himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

भारतबाट फर्किँदै गरेका थाहानगरका ९ जना आइसोलेसनमा, आज २० जनाको पिसिआर हुँदै

corona-test_2020041610095-1589695695.jpg

भारतबाट घर फर्किँदै गरेका थाहा नगरपालिकाका ९ जनालाई ओइसोलेसनमा राखिएको छ । थाहा नगरपालिकाले उनीहरुलाई नेपालगञ्जबाट हेटौंडामा ल्याएर आइसोलेसनमा राखेको हो । 

भारतबाट फर्कदै गरेका उनीहरुलाई नेपालगञ्जमा सुरक्षाकर्मीले रोकेर थाहा नगरपालिकालाई खबर गरेको थियो । त्यसपछि नगरपालिकाले उनीहरुलाई नगरपालिकाकै खर्चमा हेटौंडा ल्याएर आइसोलेसनमा राखेको हो । भारतमा रेल चल्न थालेपछि उनीहरु रेल चढेर नेपाली नाकासम्म आएका थिए । उनीहरुमध्ये अधिकाँश व्यक्ति थाहा नगरपालिका आग्राको रहेका छन् । 

हेटौंडास्थित आइसोलेसन कक्षमा अहिले थाहा नगरपालिकाका २० जना रहेका छन् । थाहाको ७ नं. वडाका एक बालकमा कोरोना संक्रमण भेटिएपछि उनको सम्पर्कमा रहेको आफ्नो र मावलीपट्टिका ११ जना व्यक्तिलाई पिसिआर परीक्षणका लागि हेटौंडा पठाइएकोमा उनीहरु पनि अहिले आइसोलेसनमै रहेका छन् । दुईवटा एम्बलेन्समा राती एक बजे हेटौंडा पु¥याइएका उनीहरुलाई पिसिआरका लागि आइसोलेसनमा राखिएको छ । 

थाहा नगरपालिकाका स्वास्थ शाखा संयोजक मेघराज बलामीले स्वाब परीक्षण किट उपलब्ध भए आज आइतबार हेटौंडामा २० जनाको पिसिआर विधिबाट कोरोना परीक्षण हुने बताए । यसअघि थाहा नगरपालिकाका १७ जनाको पिसिआर गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । त्यस्तै नगरपालिकाका ७२ जनाको ¥यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाले जनाएको छ । 

७ नं. वडाका संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ६ जनाको शनिबार आरडिटि विधिबाट परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएको थाहा नगरपालिकाले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg