pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

मकवानपुरमा ४ हजार बढीलाई पुग्ने कोभिसिल्ड खोप हरायो 

८, असार । मकवानपुरमा ४ सय १ भाइल कोरोना विरुद्धको कोभिसिल्ड खोप गायव भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्कमा मकवानपुरका लागि प्राप्त भएको कुल ३ हजार ३ सय ३० भाइल खोप मध्ये ४ सय १ भाइल खोप हराएको हो । १ भाईल बराबर १० डोज खोप हुन्छ ।


जिल्लामा कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउन कुल २ हजार ८ सय ८३ भाइल खोप खपत भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

हाल जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको स्टकमा ९० भाइल खोप बाँकी छ । 


दुवै तथ्याङ्क जोड्दा २ हजार ९ सय २८ भाइल खोप  रहेको देखिन्छ भने बाँकी ४ सय १ भाइल खोप स्वास्थ्य कार्यालय मकवानपुरबाट हराएको छ । ४ सय १ भाइल खोपको कुनै अभिलेख भेटिएको छैन ।


जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले स्थानीय पालिकाहरुलाई पठाउको खोपको तथ्याङ्क लुकाउँदा तथ्याङ्कमा फरक परेको जनाएको छ । 

केही खोप भण्डारणमा समस्या हुँदा नष्ट भएको र केही खोप खसेर फुटेकाले तथ्याङ्क फरक परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । 

‘पालिकाहरुबाट खोप लगाएकाको पुरा विवरण प्राप्त नभएको, केही खोप खसेर फुटेको र भण्डारण गर्न समस्या हुँदा खोप नष्ट भएको हुन सक्छ,’ उनले भने ।

१४ हजार ७ सय २३ जना दोस्रो मात्राबाट बञ्चित

मकवानपुरमा १४ हजार ७ सय २३ जना नागरिक कोरोना विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लिन पाएका छैनन् ।

गत माघदेखि चेतसम्म विभिन्न चरणमा संचालन भएको खोप कार्यक्रममा खोप सेवा लिएका २१ हजार ४ सय ३ जना मध्ये ६ हजार ९ सय ८० जनाले मात्र कोरोना विरुद्धको ९कोभिसिल्ड० खोपको दोस्रो मात्रा लगाएका छन् ।  
बाँकी १४ हजार ७ सय २३ जना नागरिक कोरोना विरुद्धको ९कोभिसिल्ड० खोपको दोस्रो मात्रा लिनबाट बञ्चित छन् । 

गत माघ २ गतेदेखि हालसम्म मकवानपुरका लागि कुल ३ हजार ३ सय ३० भाइल कोभिसिल्ड खोप प्राप्त भएको र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमार्फत जिल्लाका १० वटै स्थानीय तहमा वितरण गरेर खोप कार्यक्रम संचालन गरिएको थियो ।

कोरोना नियन्त्रणमा खटिएका फ्रन्टलाइनर र लक्षित वर्गका लागि प्राप्त भएको उक्त खोप अभाव हुँदा पहिलो मात्रा खोप लगाएका व्यक्तिहरु समस्यामा परेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क हेर्ने हो भने मकवानपुरका गत माघ १४ गतेदेखि २८ गतेसम्म २ हजार १ सय ६६ जना, फागुन २ गतेदेखि ९ गतेसम्म २ हजार ७ सय ७२ जना, फागुन २३ गतेदेखि चैत १७ गतेसम्म १६ हजार १ सय ५८ जना र चैत १७ पछि हालसम्म ३ सय ७ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । 

कोरोना विरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएको १६ हप्ता भित्रमा दोस्रो मात्रा लगाइसक्नु पर्ने हुन्छ तर मकवानपुरमा पहिलो मात्रा लगाएर १६ हप्ता काटिसकेका फ्रन्टलाइनर र लक्षित वर्गले नै दोस्रो मात्रा लगाउन पाइरहेका छैनन् ।

रातोपाटीबाट

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg