pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरको कुन पालिकामा कति बजेट? थाहाको कति? हेर्नुस बजेट सहित

DSCN4807-1744360037.JPG

मकवानपुर जिल्लाको दश पालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजस्व बाँडफाँडबाट अनुदान पाउने भएका छन्।गत १८ चैतमा बसेको मन्त्रीपरिषदको बैठकल २०८२-८३ देखि २०८६-८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो ।

मकवानपुरको दस वटा पालिकामध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाले २२ करोड ८५ लाख राजस्व रकम पाउने भएको छ भने दोश्रोमा बकैया गाउँपालिकाले १५ करोड ५५ लाख र तेश्रोमा बागमती गाउँपालिकाले १४ करोड ६ लाख रुपियाँ बजेट पाउने भएका छन् भने सबै भन्दा कम इन्द्रसरोवर गाउँपालिकाले ६ करोड ७५ लाख पाउने भएको छ ।

त्यस्तै मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपियाँ, थाहा नगरपालिकाले १० करोड ७० लाख, कैलाश गाउँपालिकाले ९ करोड ६७ लाख, मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपियाँ, राक्सिराङ गाउँपालिकाले १० करोड ६१ लाख, पाउने भएको छ ।यता भीमफेदी गाउँपालिकाले ९ करोड ८९ लाख, रुपैया पाउने भएका छन।

त्यस्तै मकवानपुरगढी गाउँपालिकाले ९ करोड ३८ लाख रुपियाँ पाउने भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उल्लेख गरेको छ । आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तह दुवैमा समान ७८ अर्ब ८ करोड ५० लाख रुपियाँ बजेट बाँडफाँड हुनेछ । जुन १ खर्ब ५६ अर्ब रुपियाँ हुन आउँछ ।सङ्घीय सरकारले उठाउने राजस्वमध्ये आन्तरिक लाग्ने मूल्य अभिवृद्धि कर र अन्य शुल्कबाट उठेको रकम बाँडफाँड गरिन्छ।यसको ७० प्रतिशत हिस्सा संघले राख्दछ। त्यस्तै बाँकी ३० प्रतिशत भने प्रदेश र स्थानीय तहमा १५/१५ % प्रतिशतका दरले बाँडफाँड गरिन्छ  ।

सोहि आधारमा आगामी आर्थिक वर्षमा सरकारले अनुमानित राजस्वबाट शुत्रका आधारमा प्रदेश सरकार र सबै स्थानीय तहले पाउने रकम सार्वजनिक गरेको हो । त्यस्तै बागमती प्रदेश सरकारले ८ अर्ब २८ करोड ५४ लाख रुपियाँ वित्तीय समानीकरण अनुदान पाउने छ । जसमध्ये न्यूनतम २ अर्ब ७१ करोड ६५ लाख, शुत्रमा आधारित ५ अर्ब २१ करोड ९ लाख र कार्य सम्पादनमा आधारित अनुदान ३५ करोड ८० लाख रुपियाँ छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...