pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

मेरो सुपर हिरो, “ मेरो बुबा ”

getty_78456203_97224-1024-1630977256.jpg

आमा भन्ने शब्द जति प्यारो छ् नी मेरो नजरमा बुबा भन्ने शब्द पनि त्यती नै प्यारो र धेरै अनमोल छ । बुझेको छु, मैले पनि आमाको योगदान शब्दमा कहिले वर्णन गर्न सकिदैन भनेर  । आमा को महिमा अपार छ । जुन शब्दकोषको सबै शब्दहरुले पनि बर्णन गर्न सकिन्न । म त मेरा जीवन को अमुल्य अंग नै मान्छु बुबा र आमा लाई, आमा जति महान छिन त्यसतै बुबा को महिमा अपार छ । तर बुझेर ल्याउदा जहाँ पनि पहिले बुबा भन्दा आमाको नाम अगाडी आउँछ । ९ महिना सम्म आफ्नो पेट मा राखेर दुख कष्ट सहेर सन्सार देखाउने आमा को बयान जति गरे पनि सकिदैन तर खोज्ने सोच्ने र जुटाउने हो भनी शब्दकोष मा पनि भेटिदैन होला बुबा को त्याग पनि ।

म यो पनि महसुस गर्न सक्छु कि हाम्रा खुशीकोलागी अनि रहरका लागि आफुले ढाक्नु भएको ती बाध्यता हरुलाई ।


वास्तवमा आमा जति भागिदार हुन्छिन आफ्नो सन्तान को भबिस्यको लागि त्यो भन्दा बढी सयौं गुणा भागिदार हुन्छ्न बुबा पनि आफ्नो सन्तान को लागि । हो बुबा म मनन गर्न सक्छु तपाईंको धैर्यता लाई तपाईंले हाम्रा निमित्त बगाउनु भएको त्यो पसिना को सुवास लाई तपाईंको फुटेका ती पैताला हरु ले हाम्रा लागि खनिएका ती बाटो हरुलाइ आफुले आधी खाएर हामी लाई पुर्ण बनाउन गर्नु भएको त्यो त्याग हरु लाई म अन्तरमनले महसुस गर्न सक्छु त्यो आँसु लाई छोपेर बाहिर देखाउन हास्नु भएको हासो लाई मलाई मिठो लाग्थ्यो बुबा तपाईंले लगाउनु भएको त्यो लुगा को सुगन्ध हो बुबा किन कि त्यहा परिश्रम र मेहनत को सुगन्ध आउथ्यो पसिनाको गन्ध संगै त्यसैले मलाइ मिठो लाग्थ्यो । म यो पनि महसुस गर्न सक्छु कि हाम्रा खुशीकोलागी अनि रहरका लागि आफुले ढाक्नु भएको ती बाध्यता हरुलाई । आमा जननी हुन धर्ती हुन आमाको माया र ममता महानता र महिमा अतुलनीय छ । त्यस्तै  मेरो जीवन बुबा पनि निकै खास हुनु हुन्छ । बुबा तपाई हाम्रो सबै को जग हो अझ भनौ मेरो लागि मेरो आत्मबल हो तपाई ।

बुबा अरु के भनौ तपाईंको मार्गदर्शन नै मेरो हिम्मत हो तपाईंले दिनु  भएको हौसला नै मेरो प्रेरणा हो । 


मैले एक पटक होइन धेरै पटक देखेको छु हामिलाइ खुशी राख्न कै लागि तपाई कयौं पटक दुखी भएको म कुन शब्दमा बर्णन गरौ तपाईंको त्याग को । बुबा तपाईको चाहिँ  कुनै सपना नै छैन है तपाईं ले कहिले आफ्नो लागि सपना देख्नु भएन किन कि तपालाइ फुर्सद पनि कहाँ थियो र आफ्नो लागि सपना देख्न तपाईं ले त केवल हाम्रो लागि मात्र सपना देख्नु हुन्छ । हरेक पल आफ्नो सन्तान को लागि सोच्न मग्न हुनु हुन्छ । हरेक बुबा को सपना हुन्छ  आफ्नो सन्तान ले आपुले भन्दा धेरै राम्रो गरोस आफुले जुन दुख भोगेको छु त्यो भोगन नपरोस मेरो सन्तान ले कहिले भोलिका दिन हरुमा कहिले दुख नपाओस अरु को अगाडि आफ्नो शिर नझुकाओस एउटा बुबा को सधै को सपना हुन्छ कि जुन कुरा बाट म वन्चित भए त्यो कुरा मेरो सन्तान ले सधै हासिल गरोस ।

खै बुबा कुन शब्दले बयान गरौ हजुर को महानता लाई हर बखत मलाई सधै मार्गनिर्देशन गर्ने छ हजुर को आचरण ले मन विछिप्त हुदा पिडाले छ्ट्पटाहट हुदा अनि संघर्ष गरिरहेका यी पाइला हरु मोडिदा वा अघि बढ्न सकेनन भने म सधै सम्झिने छु हजुरको त्यो संघर्ष जुब संघर्ष ले आज यहाँ सम्म ल्यायोे । अनि सम्झिन्छु हजुर को त्यो निडरतालाइ जुन निडरता ले आज सबै को सामु यो शिर उच्च बनाएर भन्न सक्ने छु म त्यो बाबा को छोरी हो जुन बाबा ले आफ्नो सन्तान को लागि आफ्नो खुशी को केहि प्रवाह नगरी आफ्ना हरेक इच्छा सपनाहरू को तिलान्जली दिएर एक छाक राम्रो नखाइ एज जोर राम्रो नलगाई केवल आफ्नो सन्तान को भबिस्य को बारेमा मात्र सोच्नु हुन्छ ।

 

थाहा छ बुबा कर्म गरे फल पाइन्छ त्यसैले पनि कर्म गर्दैछु । कर्म गर्दा गर्दै कहिलेकाही म जिन्दगी देखि हार खाए भनी मलाई सधै यसैगरी प्रेरणा दिनु है बुबा ।


आज बुबा को मुख हेर्ने दिन अरु केहि भन्दिन बुबा सधै हजुरले देखाउनु भएको बाटो मा हिडन सकु हजुर को जिम्मेवारी ले थिचिएको काध मेहनत ले खुइलिएको काध कर्म ले थकित हत्केला जस्को कारणले नै आज म यहाँ छु त्यो तपाईंको त्याग लाइ म सधै कदर गर्ने छु । बुबा मेरो जीवन को अमुल्य उपहार हो हजुर मलाई थाहा छ हजुर को लागि मैले गरेको असल कर्म र मैले पहिल्याएको सहि मार्गदर्शन नै हजुर को लागि र सन्सार कै लागि अमुल्य उपहार हो । म त्यो उपहार सधै हजुर लाई दिन तयार छु । जीवन को जुन सुकै परिस्थिति र मोड मा पनि हजुर को त्यही मार्गदर्शन मा हिड्न सकु हजुर ले दिनु भएको संस्कार लाई कहिले पनि कसैको अगाडि कुसंस्कार बनाउन दिने छैन । हजुर को सु स्वास्थ दिर्घायु को कामना बुबा आज सम्म हाम्रो लागि धेरै गर्नु भयो अब का दिन मा हजुर को लागि खुशी दिने काम गर्न सकौ ।

धेरै माया मेरो सुपर हिरो मेरो बुबा ।
 

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...