jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पालुङ बहुउद्देश्यीय सहकारीले मनायो १९ औं स्थापना दिवस


पालुङ बहुद्देश्यीय  सहकारी संस्थाले आफ्नो १९ आंै स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
   थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विमलकुमार ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा बृद्घ-बृद्घा सम्मान, आदर्श दम्पति सम्मान, सुत्केरी सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ र्।
    कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विष्टले बृद्घबृद्घानै यो समाजको खम्बा भएको हुनाले वृद्ध बाआमालाई सदैव सम्मान गर्नु पर्ने बताउनु भयो । बृद्घबृद्घालाई कार्यक्रममा मात्र नभइ घर परिवार समाजले स“दैब सम्मान गर्नुपर्ने बताउँदै सहकारीको सह्रानीयकार्यको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
  कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा थाहा स्वास्थ्य सहकारीका अध्यक्ष हरिकृष्ण कार्कीले युवापुस्तालाई विदेशीनबाट रोक्नका लागि युवा लक्षित कार्यक्रम ल्याउनु जरुरी भएको बताउनु भएको थियो ।
   स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको थियो । साथै संस्थाले बिभिन्न शेयर सदस्यहरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा आदर्श दम्पति अर्न्तर्गत  थाहा नगरपालिका -२ का राधिका थापालाई सम्मानित गरिएको थियो । त्यसैगरी जेष्ठ सदस्य अर्न्तर्गत  माइली विष्ट, ठूलो नरबहादुर प्रधान, रामप्रसाद ढकाल, गंगादेवि शिकारी, धनलाल गोपाली र रामबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।  साथै स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा सुत्केरी गराएका १० सुत्केरी महिलालाई न्यानो झोला वितरण गरिएको थियो । 
   कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधि, निर्वाचित वडा अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको आतिथ्य रहेको थियो ।
   संस्थाका सचिव बिष्णुप्रसाद ढकालले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष सानोभाइ कार्कीले स्वागत गर्नु भएको थियो भने कोषाध्यक्ष कृष्णबहादुर विष्टले सहकारीको गतिविधि सम्बन्धी जानकारी दिनु भएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...