pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

मकवानपुरमा ४ हजार बढीलाई पुग्ने कोभिसिल्ड खोप हरायो 

८, असार । मकवानपुरमा ४ सय १ भाइल कोरोना विरुद्धको कोभिसिल्ड खोप गायव भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्कमा मकवानपुरका लागि प्राप्त भएको कुल ३ हजार ३ सय ३० भाइल खोप मध्ये ४ सय १ भाइल खोप हराएको हो । १ भाईल बराबर १० डोज खोप हुन्छ ।


जिल्लामा कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउन कुल २ हजार ८ सय ८३ भाइल खोप खपत भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हाल जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको स्टकमा ९० भाइल खोप बाँकी छ । 


दुवै तथ्याङ्क जोड्दा २ हजार ९ सय २८ भाइल खोप  रहेको देखिन्छ भने बाँकी ४ सय १ भाइल खोप स्वास्थ्य कार्यालय मकवानपुरबाट हराएको छ । ४ सय १ भाइल खोपको कुनै अभिलेख भेटिएको छैन ।


जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले स्थानीय पालिकाहरुलाई पठाउको खोपको तथ्याङ्क लुकाउँदा तथ्याङ्कमा फरक परेको जनाएको छ । 

केही खोप भण्डारणमा समस्या हुँदा नष्ट भएको र केही खोप खसेर फुटेकाले तथ्याङ्क फरक परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । 

‘पालिकाहरुबाट खोप लगाएकाको पुरा विवरण प्राप्त नभएको, केही खोप खसेर फुटेको र भण्डारण गर्न समस्या हुँदा खोप नष्ट भएको हुन सक्छ,’ उनले भने ।

१४ हजार ७ सय २३ जना दोस्रो मात्राबाट बञ्चित

मकवानपुरमा १४ हजार ७ सय २३ जना नागरिक कोरोना विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लिन पाएका छैनन् ।

गत माघदेखि चेतसम्म विभिन्न चरणमा संचालन भएको खोप कार्यक्रममा खोप सेवा लिएका २१ हजार ४ सय ३ जना मध्ये ६ हजार ९ सय ८० जनाले मात्र कोरोना विरुद्धको ९कोभिसिल्ड० खोपको दोस्रो मात्रा लगाएका छन् ।  
बाँकी १४ हजार ७ सय २३ जना नागरिक कोरोना विरुद्धको ९कोभिसिल्ड० खोपको दोस्रो मात्रा लिनबाट बञ्चित छन् । 

गत माघ २ गतेदेखि हालसम्म मकवानपुरका लागि कुल ३ हजार ३ सय ३० भाइल कोभिसिल्ड खोप प्राप्त भएको र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमार्फत जिल्लाका १० वटै स्थानीय तहमा वितरण गरेर खोप कार्यक्रम संचालन गरिएको थियो ।

कोरोना नियन्त्रणमा खटिएका फ्रन्टलाइनर र लक्षित वर्गका लागि प्राप्त भएको उक्त खोप अभाव हुँदा पहिलो मात्रा खोप लगाएका व्यक्तिहरु समस्यामा परेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क हेर्ने हो भने मकवानपुरका गत माघ १४ गतेदेखि २८ गतेसम्म २ हजार १ सय ६६ जना, फागुन २ गतेदेखि ९ गतेसम्म २ हजार ७ सय ७२ जना, फागुन २३ गतेदेखि चैत १७ गतेसम्म १६ हजार १ सय ५८ जना र चैत १७ पछि हालसम्म ३ सय ७ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । 

कोरोना विरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएको १६ हप्ता भित्रमा दोस्रो मात्रा लगाइसक्नु पर्ने हुन्छ तर मकवानपुरमा पहिलो मात्रा लगाएर १६ हप्ता काटिसकेका फ्रन्टलाइनर र लक्षित वर्गले नै दोस्रो मात्रा लगाउन पाइरहेका छैनन् ।

रातोपाटीबाट

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...