pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरका चेपाङले मनाए सामूहिक न्वागी

nwagi-1631091701.jpg

चेपाङ समुदायले राक्सिराङको चैनपुरमा मंगलबार राति सामूहिक रूपमा छोनाम ९न्वागी० पर्व मनाएको छ । यो पर्व विगतमा घर, घरमा मनाइँदै आएकोमा यस वर्ष भने नेपाल चेपाङ संघले चैनपुरमा सामूहिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले चेपाङ समुदायको ढ्यांग्रो ठोकेर शुभारम्भ गरे ।

राक्सिराङ चेपाङहरूको बाहुल्य रहेको गाउँपालिका हो । उक्त गाउँपालिकाले छोनाम पर्वका दिन सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदायको सबैभन्दा ठूलो धार्मिक पूजा छोनाम प्रत्येक वर्ष भदौ २२ मा पर्छ । न्वागी पर्वमा सहभागी भएकाहरूलाई चेपाङ समुदायका अगुवा गायक रविन चेपाङले चेपाङ भाषाको गीतबाटस्वागत गरेका थिए । कार्यक्रममा मकवानपुर, चितवन र धादिङका अगुवा चेपाङहरूको सहभागिता थियो ।

चेपाङ समुदायले पितृलाई नचढाई र पूजाआज नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । पान्देले पूजाआज गरेपछि सहभागी चेपाङहरूलाई नयाँ फलफूल र खाद्यान्न दिन्छन् ।

वर्ष दिनमा कम्तीमा नौ महिना जंगली कन्दमूल खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले यो पर्वमा मिठो–मसिनो खाएर मुख फेर्छन् । उनीहरूले पाखापखेरामा लगाएको मकैलगायत फलफूल भदौमा पाक्ने कारणले यही बेला छोनाम ९न्वागी० मनाउने गरेका हुन् । चेपाङहरू नयाँ अन्न खाने दिनलाई छोनाम भन्छन् । यो पर्वसँग चेपाङ जातिको जीवनशैली र संस्कृति जोडिएको छ । ‘यो चेपाङ जातिको सबैभन्दा ठूलो पर्व हो,’ पूर्वसभासद गोविन्द चेपाङले भने, ‘नयाँ अन्न र फलफूल भूमि र पितृलाई नखुवाएसम्म खान नहुने मान्यता छ ।’ छोनाम ९न्वागी० का दिन एकपाखे ढ्यांग्रो ठोकेर झाँक्रीहरूले मन्त्रोच्चारण गर्छन् । झाँक्रीलाई चेपाङहरू पान्दे भन्छन् । ती पान्दे पनि चेपाङ नै हुने गर्छन् ।

‘छोनामका दिन यसरी ढ्यांग्रो ठोकिएन र मन्त्रोच्चारण गरिएन भने पितृ र देवता रिसाउँछन्,’ सोमदास चेपाङले भने, ‘यसरी विधि पुर्‍याएपछि मात्र नयाँ अन्न र फलफूल खाने बाटो खुल्छ । विधि नपुर्‍याईकन आफ्नो खुसीमा नयाँ अन्न खाएमा पितृ र देवताले दुस्ख दिन्छन् ।’

२०६८ सालको जनगणनाअनुसार मुलुकमा चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ छ । मकवानपुरमा ९ हजार ७ सय ७८ पुरुष र ९ हजार ३ सय ७४ महिलासहित १९ हजार १ स ५२ जना चेपाङको बसोबास छ । कान्तिपुरबाट

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...