Monday, 29 Apr, 2024
मनाेरञ्जन

भोलि शुक्रवार (असोज १९ गते) भीटू क्लबमा गायक सविन राईले लाइभ प्रस्तुति दिने

385544234_298665516241870-1696486921.jpg

काठमाडौं–दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको भीटू क्लबमा चर्चित गायक सविन राई भोलि शुक्रवार ९असोज १९ गते० लाइभ प्रस्तुति दिने भएका छन् । ‘शुक्रबार ७ बजे क्लबको डोर ओपन हुनेछ । त्यसपछि डाइनामिक्स ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन’, भीटूको व्यवस्थापक मनोज श्रेष्ठले भने, ‘गायक सविन राई रातीको ११ बजे स्टेज चढ्ने र त्यसपछि निरन्तर उहाँको प्रस्तुति रहनेछ ।’ दरबारमार्गमा हालसालै खुलेको यो क्लब निकै आकर्षक छ । यो क्लबमा अत्याधुनिक लाइट सिस्टम र साउण्डको संयोजन गरिएको छ । क्लबको इन्टेरियर निकै मनमोहक छ । सिटिङ अरेजमेन्ट पनि उत्कृष्ट रहेको छ । प्राइम लोकेसन तथा पर्याप्त पार्किङ सुविधा भएको यो क्लबले हरेक दिन फरकफरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयम थप्ने योजना बनाएको यसका सञ्चालक कृष्णकुमार बुढाथोकी बताउँछन् । स्वादिष्ट परिकार, ब्राण्डेड मदिरा तथा सुरक्षित वातावरण, लाइभ म्युजिक, चर्चित डिजेहरूको प्रस्तुति रहने भीटू क्लब जान रुचाउनेहरूका लागि उत्कृष्ट गन्तव्य हुने सञ्चालक बुढाथोकीको दाबी छ ।

काठमाडौँको क्लब दुनियाँमा नयाँ ‘ट्रेन्ड सेटर’ का रूपमा स्थापित हुने लक्ष्यका साथ खुलेको भीटू क्लब अन्तर्राष्ट्रिय स्तरको रहेको व्यवस्थापक श्रेष्ठ बताउँछन् । गायक सविन राई थोरै गीत गाएर धेरैको मनमा बस्ने गायक मध्येमा पर्छन् । सन् २००१ मा उनले निकालेको एल्बमलाई स्रोताले त्यति नोटिस गरेनन् । गायक राईले सन् २००३ मा ‘सतह’ नाम एल्बम निकाले जसमा समेटिएका गीतले सविन राईलाई स्रोतामाझ अत्याधिक चर्चित बनायो । उनी संगीत प्रेमीमाझ लोकप्रिय गायकका रूपामा स्थिापित भए ।

‘सतह’ एल्बमले राईलाई जुन सफलता दिलायो त्यसैका कारण आजसम्म पनि सविन राईलाई संगीत प्रेमीमाझ सर्वप्रिय छन्। राईले गायका ‘कोमल त्यो तिम्रो वदन’ ‘गुराँशको फेद मुनि’ ‘किन कि म’ ‘नमूना’ ‘म संसार जित्ने आश गर्दैछु,’ जस्ता गीत स्रोतहरूले आज पनि उत्तिकै रुचाइरहेका छन् । जब राई स्टेजमा उक्लिएर यी गीतहरू बेजोड रूपमा गाउन थाल्छन् त्यसपछि त्यहाँको सांगीतिक वातावरण नै बेग्लै हुन्छ । स्रोता एवं दर्शकहरू उनको गीतमा भरपुर इन्ज्वयो गर्छन् । उनलाई सुन्न चाहाने स्रोताको कुनै कमी छैन । स्रोताको यही चासोलाई मध्येनजर गर्दै दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको भीटू क्लबले शुक्रबार असोज १९ गते सविन र फराहो ब्यान्डलाई प्रत्यक्ष संगीतका लागि प्रस्तुत गर्ने भएको हो ।


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...