pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरमा ५ महिनामा सय जनाभन्दा बढीको बालविवाह

bal-biwaha-1631964220.jpg

मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वतः खारेज हुने व्यवस्था पनि छ । तर यति हुँदाहुँदै पनि प्रदेशका विशेषगरी दुर्गम क्षेत्रमा बालविवाह गर्नेको संख्या र अवस्था चिन्ताजनक देखिएको छ ।

पछिल्लो ४ महिनामा राक्सिराङ गाउँपालिका–६ सिलिङेस्थित श्री माध्यमिक विद्यालयका ८–१० कक्षासम्म अध्ययन गर्ने १३–१६ वर्ष उमेर समूहका ३ छात्राको विवाह भएको छ । ८ कक्षामा पढ्दै गरेकी लक्ष्मी चेपाङले गाउँकै १७ वर्षीय चेपाङ युवकसँग भागेर विवाह गरिन् । प्रधानाध्यापक ताराप्रसाद दुवाडीले भने, ‘लक्ष्मीका बाबुले फोन गरेर छोरीले विवाह गरेको जानकारी दिएका थिए ।’ उनी मात्र होइन कक्षा १० मा अध्ययनरत १७ वर्षीया पूजा चेपाङले पनि विवाह गरेकी छन् ।

‘मलाई जानकारीमा आएसम्म वैशाखदेखि भदौसम्म ३ छात्राले विवाह गरेका छन्,’ दुवाडीले भने । उनका अनुसार कोरोना संक्रमणको पहिलो लहरताका उक्त विद्यालयका ५ जना छात्राले बालविवाह गरेका थिए । निषेधाज्ञाका कारण यो वर्ष वैशाखको दोसो सातादेखि भदौ अन्तिम सातासम्म विद्यालय बन्द थिए । राक्सिराङकै धिराङ र दामराङस्थित विद्यालयका पनि २ छात्राको यही अवधिमै विवाह भएको छ । उनीहरूको उमेर १२ र १६ वर्ष रहेको राक्सिराङ–७ का अध्यक्ष कुलबहादुर चेपाङले बताए । उनीहरू ५ र ६ कक्षामा पढ्थे । राक्सिराङ–९ अठारेस्थित कालिका माविमा पढ्ने २ छात्राको पनि विवाह भएको छ । ‘योभन्दा धेरैले विवाह गरेको हुन सक्छ तर अहिले जानकारीमा आएका यति मात्र हुन्,’ शिक्षक दीपेन्द्र झाले बताए ।

कैलाश गाउँपालिका–३ कटुञ्जेस्थित भवानी माविमा कक्षा ६ कक्षामा पढ्ने १५ वर्षीया रामकुमारी चेपाङ र कक्षा ७ मा पढ्ने १६ वर्षीय मञ्जु वाइबाले गाउँकै किशोरसँग विवाह गरे । उनीहरूबाहेक पनि बालविवाह गर्ने ३ छात्रा रहेको प्रधानाध्यापक बालकुमार मल्लले बताए । दुर्गम क्षेत्रमा अशिक्षा, गरिबी र मोबाइलका कारण पनि सानै उमेरमा विवाह गर्नेको संख्या बढेको उनको भनाइ छ । ‘चेपाङ समुदायमा सानै उमेरमा बिहे गर्ने चलनजस्तै छ । पछिल्लो समय मोबाइलबाट सम्पर्क स्थापित गर्न सहज हुनु र पढाइ पनि बन्द हुँदा बालविवाह गर्न हुँदैन भन्नेबारे जानेका किशोरकिशोरीले पनि यस्तो कदम चालेको देखिन्छ,’ उनले भने, ‘कतिपयका हकमा परिवारको दबाब पनि कारण हुन सक्छ ।’ २० वर्ष नपुगीकन विवाह गर्नु हुँदैन, गरे–गराए सजाय हुन्छ भन्नेबारे चेपाङ र तामाङ समुदायमा जानकारी नै नरहेको उनको भनाइ छ ।

राक्सिराङ अध्यक्ष राजकुमार मल्ल जिल्लामा गत वैशाखदेखि भदौसम्म सयभन्दा बढी बालिकाको विवाह भएको दाबी गर्छन् । ‘मेरै गाउँपालिकामा ३० जनाभन्दा बढीको बालविवाह भएको अनुमान गरेका छौं,’ उनले भने । राक्सिराङ र कैलाश गाउँपालिकामा पर्ने साबिकका काँकडा, भार्ता, सरिखेत, कालिकाटार, खैराङ, डाँडाखर्कलगायत क्षेत्रमा बालविवाह प्रथा कायमै छ । ‘अभिभावकलाई सम्झाउँदा पनि लुकीलुकी विवाह गराउँछन्,’ मल्लले भने, ‘अशिक्षाका कारणले चेपाङ समुदायमा बालविवाह प्रथा रहेको हो ।’ ‘छोराको चाँडै विवाह गर्‍यो भने बुहारीको काम खान पाइने र छोरालाई मजदुरी गराउन अन्यत्र पठाउन पाउने भएकाले चाँडै विवाह गर्ने गरेको हो,’ कैलाश–४ का ५५ वर्षीय सन्तराम चेपाङले भने, ‘घर नजिकको केटा उम्केला भनेर छोरीको चाँडै बिहे गर्ने चलन पनि छ ।’ सानै उमेरमा विवाह गर्दा बालबालिकाको स्वास्थ्य र शिक्षा आर्जनमा गम्भीर प्रभाव पार्ने गरेको छ ।

मकवानपुरका स्थानीय तहले बालविवाहलाई पूर्ण रूपमा विस्थापित गर्ने योजना बनाएका छन् तर प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकेका छैनन् । ‘बालविवाहलाई गाउँपालिकामा निषेध गर्ने निर्णय गरिएको छ,’ कैलाशका अध्यक्ष टंक मोक्तानले भने, ‘प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन सकिएको छैन तर प्रयत्न भने भइरहेको छ ।’ बालविवाहविरुद्ध विभिन्न अभियान चलाए पनि न्यूनीकरण हुन नसकेको बताउँछन् स्थानीय अगुवा नरेन्द्र रिजाल । ‘सूचना प्रविधिको विकासले हामीलाई ज्ञानगुनका कुरा सिक्न सजिलो पार्नुपर्ने हो तर दुरुपयोगले बालविवाहलाई प्रश्रय दिइरहेको छ,’ रिजालले भने, ‘अब नियन्त्रण सोचेको जस्तो सजिलो छैन ।’ भीमफेदीमा मात्रै ३८ प्रतिशतको बालविवाह

भीमफेदी गाउँपालिकामा गत आवमा भएका विवाहमध्ये ३८ प्रतिशतको २० वर्ष उमेरै नपुगी विवाह भएको पाइएको छ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले एक महिना लगाएर गरेको अध्ययनबाट उक्त आँकडा निस्केको हो । एक वर्षमा २ सय ३७ जनाको विवाह भएकोमा ५८ जनाको बालविवाह भएको पाइएको मन्त्रालयका अधिकृत बद्री वाग्लेले बताए । ‘बालविवाह गर्नेहरूमध्ये १३ वर्षदेखि १९ वर्षसम्मका छन्,’ उनले भने, ‘प्रतिशतको हिसाबले सबैभन्दा धेरै चेपाङ समुदायका बालबालिकाको विवाह भएको छ भने संख्यात्मक हिसाबले तामाङ समुदायकाको धेरै छ ।’ अध्ययनअनुसार बालविवाह गर्नेमध्ये पनि ७५ प्रतिशतले भागी विवाह गरेका छन् । बालविवाह गरेपछि शतप्रतिशतले पढ्न छोडेका छन् । प्रदेशमा नुवाकोट अघि

सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ । तर वाग्मती सरकारले प्रदेशबाट २०७८ भित्रै बालविवाह अन्त्य गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । तर मन्त्रालयकै अध्ययनले पनि त्यस्तो संकेत दिँदैन । बरु बालविवाहको प्रवृत्ति नै बदलिएको औंल्याएको छ । अहिले मोबाइलका कारण धेरै बालबालिकाहरूले भागी विवाह गर्न थालेका छन् । सानै उमेरमा विवाह गर्दा आमा र उसबाट जन्मने शिशु थप जोखिममा पर्ने गरेका छन् । धेरैको विवाह सम्बन्धविच्छेदमा परिणत हुने गरेको समेत पाइएको छ । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी बालविवाह नुवाकोटमा हुने गरेको छ । जिल्लामा भएका कुल विवाहमध्ये ६२।५८ प्रतिशत बालविवाह भएको देखिन्छ ।

धादिङमा ६२।९ प्रतिशत, सिन्धुलीमा ६२।५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०।९२ प्रतिशत र मकवानपुरमा ५९।७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्यांक छ । प्रदेशमा सबैभन्दा कम बालविवाह काठमाडौंमा ३९।११ प्रतिशत मात्रै छ । अध्ययनले आदिवासी जनजातिहरूको बाहुल्य रहेका क्षेत्रमा बालविवाह बढी हुने गरेको देखाएको छ । विसं १९१० को मुलुकी ऐनमा विवाहका लागि केटीको न्यूनतम उमेर ५ वर्ष तोकिएको थियो । विसं २०२० को मुलुकी ऐनले अभिभावकको अनुमतिमा केटीको १८ र केटाको २० वर्ष कायम गरिएकोमा केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने ऐन २०७२ ले दुवैको उमेर २० वर्ष नपुगी बिहेबारी गर्न रोक लगाएको छ । यसैगरी, मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहको रूपमा परिभाषित गरेको छ भने यस्ता विवाह स्वतः खारेज हुने व्यवस्थासमेत छ । कान्तिपुरबाट ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...