pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

प्रधानमन्त्री ओली थाहामा ईलाका प्रशासन स्थापना गर्न सकारात्मक

FB_IMG_1756358190306-1756358211.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागि प्रक्रिया अघि बढ्ने बताएका छन् । मकवानपुर–२ का प्रतिनीधि सभा सदस्य महेश कुमार बर्तौलाले थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाका लागि गरेको अनुरोध पत्र बुझ्नै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
११ भाद्र साँझ प्रधानमन्त्रीलाई सांसद बर्तौलाले अनुरोध पत्र बुझाएका हुन् । ‘प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको छ’ सांसद बर्तौलाले भने–‘प्रधानमन्त्री ज्युलाई भेटेर थाहानगरमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको छु । सम्माननीय प्रधानमन्त्रीज्युले माननिय अर्थमन्त्री र गृहमन्त्रीलाई थाहानगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक प्रकृया अगाडी बढाउन भनिदिनुभएको छ ।’ प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गर्दै एमाले प्रमुख सचेतक समेत रहेका बर्तौलाले भने–‘आशा गरौ अब थाहानगरमा इलाका प्रशासन कार्यालय स्थापना हुने गरी प्रकृया अगाडी बढ्नेछ ।’
सांसद बर्तौलाले बुझाएको अनुरोध पत्रमा मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिका लगायत आसपासका अन्य पालिकाहरू भिमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र इन्द्रसरोबर गाउँपालिकाका केहि वडाहरूका वासिन्दाहरूले प्रशासनिक सेवाहरू प्राप्त गर्न थाहानगरमा स्थापना हुने इलाका प्रशासन कार्यालयले सहयोग पुग्ने उल्लेख छ । उनले नेपाल सरकारले भर्खरै मात्र देशका विभिन्न जिल्लाहरूका २३ स्थानमा सरकारी प्रशासनिक सेवाहरू सहज तथा छिटो छरितो ढंगले प्रवाह गर्ने उद्देश्यका साथ इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने प्रकृया अगाडि बढाएकोमा आभार व्यक्त गरेका छन् ।
बर्तौलाले मकवानपुरको उत्तरी क्षेत्र समेत हजारौं जनताले प्रशासनिक सेवा सुविधा लिनका लागि आजसम्म पाइरहेको कष्ट असुविधाहरू अन्त्य गर्दै सहज र सुलभ तरिकाले प्रशासनिक सेवा सुविधा उपलब्ध गराउनको लागि थाहानगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय हुनेगरी प्रकृया अगाडि बढाईदिन प्रधानमन्त्री समक्ष अनुरोध गरेका हुन् । इलाका सेवा केन्द्र स्थापना भएमा जिल्लाको उत्तरी क्षेत्रका स्थानीय जनताहरूले प्रशासनिक सेवा सुविधाहरू प्राप्त गर्न लामो समयदेखि भोग्दै आएका कष्ट र असुविधाहरू सधैका लागि अन्त्य हुने पत्रमा उल्लेख गरिएको छ ।

FB_IMG_1756358193431-1756358212.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...