कर्म गर्दा गर्दै कहिलेकाही म जिन्दगी देखि हार खाए भनी मलाई सधै यसैगरी प्रेरणा दिनु है बुबा ।


आज बुबा को मुख हेर्ने दिन अरु केहि भन्दिन बुबा सधै हजुरले देखाउनु भएको बाटो मा हिडन सकु हजुर को जिम्मेवारी ले थिचिएको काध मेहनत ले खुइलिएको काध कर्म ले थकित हत्केला जस्को कारणले नै आज म यहाँ छु त्यो तपाईंको त्याग लाइ म सधै कदर गर्ने छु । बुबा मेरो जीवन को अमुल्य उपहार हो हजुर मलाई थाहा छ हजुर को लागि मैले गरेको असल कर्म र मैले पहिल्याएको सहि मार्गदर्शन नै हजुर को लागि र सन्सार कै लागि अमुल्य उपहार हो । म त्यो उपहार सधै हजुर लाई दिन तयार छु । जीवन को जुन सुकै परिस्थिति र मोड मा पनि हजुर को त्यही मार्गदर्शन मा हिड्न सकु हजुर ले दिनु भएको संस्कार लाई कहिले पनि कसैको अगाडि कुसंस्कार बनाउन दिने छैन । हजुर को सु स्वास्थ दिर्घायु को कामना बुबा आज सम्म हाम्रो लागि धेरै गर्नु भयो अब का दिन मा हजुर को लागि खुशी दिने काम गर्न सकौ ।

धेरै माया मेरो सुपर हिरो मेरो बुबा ।
 

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com


world-link-1690434568.jpg
बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...