pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा

FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ । नेपाल विद्युत् प्राधिकरणको ब्याकअपका रूपमा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनामा केही दिनदेखि २४ घण्टामा पानीको सतह सरदर ३६ सेन्टिमिटर घट्न थालेको हो ।

कुलेखानी जलाशयमा बिहीबार दिउँसो २ बजे एक हजार ५ सय २३ मिटर ८२ सेन्टिमिटर पानीको सतह थियो । शुक्रबार दिउँसो सोही समयमा एक हजार ५ सय २३ मिटर ४६ सेन्टिमिटरमा झरेको छ । भारतबाट दिनको १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानीका तीन वटै जलविद्युत् आयोजना चौबीसै घण्टा सञ्चालन गरिएको कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले बताए ।

‘अहिले चौबीसै घण्टा कुलेखानीका तीन वटै आयोजना सञ्चालनमा छन्,’ भट्टले भने, ‘कुलेखानी जलाशयको पानीको सतह दिनहुँ ३५ देखि ४० सेन्टिमिटरसम्म घट्न थालेको छ ।’ बुधबार र बिहीबार चौबीसै घण्टा कुलेखानी आयोजना सञ्चालन गरिएको छ । यस वर्षको बर्खायाममा कुलेखानी जलाशय ओभरफ्लो भएर ड्यामका ढोका खोलिएको थियो । एक हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता भएको कुलेखानी जलाशय गत असोज १० मा पूर्ण रूपमा भरिएको थियो ।

ओभरफ्लो भएकै कारण असोज ११ मा ड्यामको ढोका खोलिएको थियो । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयका जलाधार क्षेत्र हुन् । ती क्षेत्रमा गत बर्खायाममा भारी वर्षा भएको थियो, जसका कारण कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो ।

सुक्खायाम सुरु भएपछि कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन गरिएको थियो । हालसम्म जलाशयको पानीको सतह ६ मिटर १८ सेन्टिमिटर घटिसकेको छ । कुलेखानी जलाशयमा एक हजार ४ सय ८३ मिटर पानीको सतह अन्तिम बिन्दु हो । पानीको सतह एक हजार ४ सय ८३ मिटरमा पुगेपछि विद्युत् उत्पादन गर्न सकिन्न । गत वर्षको सुक्खायाममा जलाशयको पानी झन्डै अन्तिम बिन्दुसम्म उपयोग गरिएको थियो । कुलेखानी जलाशयको पानी एक हजार ४ सय ८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ । जलाशयमा संकलित पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ । कुलेखानी जलाशयमा संकलित पानीबाट तीन वटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । ३ सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशय नेपालका ठूला योजनामध्ये एक जलविद्युत् उत्पादन गृह हो । सुक्खायाममा सञ्चालन गर्न कुलेखानी जलाशयमा पानी संकलन गरेर राखिएको भट्टले बताए । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg