pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

बाल सपना परियोजनाको अन्तिम मुल्यांकनको उपलब्धि बारे छलफल ।

Screenshot_20220920-11550-1663654292.png

एकीकृत ग्रामीण विकास सेवा मकवानपुर तथा प्लान इन्टरनेशनल द्वारा साझेदार " बालबालिका नै राष्ट्रका भबिश्य हुन" भन्दै बिगत ३ बर्ष देखि थाहा नगरपालिका स्वास्थ्य शाखा संगको सहकार्यमा संचालित सुनौला हजार दिन अन्तर्गत बाल सपना कार्यक्रमको अन्तिम मुल्यांकन तथा परियोजनाअन्तर्गतको उपलब्धि बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पाइनस होटल नयाँगाउँ मा आयोजित कार्यक्रममा थाहा नगर भित्र रहेका गर्भवती तथा शिशु स्याहारमा आमाको मात्र भुमिका नभएर परियोजना संचालन भएयता तेस्ता कार्यमा पुरुष तथा घरका सासू ससुराको समेतमा सहभागिता बढ्दै गएको पाइयको परियोजनामा संलग्न परिचालक हरुले अनुभव सुनायका थिय।कार्यक्रममा बाल सपना परियोजना बाहेक संस्थाले संचालन गरेको अभिभावक शिक्षाको प्रभावकारिता उपलब्धि बारेमा जानकारी गराइयको थियो।कार्यक्रममा स्वास्थ्य स्वयंसेविका हरुले थाहा नगरपालिकामा अभिभावक हरुले आफ्ना नानिबाबु लाई गर्ने ब्यबहारमा परिवर्तन आयको बताउदै बच्चाहरुको बोलचाली ,पढाई ,खानपिनमा परिवर्तन आयको र यो यसै परियोजनाको कार्यक्रमको उपलब्धि रहेको औल्याउँदै अभिभावक र बच्चाहरु दुबैको ब्यबहारमा परिवर्तन आयको बताउदै ,अब बिस्तारै समाज परिवर्तन हुने बिश्वास ब्यक्त गरे।

कार्यक्रममा,थाहा नगरका उपप्रमुख भरत गोपाली, वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,४ का अध्यक्ष नारायण लामा, ५ का बिष्णु बहादुर गुरुङ,सामाजिक बिकास शाखा थाहा नगरका शाखा प्रमुख अनिल लामिछाने ,एकीकृत ग्रामीण बिकास सेवा मकवानपुरका सचिव मिनराज पौडेल ,संस्थाकै कार्यक्रम प्रमुख संजिव कुमार जोशी ,थाहा नगर स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामी,थाहा नगर शिक्षा शाखाका प्रमुख शोभाकर रेग्मी,प्लान इन्टरनेशनल काठमाडौका अनुगमन तथा मुल्यांकन प्रमुख दिपा सिं ,प्लानका बाल परियोजनाका मिहिर कुमार झा लगायत स्वास्थ्य स्वयंसेविकाहरु,स्वास्थ्यकर्मी हरु,परियोजनाको अभिभावक शिक्षामा सहभागी ,सामाजिक परिचालक हरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा थाहानगरको परियोजनाको मुल्यांकन गर्दै प्लानका मुल्यांकनकर्ता दिपा सिं ले अभिभावकले आफ्ना बालबालिका संग गरेका सकारात्मक अन्तरक्रिया ,बालबालिका माथी अभिभावकको हिंसाको प्रयोगमा न्यूनीकरण आयको ,बालबालिकाले आफुमाथी हुने हिंसाको रिपोर्ट गर्ने कार्य बढेको,३ बर्ष मुनिका बालबालिकाहरुको गतिबिधी अभिभावकले पहिचान गर्न सकेको,अभिभावक हरुले बालबालिकाको स्वास्थ्य र पोषणको बारेमा ख्याल राख्ने कुरामा वृद्धि भएको लगायत परियोजनाले जारी गरेको सुचकको प्रभाव बारेमा अन्तिम मुल्यांकन प्रस्तुत गरेका थिय।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg