janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

अपडेट

मकवानपुरको कुन पालिकामा कति बजेट? थाहाको कति? हेर्नुस बजेट सहित

DSCN4807-1744360037.JPG

मकवानपुर जिल्लाको दश पालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजस्व बाँडफाँडबाट अनुदान पाउने भएका छन्।गत १८ चैतमा बसेको मन्त्रीपरिषदको बैठकल २०८२-८३ देखि २०८६-८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको हो ।

मकवानपुरको दस वटा पालिकामध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाले २२ करोड ८५ लाख राजस्व रकम पाउने भएको छ भने दोश्रोमा बकैया गाउँपालिकाले १५ करोड ५५ लाख र तेश्रोमा बागमती गाउँपालिकाले १४ करोड ६ लाख रुपियाँ बजेट पाउने भएका छन् भने सबै भन्दा कम इन्द्रसरोवर गाउँपालिकाले ६ करोड ७५ लाख पाउने भएको छ ।

त्यस्तै मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपियाँ, थाहा नगरपालिकाले १० करोड ७० लाख, कैलाश गाउँपालिकाले ९ करोड ६७ लाख, मनहरी गाउँपालिकाले १३ करोड ७६ लाख रुपियाँ, राक्सिराङ गाउँपालिकाले १० करोड ६१ लाख, पाउने भएको छ ।यता भीमफेदी गाउँपालिकाले ९ करोड ८९ लाख, रुपैया पाउने भएका छन।

त्यस्तै मकवानपुरगढी गाउँपालिकाले ९ करोड ३८ लाख रुपियाँ पाउने भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उल्लेख गरेको छ । आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तह दुवैमा समान ७८ अर्ब ८ करोड ५० लाख रुपियाँ बजेट बाँडफाँड हुनेछ । जुन १ खर्ब ५६ अर्ब रुपियाँ हुन आउँछ ।सङ्घीय सरकारले उठाउने राजस्वमध्ये आन्तरिक लाग्ने मूल्य अभिवृद्धि कर र अन्य शुल्कबाट उठेको रकम बाँडफाँड गरिन्छ।यसको ७० प्रतिशत हिस्सा संघले राख्दछ। त्यस्तै बाँकी ३० प्रतिशत भने प्रदेश र स्थानीय तहमा १५/१५ % प्रतिशतका दरले बाँडफाँड गरिन्छ  ।

सोहि आधारमा आगामी आर्थिक वर्षमा सरकारले अनुमानित राजस्वबाट शुत्रका आधारमा प्रदेश सरकार र सबै स्थानीय तहले पाउने रकम सार्वजनिक गरेको हो । त्यस्तै बागमती प्रदेश सरकारले ८ अर्ब २८ करोड ५४ लाख रुपियाँ वित्तीय समानीकरण अनुदान पाउने छ । जसमध्ये न्यूनतम २ अर्ब ७१ करोड ६५ लाख, शुत्रमा आधारित ५ अर्ब २१ करोड ९ लाख र कार्य सम्पादनमा आधारित अनुदान ३५ करोड ८० लाख रुपियाँ छ ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...