janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

स्वास्थ्य

बज्रवाराही स्वास्थ्य चौकी मकवानपुरमै उत्कृष्ट

FB_IMG_1719929374330-1719929406.jpg

बज्रवाराही स्वास्थ्य चौकी न्युनतम सेवा मापदण्ड (एमएसएस) मापनमा थाहानगरको बज्रबाराही स्वास्थ्य चौकी सर्वोत्कृष्ट तथा मकवानपुर जिल्लामै उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले १७ र १८ असारमा आयोजना गरेको वार्षिक समिक्षा तथा अन्य सूचकको मुल्याङ्कनसहित थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ट घोषणासहित सम्मान गरेको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरकाका जनस्वास्थ्य प्रशासक कृष्ण मिजारले बज्रवाराही स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राजनभक्त श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी तथा स्वास्थ्य संस्था प्रमुख जिनु डंगोललाई सम्मान पत्र हस्तान्तरण गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कनसहित स्वास्थ्य चौकीलाई सम्मान गरिएको जनस्वास्थ्य प्रशासक मिजारले बताए । उनले थाहाबाट अन्य पालिकाहरुले पनि धेरै कुरा सिक्नूपर्ने उल्लेख गर्दै बज्रवाराही स्वास्थ्य चौकीलाई उत्कृष्ट बनाउन सहयोग गर्ने जनप्रतिनीधि तथा कर्मचारीहरुलाई बधाई दिए ।

यसैबीच स्वास्थ्य कार्यालय मकवानपुरले थाहा बाहेक अन्य ९ वटा पालिकाका १/१ वटा स्वास्थ्य संस्थालाई पनि सम्मान गरेञको छ । पालिकास्तरमा राम्रो काम गरेका स्वास्थ्य संस्थाहरुलाई कार्यालयले सम्मान गरेको हो । स्वास्थ्य कार्यालय मकवानपुरको मूल्याङ्कनमा गत आर्थिक वर्ष २०७९/०८० मा पनि थाहा नगरपालिकाको बज्रवाराही स्वास्थ्य चौकी मकवानपुरमा उत्कृष्ट भएको थियो ।

स्वास्थ्य कार्यालय मकवानपुरले न्युनतम सेवा मापदण्ड (एमएसएस) मापन अन्तर्गत सुशासन व्यवस्थापन, सेवा व्यवस्थापन र स्वास्थ्य संस्था सहयोग व्यवस्थापन गरी तीन खण्डका विभिन्न सूचकमा आधारित भएर स्वास्थ्य संस्थाहरुको वार्षिक रुपमा मूल्याङ्कन गर्ने गरेको छ ।

FB_IMG_1719929364918-1719929406.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...