himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

मकवानपुरमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दो,,

zzzzzz-1672765075.jpg

मकवानपुर ।  जिल्लामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।  हेटौंडा(२ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पत्रकारहरुसँग अन्तरक्रिया गर्दै आयुर्वेदिक उपचारप्रति आकर्षण बढेको तथ्याङ्क सार्वजनिक गरेको हो । केन्द्रको प्रमुख एवं आयुरर्वेद डा। ललिता पाण्डेले केन्द्रमा गत आर्थिक वर्ष २०७८र७९ मा १५ हजार ३७४ जना सेवाग्राहीहरुले सेवा लिएको जानकारी दिइन् ।  उनका अनुसार आर्थिक वर्ष २०७७र७८ मा ११ हजार ६ सय जनाले स्वास्थ्य सेवा लिएका थिए भने आर्थिक वर्ष २०७६र७७ मा ८ हजार जनाले सेवा लिएका थिए । उनले पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार आयुर्वेदिक उपचारप्रति बिरामीहरुको चासो बढेको र सेवा प्रभावकारी भएको बताइन् । उनले केन्द्रमा विभिन्न किसिमको रोगहरुको उपचार र औषधि समेत वितरण हुँदै आएको बताइन् । उनले केन्द्रमा उपचार तथा परामर्श लिनेको संख्या बढ्दै गएको बताउँदै आयुर्वेदिक औषधीको प्रयोगमा जोड दिनुपर्ने बताइन् ।

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आयुर्वेद औषधीको महत्व र प्रयोग विधिबारे जनमानसमा स्पष्ट तरिकाले बुझाउनुपर्ने आवश्यक रहेको उल्लेख गरे । उनले कोरोना संक्रमणको जोखिम पुनः बढ्न सक्ने भन्दै आवश्यक स्वास्थ्य मापदण्ड पालन गर्न समेत जोड दिए ।  कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठले आयुरर्वेद औषधालयहरुलाई प्रभावकारी बनाउनका लागि बजेट समेत थप गरेर काम गरिदैँ आएको जानकारी दिए । कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुरका व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाई क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

विसं २०३४ बाट मकवानपुरको हेटौंडामा सञ्चालनमा आएको केन्द्रले आफ्नै भवन निर्माण गरी हेटौंडा(२ मा व्यवस्थित रूपमा सञ्चालन गर्दै आएको छ । आयुर्वेदले हेटौंडासहित जिल्लाको बागमती, बकैया, मनहरी, राक्सिराङ, कैलाश गाउँपालिका र थाहा नगरपालिकामा सेवा दिइरहेको छ । आयुर्वेदले बहिरगं सेवा, योग परामर्श, पुर्वकर्म, पंचकर्म, फिजियोथेरापी, अकुपञ्चर, क्षारसुत्र सेवा र जेष्ठ नागरिक सेवा दिदैँ आएको छ ।

आयुर्वेदले निःशुल्क औषधी वितरण तथा सःशुल्क फार्मेसी समेत सञ्चालन गर्दै आएको छ । आयुर्वेदले जिल्लामा स्वास्थ्य शिक्षा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, स्वास्थ्य जीवनशैली र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । थाहापाटि,

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg