Thursday, 09 May, 2024
मनाेरञ्जन

मकवानपुरे युवा गोविन्द बर्तौलाको ‘जीवन धराप भो’ सार्वजनिक 

govinda-1-1648947425.jpg

मकवानपुर । मकवानपुरको मनहरीका युवा गोविन्द बर्तौलाले ‘जीवन धराप भो’ बोलको लोकगीत सार्वजनिक गरेका छन् ।
अमृत नेपालीको शब्द, रामकुमार नेपालीको संगीत रहेको गीतमा बर्तौला र आशा केशीको स्वर रहेको छ । सानैदेखि लोकगीतमा रुची भएका बर्तौलाले ‘जीवन धराप भो, छाला राम्रो हुनेको चाला खराब भो’ बोलको गीत सार्वजनिक गरेका हुन् । 
मान्छेलाई बाहिरबाट हेर्दा जति सुन्दर देखेपनि उसको चरित्र त्यस्तो हुन नसक्ने भन्ने सन्देश आफ्नो गीतमा रहेको गायक बर्तौलाको भनाई छ । 


बर्तौैलाको गीत भारती पिक्चर्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । विभिन्न सार्वजनिक कार्यक्रम, स्टेज शोहरुमा आफ्नो लोकगायन कला प्रस्तुत गर्दै आएका बर्तौलाले लोकगीतको एल्बम बजारमा ल्याउँन पाउँदा खुशी लागेको बताउँछन् ।  वि.स.२०६२÷०६३ सालदेखि लोकदोहोरीमा रुची बढ्न थालेकोमा अहिले आफ्नो रहर एल्बम नै निकालेर पूरा गरेको उनी बताउँछन् । ‘सानैदेखि लोकगीत सुन्ने, गुनगुनाउने गर्थे, एक दिन लोकगीत निकाल्छु भन्ने सोच मनमा पालेको थिए । ’ बर्तौला भन्छन्, ‘ लामो समयदेखिको त्यही इच्छा आज पूरा गरेको छु ।’
गीतको भिडियो ललितपुर भैंसेपाटीस्थित श्रीकाली चौरमा सुटिङ गरिएको हो । ९ मिनेट ३० सेकेन्डको गीतमा कलाकार लोमस शर्मा र रिना थापा मगरको मुख्य अभिनय रहेको छ । 
 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...