pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

पालुङ बहुउद्देश्यीय सहकारीले मनायो १९ औं स्थापना दिवस


पालुङ बहुद्देश्यीय  सहकारी संस्थाले आफ्नो १९ आंै स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
   थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विमलकुमार ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा बृद्घ-बृद्घा सम्मान, आदर्श दम्पति सम्मान, सुत्केरी सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ र्।
    कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विष्टले बृद्घबृद्घानै यो समाजको खम्बा भएको हुनाले वृद्ध बाआमालाई सदैव सम्मान गर्नु पर्ने बताउनु भयो । बृद्घबृद्घालाई कार्यक्रममा मात्र नभइ घर परिवार समाजले स“दैब सम्मान गर्नुपर्ने बताउँदै सहकारीको सह्रानीयकार्यको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
  कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा थाहा स्वास्थ्य सहकारीका अध्यक्ष हरिकृष्ण कार्कीले युवापुस्तालाई विदेशीनबाट रोक्नका लागि युवा लक्षित कार्यक्रम ल्याउनु जरुरी भएको बताउनु भएको थियो ।
   स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको थियो । साथै संस्थाले बिभिन्न शेयर सदस्यहरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा आदर्श दम्पति अर्न्तर्गत  थाहा नगरपालिका -२ का राधिका थापालाई सम्मानित गरिएको थियो । त्यसैगरी जेष्ठ सदस्य अर्न्तर्गत  माइली विष्ट, ठूलो नरबहादुर प्रधान, रामप्रसाद ढकाल, गंगादेवि शिकारी, धनलाल गोपाली र रामबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।  साथै स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा सुत्केरी गराएका १० सुत्केरी महिलालाई न्यानो झोला वितरण गरिएको थियो । 
   कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधि, निर्वाचित वडा अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको आतिथ्य रहेको थियो ।
   संस्थाका सचिव बिष्णुप्रसाद ढकालले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष सानोभाइ कार्कीले स्वागत गर्नु भएको थियो भने कोषाध्यक्ष कृष्णबहादुर विष्टले सहकारीको गतिविधि सम्बन्धी जानकारी दिनु भएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg