pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

मकवानपुरमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दो,,

zzzzzz-1672765075.jpg

मकवानपुर ।  जिल्लामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।  हेटौंडा(२ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पत्रकारहरुसँग अन्तरक्रिया गर्दै आयुर्वेदिक उपचारप्रति आकर्षण बढेको तथ्याङ्क सार्वजनिक गरेको हो । केन्द्रको प्रमुख एवं आयुरर्वेद डा। ललिता पाण्डेले केन्द्रमा गत आर्थिक वर्ष २०७८र७९ मा १५ हजार ३७४ जना सेवाग्राहीहरुले सेवा लिएको जानकारी दिइन् ।  उनका अनुसार आर्थिक वर्ष २०७७र७८ मा ११ हजार ६ सय जनाले स्वास्थ्य सेवा लिएका थिए भने आर्थिक वर्ष २०७६र७७ मा ८ हजार जनाले सेवा लिएका थिए । उनले पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार आयुर्वेदिक उपचारप्रति बिरामीहरुको चासो बढेको र सेवा प्रभावकारी भएको बताइन् । उनले केन्द्रमा विभिन्न किसिमको रोगहरुको उपचार र औषधि समेत वितरण हुँदै आएको बताइन् । उनले केन्द्रमा उपचार तथा परामर्श लिनेको संख्या बढ्दै गएको बताउँदै आयुर्वेदिक औषधीको प्रयोगमा जोड दिनुपर्ने बताइन् ।

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आयुर्वेद औषधीको महत्व र प्रयोग विधिबारे जनमानसमा स्पष्ट तरिकाले बुझाउनुपर्ने आवश्यक रहेको उल्लेख गरे । उनले कोरोना संक्रमणको जोखिम पुनः बढ्न सक्ने भन्दै आवश्यक स्वास्थ्य मापदण्ड पालन गर्न समेत जोड दिए ।  कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठले आयुरर्वेद औषधालयहरुलाई प्रभावकारी बनाउनका लागि बजेट समेत थप गरेर काम गरिदैँ आएको जानकारी दिए । कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुरका व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाई क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

विसं २०३४ बाट मकवानपुरको हेटौंडामा सञ्चालनमा आएको केन्द्रले आफ्नै भवन निर्माण गरी हेटौंडा(२ मा व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको छ । आयुर्वेदले हेटौंडासहित जिल्लाको बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश गाउँपालिका र थाहा नगरपालिकामा सेवा दिइरहेको छ । आयुर्वेदले बहिरगं सेवा, योग परामर्श, पुर्वकर्म, पंचकर्म, फिजियोथेरापी, अकुपञ्चर, क्षारसुत्र सेवा र जेष्ठ नागरिक सेवा दिदैँ आएको छ ।

आयुर्वेदले निःशुल्क औषधी वितरण तथा सःशुल्क फार्मेसी समेत सञ्चालन गर्दै आएको छ । आयुर्वेदले जिल्लामा स्वास्थ्य शिक्षा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, स्वास्थ्य जीवनशैली र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । थाहापाटि,

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg