pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

प्रहरीको हत्या आरोपमा थाहाका एक सहित दुईजनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

FB_IMG_1760682552284-1760682575.jpg

जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थाहा नगरपालिकाका एक सहित दुईजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसरको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार दुई जनाविरुद्ध कर्तव्य ज्यानसहितको कसुरमा मुद्दा दर्ता गरेको हो। 

मकवानपुरको थाहा नगरपालिका ७ बतासे घर भई काठमाडौँको चन्द्रागिरि बस्ने २१ वर्षका सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ र काभ्रेपलान्चोकको रोशी गाउँपालिका ९ राजवास घर भई हाल बालुवाटारमा डेरा बस्ने २८ वर्षका युवराज क्याप्छाकी विरुद्ध मुद्दा दर्ता भएको हो। 

उनीहरुले प्रहरी वृत्त महाराजगन्जमा कार्यरत जवान २८ वर्षका उत्तम थापाको हत्या गरेको आरोप छ। थापा २०७३ सालदेखि नेपाल प्रहरीमा कार्यरत थिए। भदौ २४ गते जवान थापा सादा पोसाकमा ड्युटीमा खटिएका थिए। 

जेनजी आन्दोलनकारीहरुले उनलाई प्रहरी कार्यालयको पछाडि लगेर क्रूर ढंगले आक्रमण गरी हत्या गरेका थिए। हत्यापछि पनि उनको शव प्रदर्शनकारीहरुले घिसारेर सडकमा फालिदिएका थिए। पछि नेपाली सेनाको टोलीले शव प्रहरी अस्पताल महाराजगन्जमा लगेको थियो। 

मृतकका काका ईश्वरसिंह थापाले आफ्नो भतिजको हत्या आरोपीको पहिचान गरी कारबाही गर्न प्रहरीमा जाहेरी दिएका थिए। उनको जाहेरीका आधारमा अनुसन्धान गरेर प्रहरीले तत्काल दुई जनाविरुद्ध मुद्दा दायर गरेको हो। 

आरोपितहरुले प्रहरी समक्ष बयानमा हत्यामा संलग्नता स्वीकार गरेका छन्। 

बुद्धिलाल थिङ टोखामा राजीव केसीले सञ्चालन गरेको ब्रदर्स रेस्टुरेन्ट एन्ड स्नुकर हाउसमा कुकको काम गर्थे। उनले प्रहरीलाई कुटपिट गरी हत्या गरेको बयानमा स्वीकार गरेका छन्। प्रहरीले भिडिओका आधारमा उनीहरुलाई पक्राउ गरेको थियो। प्रहरीको हत्यापछि उनी रेस्टुरेन्टमै लुकिछिपी बस्दै आएका थिए। 

आफूले प्रहरी कुटपिट गरी हत्या गरेको भिडिओ उनी आफैँले पनि बनाएका थिए। यस्तै उनी समेतले प्रहरीलाई महाराजगन्ज वृत्तभित्र थुनेर आगो समेत लगाएका थिए। पछि नेपाली सेनाको हेलिकोप्टरबाट २२ प्रहरीको उद्धार गरिएको थियो। 

युवराज क्याप्छाकी मासु पसलमा डेलिभरीको काम गर्ने गरेको पाइएको छ। उनले प्रहरी कार्यालयमा तोडफोड गर्दै आगजनी गरेको, हिरासतभित्र रहेका थुनुवा भगाएको, प्रहरीलाई फलामको रड, लाठी, चिरपट, गुलेली, ह्यामर, चक्कु, खुकुरी लगायतले आक्रमण गरेको बयान दिएका छन्। उनले प्रहरी कार्यालयबाट विभिन्न सामानहरु चोरी गरेको पनि पाइएको छ। 

उनीहरुलाई ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र एकीकृत कसुरतर्फ पनि कारबाही गर्न सरकारी वकिल कार्यालयले माग गरेको छ। यी कसुरमा जीवित रहेसम्म कैद सजाय माग गरिएको छ। यस्तै पीडित परिवारलाई क्षतिपूर्ति भराइदिन पनि माग गरिएको छ। 

यो कसुरमा अन्य व्यक्तिको संलग्नता खुलेमा पक्राउ परेका बखत पुनः पेस गरिने अभियोग पत्रमा उल्लेख छ।

जेनजी आन्दोलनमा तीन प्रहरीको हत्या भएको थियो। जवान थापा सँगै सहायक हवल्दार अमृत गुरुङ र प्रहरी सहायक निरीक्षक मिलन रायको हत्या भएको थियो।

प्रहरीको गोली लागेर, जलेर र कैदी भाग्ने क्रममा थप ७३ जनाको मृत्यु भएको थियो। आगजनीमा परेका व्यक्तिहरुको भने कंकाल मात्रै फेला परेको छ। त्यसैले अझै सनाखत हुन सकेको छैन। श्रोतःनेपाल खबर

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg