pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

पीडित पक्षसँग बार्ता हुन सकेन,१७ गते देखि त्रिभुवन राजमार्ग भएर सबारी साधन चल्ने

20250530_164010-1748617895.jpg

मकवानपुरको थाहानगर–काठमाण्डौं संचालन हुने नारायणी यातायात व्यवसायी संघमा आवद्ध सवारी सञ्चालन बन्द भएको पाँच दिनसम्म पनि सञ्चालनको विषय अझै अन्यौल रहेको छ । यद्यपि संघले १७ जेठबाट भने सवारी साधन सञ्चालन गर्ने जनाएको छ । त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ३ स्कूल चोकमा १२ जेठ साँझ भएको दुर्घटनामा तीन जना पैदल यात्रीको ज्यान गएपछिको परिस्थितीका कारण संघमा आवद्ध सवारी साधनहरु सञ्चालन रोकिएको थियो । संघमा आवद्ध बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट सडकमा हिँडिरहेका ६ जनालाई ठक्कर दिदा भएको दुर्घटनामा ३ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा परी ज्यान गुमाएका थाहा–९ चित्लाङका कृष्ण बलामीको परिवारले मृतकका बालबालिकालाई अध्ययनका लागि सहयोग गर्नुपर्ने माग राखेपछि वार्ताको अवस्था आइपरेको बताइएको छ । यद्यपि हालसम्म पनि पीडित र सवारी धनी तथा संघबीच वार्ता हुन सकेको छैन । पीडित पक्षसंग वार्ता गर्नका लागि संघका महासचिव सरोज कुमार खनाल तथा स्थानीय प्रतिनीधि इलाका प्रहरी कार्यालय पालुङमा १६ जेठमा जम्मा भएको भए पनि पीडित पक्षहरु चित्लाङबाट पालुङ नआएपछि वार्ता हुन नसकेको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबु अर्यालले बताए । ‘वार्ताका लागि संघका प्रतिनीधिसहित नगर प्रमुख उपप्रमुख इलाकामा आउनु भएको थियो, तर पीडित पक्ष उपस्थित भएनन्, वर्ता नि भएन’– प्रमुख अर्यालले भने । संघले यातायात चलाउने भन्ने जानकारी आफूले पाएको उनको प्रतिक्रिया थियो ।
त्यसोतः पीडितहरुले १६ जेठमै दिउसो ३ बजेसम्म थाहानगरको ९ नम्बर वडा कार्यालयमा आइ वार्ता गर्नुपर्र्ने अडान राखेका थिए । हालसम्म पीडितले औपचारिक माग सार्वजनिक नगरे पनि थाहा नगरपालिका वडा नम्बर ९ ले सडक बन्द हुने सूचना प्रकाशन गरेको र स्थानीयको बन्द आव्हानका कारण चित्लाङ–चन्द्रागिरि–थानकोट सडकमा नारायणी यातायात व्यवसायी संघमा आवद्ध सवारी सञ्चालन भएको छैन ।

१६ जेठमा वार्ताका लागि थाहानगर आएका संघका महासचिव सरोज कुमार खनालले भोलि (१७ जेठ) बाट त्रिभुवन राजपथ भएर संघमा आवद्ध सबै सवारी साधन सञ्चालन हुने बताएका छन् । महासचिव खनालले भने–‘वार्ताका लागि आज दिनभर इलाका प्रहरी कार्यालयमा बस्यौं, उहाँहरु आउनु भएन, अनि वार्ता भएन ।’ खनालका अनुसार–काठमाण्डौं जाने सवारी साधन नौबिसे हुँदै जान्छन्, हेटौंडा नियमित रुटमै चल्छन् । संघ वार्ताका लागि सँधै तयार रहेको र दुर्घटनामा परी मृत्यू भएका परिवारको लागि रहत उपलब्ध गराउन संघ सँधै तयार रहेको उनको भनाइ छ ।

थाहा नगरपालिकाबाट सदरमुकाम हेटौंडा र संघीय राजधानी काठमाण्डौं संचालन हुने अधिकांश सार्वजनिक सवारी नारायणी यातायात व्यवसायी संघमा आवद्ध छन् ।

बसको ठक्करबाट थाहा नगरपालिका–९ का बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपलिका–५ घर भई हाल थाहा नगरपालिकास्थित झम्केश्वरी माविका शिक्षक ४० वर्षीय लोकेन्द्रकुमार ठाकुर, अहुराही गाउँपालिका १ सिराहाका ३३ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका मालपोत कार्यालयका कर्मचारी ३६ वर्षीय कमलेश कुमार साहको बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ । बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरि सवारी ज्यानमुद्दामा अनुसन्धान गरिरहेको पालुङ प्रहरीले जनाएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg