pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

बज्रवाराही स्वास्थ्य चौकी मकवानपुरमै उत्कृष्ट

FB_IMG_1719929374330-1719929406.jpg

बज्रवाराही स्वास्थ्य चौकी न्युनतम सेवा मापदण्ड (एमएसएस) मापनमा थाहानगरको बज्रबाराही स्वास्थ्य चौकी सर्वोत्कृष्ट तथा मकवानपुर जिल्लामै उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले १७ र १८ असारमा आयोजना गरेको वार्षिक समिक्षा तथा अन्य सूचकको मुल्याङ्कनसहित थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ट घोषणासहित सम्मान गरेको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरकाका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले बज्रवाराही स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राजनभक्त श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी तथा स्वास्थ्य संस्था प्रमुख जिनु डंगोललाई सम्मान पत्र हस्तान्तरण गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कनसहित स्वास्थ्य चौकीलाई सम्मान गरिएको जनस्वास्थ्य प्रशासक मिजारले बताए । उनले थाहाबाट अन्य पालिकाहरुले पनि धेरै कुरा सिक्नूपर्ने उल्लेख गर्दै बज्रवाराही स्वास्थ्य चौकीलाई उत्कृष्ट बनाउन सहयोग गर्ने जनप्रतिनीधि तथा कर्मचारीहरुलाई बधाई दिए ।

यसैबीच स्वास्थ्य कार्यालय मकवानपुरले थाहा बाहेक अन्य ९ वटा पालिकाका १/१ वटा स्वास्थ्य संस्थालाई पनि सम्मान गरेञको छ । पालिकास्तरमा राम्रो काम गरेका स्वास्थ्य संस्थाहरुलाई कार्यालयले सम्मान गरेको हो । स्वास्थ्य कार्यालय मकवानपुरको मूल्याङ्कनमा गत आर्थिक वर्ष २०७९/०८० मा पनि थाहा नगरपालिकाको बज्रवाराही स्वास्थ्य चौकी मकवानपुरमा उत्कृष्ट भएको थियो ।

स्वास्थ्य कार्यालय मकवानपुरले न्युनतम सेवा मापदण्ड (एमएसएस) मापन अन्तर्गत सुशासन व्यवस्थापन, सेवा व्यवस्थापन र स्वास्थ्य संस्था सहयोग व्यवस्थापन गरी तीन खण्डका विभिन्न सूचकमा आधारित भएर स्वास्थ्य संस्थाहरुको वार्षिक रुपमा मूल्याङ्कन गर्ने गरेको छ ।

FB_IMG_1719929364918-1719929406.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...