Monday, 06 May, 2024
स्वास्थ्य

बिश्व मुटु दिवसको अवसरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण ।

FB_IMG_1695986809867-1695986934.jpg

नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहा नगर इकाईको आयोजनामा बिश्व मुटु दिवसको अवसर पारेर थाहा ४ किटेनीमा रहेको किरातेश्वर जेष्ठ नागरिक दिवा सेवा केन्द्रका जेष्ठ नागरिक हरुको स्वास्थ्य परिक्षण गरिएको छ।
मन लगाउ,आफ्नो मुटु जोगाउ,भन्ने नाराका साथ मनाइएको मुटु दिवसको अवसरमा ३८ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको प्रतिष्ठान थाहा नगरका उपाध्यक्ष गिता कार्कीले जानकारी दिनुभयो ।
दिवसको अवसरमा आयोजित निशुल्क स्वास्थ्य शिविरको सुभारम्भ गर्दै प्रमुख अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले वृद्ध बुबा आमा हरुले आफ्नो मुटु स्वस्थ राख्न खानपिनमा बिशेष ध्यान दिन आग्रह गर्दै सकेसम्म शारीरिक ब्यायाम अलिअली भएपनी गर्न आग्रह गरे।
प्रतिष्ठान थाहा नगर इकाई समितिका उपाध्यक्ष कमल कुमार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा ४ का अध्यक्ष नारायण लामा,३ का हिरेन्द्र रायमाझी ,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल,नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाका सभापति मनश्याम बस्नेत,किरातेश्वर जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष सिताराम अधिकारी लगायत
 प्रतिष्ठान थाहा नगरका पदाधिकारी हरुको उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङका प्रमुख डाक्टर गगन कार्कीको टिमले स्वास्थ्य परिक्षण गरेका थिए ।

FB_IMG_1695986806012-1695986960.jpg
FB_IMG_1695986803299-1695986960.jpg
FB_IMG_1695986800742-1695986984.jpg
FB_IMG_1695981830315-1695986984.jpg

world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...