pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

मकवानपुर–कोरिया मञ्चद्धारा हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हेटौंडा ।  सामाजिक सेवामा सक्रिय मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पताललाई आज स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया देखि नेपालसम्म समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेको मञ्चले कोरोना भाइरसको संक्रमणका कारण परेको समस्यालाई ध्यान दिँदै अस्पतालाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । 

मञ्चले हेटौंडा अस्पतलमै पुगेर एक कार्यक्रमका बीच १२० थान पिपिई सेट, ७५० वटा सर्जिकल ग्लोब्स, दुई हजार पिस माक्ससहित करिब दुई लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्य सामाग्री हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रतिष्ठानका रजिष्ट्रर तथा अस्पतालका अध्यक्ष राजेश प्रसाईंलाई हस्तान्तण गरेका हुन् । 

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मेयर महतले मञ्चले कोरियादेखि नेपालसम्म गरेको सहयोग अनुकरणीय रहेको बताए । शिक्षा, स्वस्थ्य तथा समस्या परेकाहरुलाई मञ्चले गरेको सहयोगलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरे । रजिष्ट्रार प्रसाईंले कोरोना कहरको समयमा सबै क्षेत्रको सहयोगले अस्पताललाई सहज भएको बताए उनले सहयोगका लागि मञ्चलाई धन्यवाद दिए । 

मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले कार्यक्रमको बारेमा जानकारी दिँदै कोरोना भाइरसबाट आक्रान्त बनेको समयमा प्रवासमा रहेका नेपालीहरुको तत्परतामा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्न पाएको बताए । उनले दक्षिण कोरियामा रहेका मञ्चका सदस्यहरुको अग्रसरतमा स्वास्थ्य सामाग्री हेटौंडा अस्पताललाई सहयोग गरेको उल्लेख गरे । विपदमा रहेका हरेक क्षेत्रलाई सकेको सहयोग गर्ने मञ्चको पूर्व कार्यक्रम अनुसार अस्पतालालाई पनि सहयोग गरेको जानकारी दिए । 

मञ्चका पूर्व अध्यक्ष दुर्गा दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मञ्चकै पूर्व अध्यक्ष राजकुमार गोलेले गरेका थिए । कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष सुनिल मोक्तान, मेसु डा.रामचन्द्र सापकोटा, मञ्चका महासचिव शुभराज भोम्जन, वागमती प्रदेश कोरियाका संयोजक किशोर ब्लोन, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, मञ्चका पूर्व अध्यक्ष, सदस्यलगायतको उपस्थिति रहेको थियो । 

हेटौंडा उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा वितरण गरिएको स्वास्थ्य सामाग्री मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाका अध्यक्ष सूर्य रुम्बाको अग्रसरतामा संकलन गरिएको थियो । उनले सहयोगकालागि कोरियामा रहेर समन्वय गरेका थिए । 

यसैबीच, मञ्चले हेटौंडा अस्पतालमा सञ्चालन भइरहेको हेल्प डेस्क मकवानपुरलाई ५० कार्टुन पानी सहयोग गरेको छ ।  साथै मञ्चले आजै मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्यचौकीलाई पनि ७० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले जानकारी दिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...