himalen-2083-1778725505.jpg
Wednesday, 03 Jun, 2026
jkmv2083-1778723862.jpg

अपडेट

पूर्व नगरप्रमुख लवसेर बिष्ट विरुद्ध सामाजिक संजालमा योजनाबद्ध प्रहार राजनीतिक प्रतिशोधको संज्ञा

FB_IMG_1752058692345-1752058748.jpg

थाहा नगरपालिका, मकवानपुर — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहा नगर समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै थाहा नगरका पूर्व नगरप्रमुख लवशेर बिष्टमाथि सामाजिक संजालमा लाएको तथ्यहिन आरोपप्रति गम्भीर आपत्ति जनाएको छ। अध्यक्ष विनोद कुमार लामा द्वारा हस्ताक्षरित विज्ञप्तिमा पुर्व प्रमुख तथा पार्टीका थाहा नगर इन्चार्ज बिष्टलाई जनताको पक्षमा इमान्दारीपूर्वक काम गर्ने लोकप्रिय, सक्षम तथा स्वाभिमानी नेताका रूपमा चित्रण गर्दै हाल उनमाथि लगाइएको आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरिएको छ।

‎विज्ञप्तिमा भनिएको छ कि बिष्ट नेतृत्वको पालामा थाहा नगरपालिकाले योजनाबद्ध रुपमा थुप्रै विकास कार्यक्रम सञ्चालन गर्दै नगरवासीको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याएको थियो। तर पछिल्लो समय केही राजनीतिक शक्ति तथा व्यक्तिहरूले विगतको असहजता र राजनीतिक पूर्वाग्रहको आधारमा योजनाबद्ध रुपमा बिष्टलाई बदनाम गर्न खोजेको आरोप लगाइएको छ।

‎यसै सन्दर्भमा, थाहा नगरपालिकाको अक्सिजन प्लान्टको बिषयमा २०७९ बैशाख १२ मा  प्लान्ट खरिदको लागि बोलपत्र आह्वान भएको देखिने र सोही बैशाख २२ गते नै नगर प्रमुख बाट राजिनामा दिएको स्मरण गर्दै  तत्पश्चात असार ७ गते खरिदको लागि आसयको सूचना प्रकाशित भएको र असार २१ गते शुभारम्भ सर्भिस ट्रेडस संग सम्झौता गरि १२ लाख रुपैयाँ मोबिलाइजेसन बापत भुक्तानी भएको देखिन्छ भन्दै माओवादी थाहाले खरिद प्रक्रिया मेयर बिष्टको राजिनामा पछि सुरुभएको स्पष्ट हुदाहुदै राजनैतिक प्रतिशोधको रुपमा सामाजिक संजालमा तथ्यहिन र पुर्वाग्रही ढंगले चरीत्र हत्या गरेकोमा माओवादी केन्द्र थाहा नगरको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा जनाइएको छ।हेर्नुस बिज्ञप्ति 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg