Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरमा होलीमा मदिरा र डिजे पूर्ण प्रतिबन्ध

file_000000005fb872088e04-1772371630.png

आगामी निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फागु पूर्णिमा (होली पर्व)मा मदिरा र डिजे पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्वाचनको पूर्व सन्ध्या तथा निर्वाचनको मौन अवधिमा परेको होली पर्वमा भिडभाड तथा मदिरा तथा डिजे पूर्ण रूपमा बन्देज गरेको हो ।
निर्वाचनका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै संयमित र अनुशासित भएर मनाउन प्रशासनले आग्रह गरेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा होलीका नाममा हुन सक्ने उच्छृङ्खल गतिविधिले निर्वाचन प्रक्रियालाई असर पार्न सक्ने भन्दै प्रशासनले कडा सुरक्षा रणनीति अपनाएको बताए । प्रजिअ अधिकारीका अनुसार निर्वाचन आयोग र गृह मन्त्रालयको निर्देशन पालना गर्दै जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण, सेवन र ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
‘मदिराका कारण झगडा र दुर्घटना बढ्ने हुनाले यसलाई नियन्त्रण गर्न आजैबाट प्रहरी परिचालन गरिएको छ ।’ उनले भने, ‘सार्वजनिक स्थानमा ठुलो आवाजमा डिजे बजाउन, पानीका फोहोरा फाल्न र ठुलो समूहमा जम्मा भएर होहल्ला गर्न समेत रोक लगाइएको छ । गत वर्षहरूमा हेटौँडाको सङ्गम चोक, बुद्ध चोक, सीमा चोक, हुप्रा चौर लगायतका स्थानमा हुने भिडभाडलाई यस पटक पूर्ण रूपमा नियन्त्रण गरिनेछ ।’

होली मनाउँदा कुनै पनि राजनीतिक दलको चुनाव चिन्ह अङ्कित टिसर्ट, टोपी वा झन्डा प्रयोग नगर्न उनले सचेत गराएका छन् । निर्वाचन आचारसंहिताले सो क्रियाकलापलाई निषेध गरेकाले होली खेल्दा राजनीतिक सङ्केतहरू प्रयोग गरे कारबाही गरिने प्रजिअ अधिकारीले चेतावनी दिए ।
होलीको दिन हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको प्रयोगमा पनि कडाइ गरिने उनको भनाई छ । विशेष गरी मोटरसाइकलमा तीन जना चढ्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिमा हुइँक्याउनेहरूलाई कारबाही हुने उनले बताए । प्रजिअ अधिकारीले यस वर्षको होली सकभर आ–आफ्नो घरको कम्पाउन्डभित्र परिवारसँग मात्र मनाउन अनुरोध गरेका छन् ।
अहिले हाम्रो मुख्य उत्सव भनेकै निर्वाचन हो । पहिले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरौँ । रमाइलो र पिकनिक त चुनावपछि पनि गर्न सकिन्छ । उच्छृङ्खल गतिविधि गर्ने र प्रशासनको आग्रहलाई अवज्ञा गर्ने व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइने छ,’ उनले भने।रातोपाटी बाट साभार 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...