pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बेतिनीमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु, स्वास्थ्य चौकीका कर्मचारी पक्राउ

FB_IMG_1751100661704-1751100853.jpg

मकवानपुर, असार १४ गते
मकवानपुर जिल्लाको बागमती गाउँपालिका–९ स्थित बेतिनीमा आज बिहान एक व्यक्तिको धारिलो हतियार खुर्पा प्रहारबाट मृत्यु भएको छ। घटनामा संलग्न रहेको अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय फापरबारीका अनुसार आज २०८२ साल असार १४ गते बिहान अन्दाजी ५ बजे बेतिनीमा बसोबास गर्दै आएका करिब ५७ वर्षीय रामबहादुर वाइवालाई सोही वडाको बेतिनी स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी कुमार थापाले खुर्पाले प्रहार गरी गम्भीर घाइते बनाएका थिए। थापा बारा जिल्ला निजगढ नगरपालिका–३ सिंगोल निवासी हुन्।

स्थानीयवासीका अनुसार खुर्पा प्रहारपश्चात थापा घटनास्थलमै रहेर नजिक जो कोही आए पनि मार्ने धम्की दिँदै बसिरहेको बताइएको छ। घटनाको जानकारी बिहान करिब ६:३० बजे इलाका प्रहरी कार्यालय फापरबारीमा प्राप्त भएपछि प्रहरी टोली तत्कालै घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले अभियुक्त कुमार थापालाई नियन्त्रणमा लिएको छ। घाइते वाइबाको घाटीमा गहिरो चोट लागेको बताइएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक पावल सिंह लामाको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ।

बिहान ७:४५ बजे बेतिनी स्वास्थ्य चौकीकै चिकित्सकले रामबहादुर वाइवालाई मृत घोषणा गरेका छन्। हाल मृतकको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...