pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

मकवानपुर–कोरिया मञ्चद्धारा हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हेटौंडा ।  सामाजिक सेवामा सक्रिय मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पताललाई आज स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया देखि नेपालसम्म समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेको मञ्चले कोरोना भाइरसको संक्रमणका कारण परेको समस्यालाई ध्यान दिँदै अस्पतालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । 

मञ्चले हेटौंडा अस्पतलमै पुगेर एक कार्यक्रमका बीच १२० थान पिपिई सेट, ७५० वटा सर्जिकल ग्लोब्स, दुई हजार पिस माक्ससहित करिब दुई लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्य सामाग्री हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रतिष्ठानका रजिष्ट्रर तथा अस्पतालका अध्यक्ष राजेश प्रसाईंलाई हस्तान्तण गरेका हुन् । 

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मेयर महतले मञ्चले कोरियादेखि नेपालसम्म गरेको सहयोग अनुकरणीय रहेको बताए । शिक्षा, स्वस्थ्य तथा समस्या परेकाहरुलाई मञ्चले गरेको सहयोगलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरे । रजिष्ट्रार प्रसाईंले कोरोना कहरको समयमा सबै क्षेत्रको सहयोगले अस्पताललाई सहज भएको बताए उनले सहयोगका लागि मञ्चलाई धन्यवाद दिए । 

मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले कार्यक्रमको बारेमा जानकारी दिँदै कोरोना भाइरसबाट आक्रान्त बनेको समयमा प्रवासमा रहेका नेपालीहरुको तत्परतामा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्न पाएको बताए । उनले दक्षिण कोरियामा रहेका मञ्चका सदस्यहरुको अग्रसरतमा स्वास्थ्य सामाग्री हेटौंडा अस्पताललाई सहयोग गरेको उल्लेख गरे । विपदमा रहेका हरेक क्षेत्रलाई सकेको सहयोग गर्ने मञ्चको पूर्व कार्यक्रम अनुसार अस्पतालालाई पनि सहयोग गरेको जानकारी दिए । 

मञ्चका पूर्व अध्यक्ष दुर्गा दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मञ्चकै पूर्व अध्यक्ष राजकुमार गोलेले गरेका थिए । कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष सुनिल मोक्तान, मेसु डा.रामचन्द्र सापकोटा, मञ्चका महासचिव शुभराज भोम्जन, वागमती प्रदेश कोरियाका संयोजक किशोर ब्लोन, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, मञ्चका पूर्व अध्यक्ष, सदस्यलगायतको उपस्थिति रहेको थियो । 

हेटौंडा उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा वितरण गरिएको स्वास्थ्य सामाग्री मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाका अध्यक्ष सूर्य रुम्बाको अग्रसरतामा संकलन गरिएको थियो । उनले सहयोगकालागि कोरियामा रहेर समन्वय गरेका थिए । 

यसैबीच, मञ्चले हेटौंडा अस्पतालमा सञ्चालन भइरहेको हेल्प डेस्क मकवानपुरलाई ५० कार्टुन पानी सहयोग गरेको छ ।  साथै मञ्चले आजै मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्यचौकीलाई पनि ७० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले जानकारी दिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg